मालिकलाई थाहै नदिई करिब ६० करोडको कम्पनी पूर्वकर्मचारीको नाममा नामसारी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ भाद्र २१, बिहीबार) ०८:४३

कम्पनी रजिस्ट्रारको कार्यालयले मालिकलाई थाहै नदिई करिब ६० करोड रुपैयाँबराबरको कम्पनी पूर्वकर्मचारीको नाममा सारिदिएको छ । नक्कली कागजपत्रका आधारमा कम्पनी रजिस्ट्रारका कर्मचारीले भारतीय व्यवसायी रामनिरञ्जन जटियाको शंकर इलेक्ट्रोनिक्स नामक कम्पनी उनकै पूर्वकर्मचारी जितबहादुर मगरको नाममा नामसारी गरिदिएका हुन् । जटियाको कम्पनीको नाममा नेपालमा घरजग्गासमेत गरेर करिब ६० करोडको सम्पत्ति थियो ।

प्रहरीले चार सरकारी कर्मचारीसहित १२ जनालाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार भारतीय व्यापारी जटिया विदेशमा रहेका वेला नक्कली कागजपत्र र हस्ताक्षरका आधारमा कम्पनी नामसारी गरिएका हुन् ।

उनको कम्पनीको लगानी २५ लाख रुपैयाँ मात्र देखाइएको छ । तर, कम्पनीको नाममा सम्पत्ति भने ६० करोडभन्दा धेरै थियो ।

उनले करिब २५ वर्षदेखि नेपालमा व्यवसाय गर्दै आएका छन् । कम्पनीको सबै कारोबारको जिम्मा उनले आफ्ना कर्मचारी मगरलाई सुम्पिएका थिए । जटियाको सबै कारोबार तथा सम्पत्तिबारे उनलाई थाहा थियो ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

यसरी भयो ठगी
व्यवसायी जटियाका पूर्वकर्मचारी जितबहादुर मगरले मालिकको सम्पत्तिबारे आफन्त तथा साथीहरूलाई बताएका थिए । साथीकै योजनामा उनले कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारीलाई आर्थिक प्रभावमा पारी कम्पनीको अध्यक्षबाट जटियालाई हटाएर आफू नियुक्त भएको कागजपत्र तयार पारे ।

त्यही आधारमा कम्पनी आफ्नो नाममा लिए । कम्पनी आफ्नो नाममा लिएपछि सबै घरजग्गा बिक्री गरेर भाग्ने तयारी गर्ने क्रममा योजनाकारसहितका व्यक्तिहरू पक्राउ परेका हुन् । सिआइबीले कम्पनी रजिस्ट्रार कार्यालयका चार कर्मचारीलाई पक्राउ गरिसकेको छ । अधिकृतद्वय नारायण पोखरेल र उमेश जोशीसहितका कर्मचारी पक्राउ परेका छन् ।


(२०७५ भाद्र २१, बिहीबार) ०८:४३ मा प्रकाशित

मुख्य समाचार

सबै

चितवनमा अदो दुर्घटना : पाँचको मृत्यु, एक घाइते

चितवनको राप्ती नगरपालिका ५ चेपाङ मार्गस्थित भित्रि सडक खण्डमा  शनिबार साझ सवा ६ बजे भएको अटो दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ । चौकी डाँडातर्फ जाँदै गरेको ना १ह ६४०९ नं. को अटो आफै अनियन्त्रित भई.....

ऐतिहासिक लत्रेपिपलमा माफियाहरुको आँखा, कटान गर्न निबेदन

कानुन विपरीत सार्वजनिक जग्गा दर्ता गरेर प्लटिंग गरेका माफियाहरुको आँखा ऐतिहासिक तथा पुरातात्विक महत्वको लत्रेपिपलमा परेको देखिएको छ। २०५५/०५६ सालसम्म प्रति रहेको पुतलीबजार नगरपालिका.....

राखेपका पदाधिकारीको लापवाही : साग प्रतियोगितास्थलमा बिस्फोट, बालक घाईते

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरमा पटाका विष्फोट हुँदा एक बालक गम्भीर घाइते भएका छन्। कुस्ती प्रतियोगिता भइरहेको स्थल कभर्ड हल नजिकै.....

Exchange Rate

Nepali Patro