अर्घाखाँचीमा जीप दुर्घटना, ११ को मृत्यु, ६ घाइते

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ भाद्र १२, आईतवार) ०८:३०

अर्घाखाँचीको हंसपुर-५ रतनमारेमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका छजना मध्ये चार जनाको अवस्था गम्भीर छ । अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट प्यूठानको बाँदिकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको जीप दिउँसो सवा तीन बजेतिर रतनमारे बजार नजिकै पोष्टापाटको भीरबाट करिब सात सय मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा अधिकांश हंसपुर गाविसका छन् । हंसपुर गाविस-४ का ३५ वर्षीय मिनबहादुर केसी, हंसपुर-१ का ३६ वर्षीय देवबहादुर थापामगर, हंसपुर-५ का ४५ वर्षीय हुमबहादुर घर्तीमगर, हंसपुर-२ का ४५ वर्षीय रामबहादुर घर्तीमगर र धारापानी-६ अर्घाखाँचीकी ३६ वर्षीया कमला पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-११ किमडाँडाका नारायणबहादुर राना, सन्धिखर्क नगरपालिका-२ बस्ने ३२ वर्षीया सीता नेपाली, गुल्मीको पुर्कोटदह-८ का ५९ वर्षीय भेषबहादुर थापामगर, पुर्कोटदह-४ गुल्मीकै ३७ वर्षीय जिवबहादुर कुँवर, गुल्मी भनभने-१ का ५९ वर्षीय बुद्धिबहादुर परियार र प्यूठान बांगेमरोठ ८ का ६८ वर्षीय शोभा सिंह रोकामगरको पनि दुर्घटनामा मृत्यु भएको प्रहरी निरीक्षक सुजनकुमार राजभण्डारीले जानकारी दिए ।

कमला पौडेल र जिबबहादुर कुँवरको उपचारको क्रममा जिल्ला अस्पतालमा र अन्यको घटनास्थलमै मृत्यु भएको थियो ।

घाइते प्यूठान बाँदिकोटका जिबलाल पोख्रेल, सन्धिखर्क नगरपालीका-१ अर्घाखाँचीका अर्जुन खनाल, खन-७ अर्घाखाँचीका सुरज खनाल र पुर्कोटदह-४ गुल्मीका यमलाल कुँवरको सन्धिखर्क जिल्ला अपस्ताल अर्घाखाँचीमा उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

धारापानी-६ की मुना पौडेल र धारापानी-६ कै कविता पौडेलको भने जिल्ला अपस्ताल अर्घाखाँचीमा उपचार भइरहेको छ ।

गाडी चालक प्रहरी हिरासतमा रहेका छन् ।

जीपमा तीनजना बच्चासहित १९ जना यात्रु चढेका थिए । उकालोमा गाडीको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

घटनास्थल अर्घाखाँची सदरमुकाम सन्धिखर्कदेखि झन्डै ३० किलोमिटर पश्चिममा पर्दछ ।


(२०७३ भाद्र १२, आईतवार) ०८:३० मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro