विश्वकप टी–२० क्रिकेट छनोट: नेपालद्वारा भुटान पराजित

संबाददाता : आस्था नेपाली     प्रकाशित मिति: (२०७५ आश्विन २३, मंगलवार) १३:०७

मलेसियामा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी छनोट क्रिकेटमा नेपालले लगातार चौथो जित हात पारेको छ ।बाङ्गीमा आज भएको खेलमा नेपालले कमजोर प्रतिद्वन्द्वी भुटानलाई १ सय १७ रनको विशाल अन्तरमा हराएको हो । खेलमा १ सय ५१ रनको लक्ष्य पछ्याएको भुटानले १७ औं ओभरमा अलआउट हुनुपूर्व ३३ रन मात्रै जोड्न सक्यो ।

भुटानको ईनिङ ध्वस्त पार्न नेपालका सन्दिप लामिछाने र ललित राजवंशीले ३–३ विकेट लिए । यसैगरी बसन्त रेग्मीले २ विकेट लिँदा दिपेन्द्र सिंह ऐरी र सरद भेषवाकरले १–१ विकेट हात पारे । भुटानका तेन्जिन वाङ्चुकले ११ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन जोडेको थियो । नेपालका लागि ओपनिङ ब्याट्सम्यान प्रदिप ऐरीले अविजित ७५ रन जोड्दा अनिल साहले २७ रनको योगदान दिए ।

जितसँगै नेपालले समुहका ४ खेलबाट ८ अंक जोडेको छ । समान ८ अंक जोडेको सिंगापुर रन रेटका आधारमा दोस्रो स्थानमा रहेको छ । सात टोली सहभागी एसियाली समूह बी को छनोट प्रतियोगिताबाट शीर्ष तीन टोली अर्को चरणको छनोटका लागि छानिनेछन् ।

प्रतियोगितामा नेपालले अहिलेसम्म आयोजक मलेसिया, म्यानमार, थाईल्याण्ड र भुटानलाई पराजित गरिसकेको छ । नेपालले अब सिंगापुर र चीनसँग खेल्न बाँकी छ ।


(२०७५ आश्विन २३, मंगलवार) १३:०७ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

फर्जी मुठभेड़मा पांच विद्यार्थी नेताको हत्या गर्ने सेनाका मेजर जनरलसहित सात जनालाई जन्मकैदको सजाय

भारतको आसाममा एक फर्जी मुठभेड़ (फेक इन्काउन्टर) को मामलामा सेनाका तीन अधिकारी र चार सैनिकलाई जन्मकैदको सजायँ सुनाइएको छ । सजायँ पाउनेमा भारतीय सेनाका पूर्व मेजर जनरल एके लाल, दुई कर्नल र सात सैनिक समावेश छन्.....

मध्यरात पोखरामा बेवारिशे अशक्त महिला वलात्कृत, वलात्कार गर्ने को ?

पोखराको सडकमा बेवारिसे अशक्त महिलालाई बलात्कार गरिरहेका एक पुरुषलाई प्रहरीले सोमबार मध्यरात रंगेहात पक्राउ गरेको छ । हाल वडा प्रहरी कार्यालय बैदाम पोखराको हिरासतमा रहेका.....

वडाध्यक्ष भट्टराईको खुकुरी प्रहारबाट पत्रकार पिबी गम्भीर घाइते, दोषी वडाध्यक्षलाई कडा कानुनी कारवाहीको माग

प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष टेक बहादुर भट्टराईको आकमणमा परी सख्त घाइते भएका पत्रकार केन्द्रप्रकाश पिविलाई थप उपचारका लागि आज मध्ये राती नै लुम्बिनी.....

Exchange Rate

Nepali Patro