साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७५ भाद्र २७, बुधबार) ११:१७

ढाका । साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । करिब २ वर्षअघि यही मैदानमा माल्दिभ्सलाई पराजित गरेको नेपाल आजको खेलमा अर्को इतिहास कोर्ने लक्ष्यमा छ ।बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपाली टिम र खेलाडीको लागि घरेलु मैदान जस्तै हो । यो रंगशालामा नेपालले आफ्नो फुटबलको इतिहास कोेरेको छ ।

ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल फेरी अर्को इतिहास नजिक छ । साफ च्याम्पियनसिप फुटबलको करिब २५ वर्षे इतिहासमा नेपाल फाइनलसम्म पुग्न सकेको छैन । यो पटक माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने लक्ष्य बनाएको छ । तुलनात्मक रुपमा यो प्रतियोगितामा बलियो देखिएको नेपालले के ऐतिहासिक छलाङ मार्न सक्ला ? सबै फुटबलप्रेमीमा कौतुहलता बढ्न थालेको छ । त्यसो त, प्रशिक्षक र नेपाली खेलाडीले पनि माल्दिभ्सलाई पराजित गर्दै फाइनल पुग्ने दाबी गर्दै आएका छन् ।

सेमिफाइनलमा ४–१ ले पराजित सन् २०१६ बंगबन्धु राष्ट्रिय रंगशालामा सम्पन्न बंगबन्धु गोल्ड कपको सेमिफाइनल खेल । नेपाल समूह ए को उपविजेता माल्दिभ्स समूह वि को विजेता । जनावरी १९ तारिख साँझ ५ बजे भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलको अपत्यारीलो जित निकाल्दै फाइनल प्रवेश गरेको थियो । युवा खेलाडीले भरिभराउ टिममा नेपालले गोलको वर्षा नै गर्‍याे । नवयुग श्रेष्ठले ह्याट्रिक गोल गर्दै नेपाललाई नयाँ युगतिर लगे ।

त्यस्तै, विशाल राईले एक गोल थपे । खेलअवधिभर नेपालले उत्कृष्ट प्रदर्शन गर्दै माल्दिभ्सलाई पराजित मात्रै गरेन फाइनलमा बहराइनलाई ३–० गोलले पराजित गर्दै नेपालले बंगबन्धु गोल्डकपको उपाधि उचाल्न सफल भयो । करिब २ वर्षपछि नेपाल र माल्दिभ्स यही मैदानमा सेमिफाइनल खेल मै प्रतिस्पर्धा गर्न लागेको छ । पक्कैपनि माल्दिभ्सलाई २०१६ बंगबन्धु गोल्डकपको झझल्को हुनुपर्छ । जारी साफ च्याम्पियनसिपमा नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने माल्दिभ्स समूह बी को उपविजेता हो । नेपालले पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएपनि दोस्रो खेलमा भुटानलाई ४–० र अन्तिम खेलमा आयोजक बंगलादेशलाई २–० गोलअन्तरले पराजित गरेको थियो ।

यता, माल्दिभ्सले भने आफ्नो पहिलो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो भने आफ्नो दोस्रो खेलमा भारतसँग २–० गोलको हार ब्यहोरेको थियो । माल्दिभ्स भाग्यमानी सावित हुदै टसबाट श्रीलंकालाई पछि पार्दै सेमिफाइनल पुगेको टिम हो ।


(२०७५ भाद्र २७, बुधबार) ११:१७ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

फर्जी मुठभेड़मा पांच विद्यार्थी नेताको हत्या गर्ने सेनाका मेजर जनरलसहित सात जनालाई जन्मकैदको सजाय

भारतको आसाममा एक फर्जी मुठभेड़ (फेक इन्काउन्टर) को मामलामा सेनाका तीन अधिकारी र चार सैनिकलाई जन्मकैदको सजायँ सुनाइएको छ । सजायँ पाउनेमा भारतीय सेनाका पूर्व मेजर जनरल एके लाल, दुई कर्नल र सात सैनिक समावेश छन्.....

मध्यरात पोखरामा बेवारिशे अशक्त महिला वलात्कृत, वलात्कार गर्ने को ?

पोखराको सडकमा बेवारिसे अशक्त महिलालाई बलात्कार गरिरहेका एक पुरुषलाई प्रहरीले सोमबार मध्यरात रंगेहात पक्राउ गरेको छ । हाल वडा प्रहरी कार्यालय बैदाम पोखराको हिरासतमा रहेका.....

वडाध्यक्ष भट्टराईको खुकुरी प्रहारबाट पत्रकार पिबी गम्भीर घाइते, दोषी वडाध्यक्षलाई कडा कानुनी कारवाहीको माग

प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष टेक बहादुर भट्टराईको आकमणमा परी सख्त घाइते भएका पत्रकार केन्द्रप्रकाश पिविलाई थप उपचारका लागि आज मध्ये राती नै लुम्बिनी.....

Exchange Rate

Nepali Patro