असफल बिम्स्टेक सम्मेलन, सफल भारत र मोदी : तारामणि सापकोटा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ भाद्र १६, शनिबार) ०२:१५

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को दुई दिने चौथो शिखर सम्मेलन राजधानी काठमाडौंमा सकिएको छ । सम्मेलमा आर्थिक, साँस्कृतिक, प्राविधिक सहयोग आदानप्रदानदेखि व्यापार बिस्तारका कुरा पनि उठे । सबैले आर्थिक सम्वृद्धिका कुरा गरे ।

तर, शिखर सम्मेलनको प्रारम्भदेखि नै एउटा प्रश्न र जिज्ञाषा उठेको थियो । प्रश्न थियो बिम्स्टेक के सार्कको विकल्प हो ? भारत बाहेक अरु सबै देशका राष्ट्र र सरकार प्रमुखले बिम्स्टेक सार्कको विकल्प नभएको अनौपचारिक प्रतिक्रिया दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन समारोहमै बिम्स्टेक सार्कको विकल्य होइन बताए । उनले बिम्स्टेक र सार्क एक अर्काका प्रतिस्थापक नभई पुरक भएको बताए । तर, भारत यस प्रश्नमा सँधै मौन हुँदै आएको छ ।

बिम्स्टेकमा भारतीय रणनीति
भारतले सार्कको विकल्पमा बिम्स्टेकलाई अघि बढाएको हो । हुन त भारतका कारण, न त सार्कले गति लिन सक्यो, न त बिम्स्टेक नै अघि बढ्न सक्छ । क्षेत्रीय प्रभुत्व र प्रभाव कायम राख्न भारतले सार्क र बिम्स्टेकलाई प्रयोग गरेको हो ।

भारतले आफ्नो स्वार्थ अनुकुल देखे सक्रिय हुने स्वार्थ पुरा नहुने अवस्था आए निश्कृय हुने गर्दछ । भारत र पाकिस्थान एकअर्काले प्रतिस्पर्धिको रुपमा नभई शत्रुको रुपमाले लिने गर्दछन् । भारतले बिकास निर्माणदेखि सबै कुराको अवरोधक पाकिस्थानलाई मान्ने गर्दछ ।

भारतले सार्क फोरमबाट पाकिस्थानबाट नजिक हुने र कास्मिरको मुद्दा सल्टाउने अनेक प्रयास नगरेको होइन । तर, सम्भव भएन । हु न सार्कमा राजनीतिक विषय एजेण्डा नबने पनि दुई देश बिचमा सम्बन्ध सुधारका लागि सम्वादको थलो भने हुँदै आएको थिायो ।

सार्कमा उसको रणनीति र प्रभाव खासै काम लाग्ने नभएपछि बिम्स्टेकमा भारत सक्रिय भएको हो । भारतकै कारण सार्क करिव करिव असफल भएपछि आफ्नो प्रभाव र प्रभुत्व स्थापित गर्न भारत बिम्स्टेकमा सक्रिय भएको हो ।

बिम्स्टेक सम्मेलन पाकिस्तानलाई एक्ल्याउने र चीनलाई तर्साउन
भारतले पाकिस्थान शात्रु ठान्छ भने चीनलाई प्रतिस्पर्धि ठान्दछ । चीनलाई आफुले उत्पादन गरेको बजारको ठूलो खाँचो छ । जहाँ आफ्ना उत्पादन पठाउन सकियोस । भारत बंगलादेश, श्रीलंका, मालदिप्स, भुटान र नेपाल आफ्नो पोल्टाका देश भएको ठान्दछ । यि देशको चीन र

पाकिस्थानको प्रभाव वा उनीहरुसँगको सम्बन्ध विस्तार भएको भारतका लागि स्वीकार्य हुँदैन । पछिल्ला वर्षमा चीन यि देशको सम्बन्ध राम्रो हुँदै गएको छ । श्रीलंका र मालदिप्स त चीनको राम्रै प्रभावमा परेका छन् । मालदिप्सले बन्दरगाह निर्माणको काम भारतलाई नदिएर चीनलाई दिनु र मालदिप्सको बिकासमा चीनले ठुलो लगानी गर्नुले मालदिप्स चीनको बलियो प्रभावमा गएको अनुमान गर्न सकिन्छ ।

भुटानसँधै भारतकै प्रभावमा छ । नेपाल र भारत विचको सम्बन्धसँधै तातो चिसो दुबै हुँदै आएको छ । संविधान निर्माण पछि भारतले लगाएको नाकाबन्दी, त्यसको प्रतिवादले भारत नेपालसँग थोरै तर्सिएको छ । नेपाल आफ्नो पकडबाट चीनको पकडमा जाने हो कि भन्ने कुराले भारत पिरोलिएको छ ।

क्षेत्रीय देशसँगको सम्बन्ध र आन्तरिक राजनीति जे जस्तो भएपनि भारत विश्वमञ्चमा आफ्नो प्रभाव कायम राख्न बिम्स्टेकमा सक्रिय सहभागि भएको हो । भारतको मुख्य रणनीति भने कै पाकिस्थानलाई एक्ल्याउने र चीनलाईलाई तर्साउने हो ।

