नेकपाको अभियानबाट सरकार अत्तालियो, अभियानकर्मी गिरफ्तार

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ आश्विन ६, शनिबार) ०१:१३

नेपाल कम्युनिस्ट पार्टीले भदौ १ गते सुरु गरेको ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ बाट केपी सरकार अत्तालिएको छ । देशव्यापी सञ्चालित अभियान जनकपुरमा पनि भव्य रूपमा चलिरहेको समयमा जनकपुर ब्युरोका सदस्य तथा ३ नं. टोलीका उपप्रमुख शशी राई, एएम राई र सर्वसाधारण बिस्ट कान्छालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई स्थानीय निरञ्जन हमालको सुराकीमा बिहीबार बिहान १० बजे प्रहरीले गिरफ्तार गरेको नेकपा जनकपुरले जनाएको छ ।

यता प्रहरिले दिएको जानकारी अनुसार, सिरहाको धनगढीमाई नगरपालिका १२ गडम्मेबाट बिहीबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व (नेकपा)का दुई जना अञ्चल ब्यूरो स्तरका नेता सुतली बम र खुकुरीसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ताप्लेजुङ खप्तालुङ् २ घर भएका यम लिम्बु र सिन्धुली हरिपुर २ घर भएका आकाश राई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार लिम्बु नेकपाको मेची अञ्चल ब्यूरो र राई जनकपुर अञ्चल ब्यूरो सदस्य तथा सिरहा सप्तरी जिल्ला इञ्चार्ज रहेका छन् ।

साथै विप्लवका कार्यकर्ताको साथबाट सात वटा झोलासहित पर्चा, पम्प्लेट, पुस्तकहरु बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले दुई जना विरुद्ध मुद्दा चलाउने तयारी अनुरुप थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीको आक्रमणमा परी नेकपा निकट मगर मुक्ति मोर्चाका ३ नं. टोलीका सदस्य भीम आले गम्भीर घाइते भएका छन् । उक्त स्थानबाट मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का दुईजना कार्यकर्तालाई पनि प्रहरीले गिरफ्तार गरेको छ । आफ्ना कार्यकर्तालाई बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै नेकपा जनकपुर ब्युरो इन्चार्ज अरुणले तत्काल रिहा नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

त्यसअघि प्रहरीले सिरहाको लहान नगरपालिका १३ पक्की टोलबाट पक्राउ गरेको विप्लव नेतृत्वको जिल्ला सेक्रेटरीसहित चार जना विरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ को सार्वजनिक उपद्रव सम्बन्धी मुद्दा चलाएको छ । प्रहरीका अनुसार मुद्दा चलाइएकाहरुमा धनुषाको धनुषाधाम नगरपालिका ५ का जिल्ला सेक्रेटरी इन्दल शाहसहित कार्यकर्ता बताउने सिरहाको गोलबजार नगरपालिका ५ का गोविन्द सदाय, अनिता सदा र ६ की वीनादेवी मुखिया रहेका छन् ।

 


(२०७५ आश्विन ६, शनिबार) ०१:१३ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना