वडाध्यक्ष भट्टराईको खुकुरी प्रहारबाट पत्रकार पिबी गम्भीर घाइते, दोषी वडाध्यक्षलाई कडा कानुनी कारवाहीको माग

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ आश्विन ३०, मंगलवार) ०२:१८

प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष टेक बहादुर भट्टराईको आकमणमा परी सख्त घाइते भएका पत्रकार केन्द्रप्रकाश पिविलाई थप उपचारका लागि आज मध्ये राती नै लुम्बिनी अंचल अस्पताल बुटवलमा ल्याईएको छ ।

बुटवलमा उपचाररत स्वर्गद्वारी माडी मिडिया ग्रुप प्रालिका अध्यक्ष, माडी खबर साप्ताहिक पत्रिकाका सम्पादक तथा क्रान्तिकारी पत्रकार सङ्गठन प्युठानका अध्यक्ष केन्द्र प्रकाश पिविकोको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

पत्रकार पीबीमाथि सोमबार दिउँसो ३ बजे स्वर्गद्वारी नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा वडा नं. वडा नं. ७ का वडाध्यक्ष टेक बहादुर भट्टराईले धारीलो हतियार खुकुरी प्रहार गरि घाइते बनाएका थिए । उनको टाउकोमा चोट रहेको छ  ।

आक्रमणमा उत्रिने स्वार्गद्वारी नगरपालिका वडा नम्बर ७ काे अध्यक्ष भट्टराई पुर्व माओवादी केन्द्रकाे तर्फबाट वडाध्यक्ष बनेका हुन्  ।

घाइते पत्रकार पिबिको प्युठान अस्पतालमा उपचार भैरहंदा वडाध्यक्ष भट्टराईका समर्थकहरुले फेरी आक्रमणको प्रयास गरेको प्राप्त समाचारमा जनाइएको छ ।

यसैबीच बुटवलमा घाइते पत्रकार पिबिको उपचारमा सक्रिय क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले प्युठानमा पत्रकार आक्रमण गर्ने जनप्रतिनिधिलाई तत्काल कडाभन्दा कडा कानुनी कारवाहिकको माग गरेका छन ।

घाइते पत्रकार पिविको स्वास्थ्य अवस्था बुझ्न मध्यराति लुम्बिनी अञ्चल हस्पिटल बुटवल पुगेका सँगठनका केन्द्रीय अध्यक्ष डुम्रेले “नेपाली प्रेसमाथि पछिल्लो समय हुने गरेको घटना एवम् अाक्रमणको पछिल्लो कडि पत्रकार पिविको अाक्रमण हो” भन्दै जिम्मेवार जनप्रतिनिधि बाटै यस्तो खालको अाक्रमण हुनु दुखद भएको बताए ।

जनताद्वारा निर्बाचित जनप्रतिनिधिले नै पत्रकारलाई समचार सँकलन गर्न जादा अनियमितता र भष्ट्रचारको प्रशङ्ग उठाउदा उल्टो खुकुरी हान्नु पराजित मानसिकताको उपज भन्दै त्यस्ता जनप्रतिनिधि लाई तत्काल कारबाही गर्नुपर्ने कुरामा जोड दिए ।

अध्यक्ष डुम्रेले उक्त घटनाको घोर भत्सर्ना गर्दै घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना सहित सो रबैयाले सरकार र सरकारका प्रतिनिधिबाट नै हुने यस्ताखाले घृणित क्रियाकलापले यो व्यवस्थाप्रति नै प्रश्न चिन्ह खडा गरेको बताए । उनलेे दोषि जनप्रतिनिधि वडाध्यक्षलाई तत्काल कार्वाहीको माग समेत गरे । उनलेे दोषी जनप्रतिनिधि माथि कारबाही नगरे चरणबद्ध अान्दोलनमा उत्रने समेत बताए ।

 


(२०७५ आश्विन ३०, मंगलवार) ०२:१८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

जयबाबा ईट्टामा बिहानै गोली चल्यो, मेनेजर हुसेनको मृत्यु

सुनसरी जिल्लाको सोनापुरस्थित जयबाबा ईट्टामा आज बिहानै गोली चलेको छ । गोली प्रहारबाट उद्याेगका म्यानेजर ५४ वर्षीय फिदा हुसेनको मृत्यु भएको छ । दुहबी - ९ छाताबेलीमा रहेको जय बाबा इँटा उघोगमा ड्युटीमा.....

विस्तृत शान्ति सम्झौताको १२ वर्ष, द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका त्यूँ

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । तर, अझै द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका.....

काम गर्न सकिदैन भने किन कुर्सीमा बस्ने ? : झलनाथ खनाल

दुई तिहाई बहुमतको समर्थन पाएको केपी ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लाग्दै आएको छ । सत्तारुढ दलभित्रैबाट पनि सरकारको आलोचना भइरहको छ । अर्कोतिर पार्टी एकीकरण.....

Exchange Rate

Nepali Patro