सरकारी दस्तावेजमै घट्यो देशकाे क्षेत्रफल,कहाँ हरायो १० हजार वर्गकिमि जमिन ?

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७५ आश्विन १५, सोमबार) ०४:३४

सुन्दै पत्याउन गाह्रो । तर यो वास्तविकता हो । नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकमा भने १ लाख ३७ हजार १ सय ६२ दशमलब ०३५ वर्गकिमि मात्र पाइएको छ ।

कहाँ हरायो १० हजार १८ दशमलब ९६५ वर्गकिमि ? गायब भएको भूमि करिब १४ वटा सिंगापुरजति हुन आउँछ ।

नेपालको ७ सय ५३ वटै स्थानीय तहबारे पूर्ण जानकारी समेटेर उक्त मन्त्रालयको संघीय मामिला शाखाद्वारा असोज २०७४ मा प्रकाशित ‘गाउँपालिका तथा नगरपालिकाको संक्षिप्त परिचय’ पुस्तिकामा बिस्वमा अस्तित्वमा रहेको एक देश सिन्गापुरको जति क्षेत्रफ़ल् ग्गयाब पारिएजो हो l

नेपालको ७ सय ५३ वटै स्थानीय तहको क्षेत्रफ़ल्को योगफल  १ लाख ३७ हजार १ सय ६२ दशमलब ०३५ वर्गकिमि मात्र हुन्छ । नेपालको क्षेत्रफल ती सबै स्थानीय तहका क्षेत्रफलको योग हो । यति ठूलो मात्रामा अपुग हुँदा निःसन्देह प्रश्न उठ्छ– बाँकी भूभाग खोइ त ?

अपत्यारिलो यो अवस्था देखिएपछि हामीले पुस्तकको आधिकारिकता परीक्षण गर्‍यौं । त्यो संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नै प्रकाशन गरेको पाइएको छ । उक्त पुस्तिकामा तत्कालीन उप–प्रधानमन्त्री एवं विभागीय मन्त्री विजयकुमार गच्छदारको शुभकामना तथा  राज्यमन्त्री जनकराज चौधरी, सचिव दिनेशकुमार थपलिया र सहसचिव डा.हरि पौडेलले पनि आफ्ना शब्द राखिएको राखेका उक्त पुस्तिकामा उनीहरूको हस्ताक्षर समेत रहेको छ ।

जीआईएस नक्सा सामेल गरी बनाइएको उक्त पुस्तिकामा देखिएको त्रुटि के सामान्य हो ? अब यो प्रश्नको जवाफ पक्कै पेचिलो बन्दै जानेछ । आधिकारिक पुस्तिकामा देखिएको यस्तो अवस्थाले आम मानिसको भावनामा पर्न जाने चोटको जवाफदेही हुने निकाय को होला ? प्रश्न उठ्छ– के हामीले आफ्नो भूमि वास्तविकतामै गुमाइसक्यौं ? होइन भने कहाँ घट्यो।

प्राकृतिक स्रोत तथा वित्त आयोगबाट प्राप्त प्रदेशका क्षेत्रफल अनुसाए पनि नेपालको क्षेत्रफ़ल् घटेको देझिएको छ  । सबैभन्दा धेरै प्रदेश ५ मा र दोस्रोमा कर्णालीमा भूभाग हराएको छ । घटेको क्षेत्रफल प्रदेश १ मा ७७१.६१, २ मा ७६६.७२, ३ मा ६७९.१७५, गण्डकीमा ३४५.२१, ५ मा ४३६५.६३, कर्णालीमा २७३१.२३ र सुदूर पश्चिम प्रदेशमा ३५९.३९ वर्गकिमि छ । हरेक प्रदेशमा यति ठूलो मात्रामा क्षेत्रफल कसरी घट्यो ? प्रश्न अनुत्तरित छ।

सरकारले गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण आयोगको प्रतिवेदन एवं मन्त्रिपरिषद्बाट विभिन्न मितिमा गठन भएका पुनरवलोकन समितिका सिफारिसका आधारमा ७ सय ५३ स्थानीय तह निर्धारण गरेको थियो । तिनमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका छन् । जनसंख्या बदलिन्छ तर क्षेत्रफल कसैसँग लेनदेन नहुन्जेल कहिल्यै बदलिँदैन । तर, हाम्रै २ नम्बर प्रदेशभन्दा ठूलो जमिन कहाँ, कसरी बिलय भयो?

