श्रीलंकामा मृत्युदण्ड पाएका नेपालीबारे सरकार अनभिज्ञ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ भाद्र ११, शनिबार) १९:५५

लागूपदार्थ कारोबार गरेको अभियोगमा बर्सौंदेखि श्रीलंकामा जेल सजाय भोगिरहेका दुई नेपालीको अवस्थाबारे सरकार अनभिज्ञ देखिएको छ । पाटन ललितपुरका चेतबहादुर थापा र धादिङ सत्यदेवी गाविसका सुकबहादुर तामाङ श्रीलंकामा अहिले जेल जीवन व्यतित गरिरहेका छन् ।

श्रीलंकाली लागूऔषध ब्युरोले ७९.८४ ग्राम शुद्ध हेरोइन बोकिरहेको अवस्थामा ६३ वर्षीय थापालाई सन् २००९ सेप्टेम्बरमा पक्रेको थियो । त्यसलगत्तै उनीविरुद्ध त्यहाँको प्रहरीले केन्डीस्थित उच्च न्यायालयमा मुद्दा चलाएको थियो ।

थापालाई उक्त अदालतले सन् २०१५ मार्च महिनामा मृत्युदण्डको फैसला सुनाएको थियो । मृत्युदण्डको फैसलापछि थापाले कोलम्बोस्थित पुनरावेदन अदालतमा फैसला पुनरावलोकनका लागि निवेदन दिएका छन् । उनले सजाय पुनरावलोकनका लागि गरेको अनुरोधबारे अदालतले अन्तिम धारणा सार्वजनिक भने गरेको छैन ।

अर्का नेपाली तामाङलाई लागूपदार्थ बोकेको अभियोगमा श्रीलंकाको प्रहरीले सन् २००९ डिसेम्बरमा राजधानी कोलम्बोमा पक्रेको थियो । त्यहाँको प्रोभिन्सियल हाई कोर्टले तामाङलाई सन् २०१२ डिसेम्बर २८ मा आजीवन काराबासको फैसला सुनाएको थियो ।

उनले आफ्नो गल्ती स्वीकार गरेका कारण अदालतले उनलाई मृत्युदण्डको फैसलाको सट्टा आजीवन काराबासको सजाय सुनाएको कोलम्बोस्थित नेपाली दूतावासले जनाएको छ । तामाङ यतिबेला कोलम्बोस्थित वेलिकाडा बन्दीगृहमा समय व्यतित गरिरहेका छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले श्रीलंकामा केही वर्षयता राजदूत पद रिक्त रहेको र अब नयाँ राजदूत नियुक्त भएलगत्तै थापा र तामाङको जीवनरक्षाका लागि ठोस कूटनीतिक पहल हुनसक्ने प्रतिक्रिया दिए ।

नेपाल सरकारले उच्च तहबाट कूटनीतिक पहल गरेको खण्डमा थापा र तामाङको जीवनरक्षा हुनसक्ने देखिएको छ । यद्यपि श्रीलंकास्थित नेपाली दूतावासले थापा र तामाङको सजाय मिनाहा गराउन कूटनीतिक पहल गरेको भए पनि सार्थक हुनसकेको छैन ।


(२०७३ भाद्र ११, शनिबार) १९:५५ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro