व्यापारिक, आर्थिक तथा बित्तीय कनेक्टिभिटी कायम गर्ने उद्देष्यमा किन सैनिक अभ्यास ; युवराज संग्रौला

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ भाद्र १६, शनिबार) ०२:३९

बिमिस्टेकको बारेमा उठेको शैनिक अभ्यासका बारेमा परराष्ट्र मन्त्रालयले तत्काल प्रस्ट पार्नु आवास्यक छ।
१. बिमिस्टेक geoplotical संगठन होइन। यो geoeconomic संगठन हो। यस्को उद्देश्य बे अफ बगांल सङ्ग जोडिएका देशहरूको ब्यपारिक, आर्थिक तथा बित्तीय कनेक्टिभिटी कायम गर्नु हो। अनि कसरी यस्मा शैन्य अभ्यासको कुरा आउँछ?
२. प्रधानमन्त्री मोदिले यश सम्मेलनमा शैन्य अभ्यासको कुरा उठाएर ठुलो गल्ती गरे। भारतले अमेरिकाको जापान, अस्ट्रेलिया र भारतको त्रीपक्षिय गठबंधन बन्नुपर्ने दवाब बाट बच्न बिमिस्टेकलाई सैन्य स्वरुप दिन खोजेको हुन सक्छ, तर यो मोदीको रणनीति असफलतामा परिणत हुने भयो।
३. दक्षिण पुर्व एसियाका सदस्य थाइल्यान्ड र म्यान्मारले यस्लाइ स्वीकार गर्न सक्तैनन। बाङ्लादेशले पनि यस्लाइ स्वीकार गर्न सक्तैन। श्रीलंकाले पनि यसलाइ स्वीकार गर्दैन। अत शैन्य अभ्यासको कुरा उठाएर मोदिले बिमिस्टेकको प्रभावकारितालाइ गम्भीर रुपमा कम्जोर बनाए।
४. बिमेस्टेकलाइ शैन्य स्वरुप दिने प्रयासले पाकिस्तानलाई अलग गर्ने तर्कलाइ पुष्टि गर्छ। यस्ले चीन बिरोधी रणनीतिक हो भन्ने पनि जनाउंछ। तसर्थ बिमिस्टेक आफै प्रभाबहिन बन्न पुग्छ।
५. नेपाल यस्मा संलग्न हुन सक्तैन कानुनत, किनकि संबिधानले अबलम्बन गरेको नीति अनुसार नेपाल कुनै गठबन्धनको सदस्य हुन सक्तैन।
६. यदि यो अभ्यास केबल प्राकृतिक प्रकोबको ब्यबस्थापनका लागि मात्र हो भने, तेस्मा हातियारको प्रयोग हुन सक्तैन।
नेपालले अब आर्थिक समृद्धिका लागि काम गर्ने समय हो। यश प्रक्रियालाई अबरुद्ध गर्ने अनेक प्रयास भैरहेका छ्न। खासगरि चीन सङ्ग रेल्वे नेटवर्क जोड्ने कुरालाइ लिएर अनेकौं मजाकहरु गरिएका छ्न। तेसैले परराष्ट्र मन्त्रालय सतर्क रहोस, चीन सङ्ग सबन्ध बिगार्ने प्रयास भैरहेको हुन सक्छ। चिनलाइ माइनस गरेर कुनै पनि कुरा गर्न अब एसियामा संभव छैन। नेपाल सरकारले यसलाइ ख्याल राखोस।


(२०७५ भाद्र १६, शनिबार) ०२:३९ मा प्रकाशित

Exchange Rate

Nepali Patro