नवसिमांकित गाउँपालिका÷नगरपालिकासम्बन्धी जानकारी सरल, सहज र व्यापक रूपमा आमनागरिकसम्म पुर्‍याउने हेतु पुस्तक प्रकाशन गरिएको उपप्रधानमन्त्री गच्छदारले शुभकामनामा लेखेका छन् । तर, जानकारी आफैंमा भ्रमात्मक छ । क्षेत्रफल नै पूरापूर छैन । भूमि कहिल्यै खुम्चिँदैन । न कुनै स्थानीय तह नै छुटेका छन् । यस्तो अवस्थामा क्षेत्रफल नपुग्नु गम्भीर खोजीको विषय हो ।

उक्त पुस्तिकामा प्रकाशन गर्ने जीआईएस नक्सा भेरिफिकेसनका लागि ३ जना इन्जिनियर प्रवीण पौडेल, प्रणय नकर्मी र राजेन्द्र श्रेष्ठ संलग्न भएको देखिन्छ । सल्लाहकारमा डा.हरि पौडेल, सम्पादन सहयोगीमा परशुराम उपाध्याय छन् । पुस्तकको सर्वाधिकार प्रकाशक अर्थात् मन्त्रालयले नै राखेको छ ।

नेपाली भूमि मिचिएको विवादित सीमामा उच्चस्तरीय टोली
नेपाली भूमि भारतीयको कब्जामा
निसान छापको नक्सामै कालापानी गायब
नापीको नक्सामै लिम्पियाधुरा गायब
कालापानी-सुस्ता सीमा विवाद : बैठक नबस्दा नापी भएन
अतिक्रमणले नेपाली भूभाग खुम्चँदै
नेपाल सरकारले प्रकाशन गरेको उक्त पुस्तिकामा १० हजार वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफल घट्दा सर्वसाधारणमा कस्तो सन्देश प्रवाह हुन्छ, यस विषयमा कोही जिम्मेवार हुनु जरुरी छैन ?

यो अक्षम्य गल्ती कसरी हुन गयो होला ? राज्य पुनःसंरचना आयोगको लापरवाही, अक्षमता र अयोग्य समूहको परिणाम हुन सक्छ । भूमि गुमाउने यस्तो घटना ठूलो अपराध हो । कतै लुकेको भए खोज्नुपर्छ, लापरबाही भए तयार गर्नेलाई कारबाही गर्न सक्नुपर्छ । यो खेलाँची विषय पक्कै होइन । स्रोत अन्नपुर्ण पोस्ट


(२०७५ आश्विन १५, सोमबार) ०४:३४ मा प्रकाशित

मुख्य समाचार

सबै

अनियमितताको आरोप लागेका एआइजी बस्नेतमाथिको कारबाहीमा ढिलाई

प्रहरीमा तल्लो तहका प्रहरीमाथि कारबाही हुने तथा माथिल्ला अधिकारीमाथि कारबाही हुँदैन भन्ने मान्यता स्थापित हुँदै गएको छ।  तल्लो दर्जाका प्रहरी कर्मचारीलाई सानो गल्ती वा अनियमिततामा संलग्न देखिए तुरुन्त.....

घुस मागेको आरोप लागेपछि दोलखाका सिडियो रिजाल काठमाण्डौ तानिए

न्याय सम्पादन गर्ने क्रममा घुस मागेको आरोप लागेपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन् । अभद्र व्यवहार सम्बन्धी कसूरका अभियुक्तसँग रकम असुली गरेको.....

पोखराका पत्रकारहरु माथिको प्रहरी आतंक बन्द गर : ओम हमाल

पोखरामा डन पत्रकार भनेर चिनिने पत्रकार राजेन्द्र अधिकारी उपनिर्वाचनको मुखदेखि अचानक फेसबुक र मोबाइल बन्द गरेर लापत्ता भए। उनी किन गुमनाम भए सबैको चासोको बिषय थियो।  तर कोही कसैलाई यस.....

Exchange Rate

Nepali Patro