शैनिक अभ्यासको रणनीति
भारतको प्रस्तावमा बिम्स्टेक राष्ट्रले भारतको पूँणेमा संयुक्त शैनिक अभ्यास गर्ने भएका छन् । सबै सदस्य राष्ट्रको सहभागि हुने भनिएपनि मुलतः शैनिक अभ्यासमा भारतको प्रभाव ठूलो हुनेछ । चीनले अहिले रुससँग गर्न लागेको शैन्य अभ्यासको जवाफमा भारतले यस्तो राणनीति अपनाएको हो ।

बिम्स्टेकको शैन्य अभ्यास सम्बन्धी कुनै बडापत्र नभएकाले यस्तो शैन्य अभ्यासमा भारतकै प्रभाव बढी हुन्छ । यस्तो शैन्य अभ्यास पनि चीन र पाकिस्थानलाई तर्साउने रणनीति अनुसार भएको हो ।

किन परेन मालदिप्स ?
सन् १९९७ मा बैंककबाट सुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)मा नेपाल सदस्य छ । तर, मालदिप्स सदस्य छैन । नाम बंगालको खाडीको प्रयास भन्ने तर बंगालको खाडी राष्ट्र मालदिप्स सदस्य हुन नसक्नुमा भारतकै हात छ ।

पाकिस्थान भारतका लागि परम शत्रु भएपनि मालदिप्स लामो समय उसको प्रभावमा थियो । तर, पछिल्ला वर्षमा मालदिप्सले चीनसँग बलियो सहकार्य स्थापित गरेपछि सदस्य बन्न नसकेको हो । भारत र मालदिप्स बिच पछिल्ला दिनमा राम्रो सुमधुर सम्बन्ध स्थापित हुन सकेको छैन । त्यसको एउटै कारण मालदिप्समा चिनियाँ प्रभाव हो ।

वान वेल्ट वान रोडमा अवरोध
चीनले अघि सारेको ८५ राष्ट्र जोड्ने वान वेल्ट वान रोड (ओबिओआर)मा भारत सदस्य छैन । भारतले चीनले अघि सारेको ओविओआरको विकल्यमा नेपालदेखि थाइल्याण्डसँगको सडक सञ्जालको कुरा उठाएको हो । भारतले दक्षिणपूर्वी एशियामा चीनको व्यापारिक प्रभाव त छँदै छ त्यसमा सडकमा समेत प्रभाव हुने हुँदा त्यसलाई अवरोध गर्ने उद्देश्यले भारतीय प्रभानमन्त्री नरेन्द्र मोदीले सडक सञ्जालको मद्दा उठाएका हुन् ।

किन सफल छैन बिम्स्टेक पनि ?
भारतकै कारण जसरी सार्क असफल भएको छ, बिम्स्टेक पनि मुलतः भारत कै कारण असफल भएको छ । वर्षौदेखि सडक सञ्जालमा एकअर्कालाई जोड्ने योजना बनेको छ । तर, नोपल र बंगलादेशसँग स्वतन्त्र रुपले सडक प्रयोग गर्न दिँदैन । फुलबारी बंगलाबन्द मार्ग नेपालले अहिलेसम्म प्रयोग गर्न पाएको छैन ।

बर्मा र बंगलादेश बिचपनि राम्रो सम्बन्ध छैन । बर्माबाट विस्थापित रोहिंगा लाखैं शरणार्थी बंगलादेशमा शरण लिइरहेका छन् । मुसलमान समुदायका रोहिंगा जातिलाई विस्थापित गर्न बर्मा सरकार स्वयम् संलग्न हुँदै आएको छ ।

संयुक्त राष्ट्र संघले बर्माबाट रोहिंगा जातिको नरसंहार भएको टिपपणी गरेको छ । राष्ट्र संघले यस्तो टिप्पणी अफ्रिकी मुलुक सुडान भएको नरसंहारको समयमा गरेो थियो । त्यहाँ हुतु र तुत्सी जातिको संघर्षमा लाखौं नागरिकको हत्या भएको थियो ।

रोहिंगा शरणार्थी समस्या नसुल्झेसम्म बर्मा र बंगलादेश बिचको सम्बन्ध सूधार आउँदैन । यसले एकअर्कालाई सडक सञ्जालमा जोड्ने योजनामा प्रभाव पर्ने निश्चित छ । भारतले भुटानलाई आफ्नो प्रभावमा लिएको छ भने नेपाल, बंगलादेशसँग ठिक ठिकैको सम्बन्ध छ । श्रीलंका र मालदिप्ससँग सम्बन्ध खराब हुँदै गएको छ । शंका र अविस्वासका बिच बिम्स्टेकका योजना र रणनीति कार्यान्वयन हुन सक्ने अवस्था छैन ।


(२०७५ भाद्र १६, शनिबार) ०२:१५ मा प्रकाशित

Exchange Rate

Nepali Patro