राज्यका नि:शुल्क सुविधाबाट ज्येष्ठ नागरिक बन्चित,ज्येष्ठ नागरिकलाई बेवास्ता गरिएको गुनासो

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ आश्विन ७, आईतवार) ०७:४५

राज्यले दिने विभिन्न सेवाबाट आफूहरूलाई वञ्चित गरेको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । राज्यप्रदत्त सेवा, यातायात, स्वास्थ्य तथा अन्य क्षेत्रमा समेत ज्येष्ठ नागरिकलाई बेवास्ता गरिएको ज्येष्ठ नागरिक संघ रोल्पाका अध्यक्ष तेजराज आचार्यले बताए ।

‘बजेट विनियोजन तथा ज्येष्ठ नागरिकले पाउनुपर्ने सेवा–सुविधाका विषयमा हुने छलफलमा हामीलाई बोलाइँदैन’ अध्यक्ष आचार्यले भने, ‘पहिले महिला तथा बालबालिका कार्यालयबाट केही बजेट आउँथ्यो, अहिले स्थानीय तह बनेपछि अलमल छ ।’ स्थानीय तहले आफ्नै हिसाबले कतैकतै प्रोत्साहन, सम्मान गर्ने गरेको भए पनि ज्येष्ठ नागरिकसम्बन्धी स्थानीय तहको कुनै नीति नै नरहेको आरोपसमेत उनले लगाए ।

निःशुल्क औषधि नपाएको गुनासो

लिबाङ निवासी ज्येष्ठ नागरिक दुर्गाप्रसाद उपाध्यायले जिल्ला अस्पतालमा सरकारले तोकेबमोजिम निःशुल्क औषधी नपाएको गुनासो गरे । ‘ज्येष्ठ नागरिकलाई पनि अन्य सेवाग्राहीसरहको व्यवहार गरिन्छ,’ उनले भने, ‘कहिलेकाहीँ लाइनमा बसेर नाम लेखाउनुपर्छ । अनि औषधी पनि किन्नुपर्छ ।’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. सुशील आचार्यले भने ज्येष्ठ नागरिकलाई राज्यले दिने सेवामा अस्पतालबाट कुनै कन्जुस्याइँ नभएको दाबी गरे ।

सार्वजनिक यातायातमा पनि ‘ज्येष्ठ नागरिक’ भनेर लेखिएको सिटमा बस्न नदिइएको ज्येष्ठ नागरिक चिन्तामणि आचार्यले बताए । देखाउनका लागि लेखिएको भए पनि व्यवहारमा काम नलागेको ज्येष्ठ नागरिकको गुनासो छ ।

यातायात तथा सबै क्षेत्रमा राज्यले दिएको सेवामा जेष्ठ नागरिकलाई वञ्चित गरेको पाइएमा सीधै जानकारी गराउन प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीले आग्रह गरे । ‘यातायात, स्वास्थ्य वा अन्य जुनसुकै क्षेत्रमा पनि कसैले नियतवश ज्येष्ठ नागरिकलाई राज्यले दिएको सेवाबाट वञ्चित गर्छ भने भन्नुस्, म कारबाही गर्छु,’ प्रजिअ एमसीले भने ।

ज्येष्ठ नागरिकले पाउने मासिक भत्ता रोल्पा नगरपालिकाले घरमै पु-याइरहेको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए । ‘हरेक ज्येष्ठ नागरिकले बैंक खाताबाट भत्ता बुझ्न निर्देशन गरिएको भए पनि हामीले घरघरमै पु-याइरहेका छौँ,’ मेयर केसीले भने । ज्येष्ठ नागरिकलाई बैंकसम्म लैजान झन्झट हुने र स्याहारमा खटिने छोराछोरी वा आफन्तहरूको खर्चमै सकिने भएकाले घरमै पु-याउने व्यवस्था गरिएको मेयर केसीको भनाइ छ ।

२१ हजार ज्येष्ठ नागरिक

रोल्पामा करिब २१ हजार ज्येष्ठ नागरिक छन् । ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरूमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरूप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्नेसम्बन्धी ऐन, २०६३ र नियमावली २०६५ जारी भए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । साभार नया पत्रिका


(२०७५ आश्विन ७, आईतवार) ०७:४५ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro