भारतको सुगौली थाना नजिक एक नेपालीको हत्या,एक जना गोलीको छर्राले घाइते, दुई बेपत्ता

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ भाद्र १५, शुक्रबार) ११:१७

घरबाट माछा मार्न भनी निस्किएका चार जना नेपाली मध्ये एकजनाको भारतको कतरनीयाघाट वन्यजन्तु आरक्षको सुगौली थाना नजिक विभत्स तरीकाले हत्या भएको छ l बाँकी तीन जना मध्ये एक जना गोलीको छर्रा लागेको अबस्थामा नेपाल फर्केका छन् भने दुई जना अझै बेपत्ता छन् l

प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीका अनुसार भारत कतरनीयाघाट वन्यजन्तु आरक्षको सुगौली थाना नजिक बैरीखल्ला जंगलमा राजापुर नपा–१० का हाउजे भन्ने ईन्द्र बहादुर थारुको विभत्स तरीकाले हत्या गरिएको अवस्थामा भेटिएको छ । थारुको शव परीक्षणका लागि बहराईच जिल्ला अस्पताल लगिएको छ । हत्या कसले गर्‍यो थाहा हुन सकेको छैन । शव परीक्षण पछि घटनाको जानकारी बाहिर आउने छ ।

प्रहरीका अनुसार, पॉच दिन अघि चार मध्ये एक राजापुर—१० का गोपाल चन्द गोलीका छर्रा लागेर घाइते भइ घर फर्केका थिए । चौपाया खोज्न गएको भनिएका बर्दिया राजापुर—१० का ४२ वर्षीय चन्द कान सुन्दैनन् । गोलीका छर्रा लागि घाईते भएका चन्द नेपालगन्जस्थित नर्सिङ होममा उपचारपछि घर फर्केका थिए । चन्दसंग घटना बारे प्रहरीले सोधपुछ गरिरहेको छ ।

सोही ठाउँका वीरेन्द्र बहादुर शाह र बालकृष्ण चौधरी एघार दिनदेखि वेपत्ता छन् । उनीहरुको खोजी गरिदिन आफ्न्तले प्रहरीसंग अनुरोध गरेका छन् । उनीहरु सीमावर्ती कतरनीयाघाट वन्यजन्तु आरक्षको जंगलबाट सम्पर्क विहीन भएका थिए । शाह र चौधरीको अवस्था अज्ञात भएकाले घटना बारे अनुसन्धान गर्न समस्या भएको प्रहरीको भनाई रहेको छ ।

घटनास्थल सदरमुकाम गुलरीयादेखि करिब ३५ किमि पश्चिम–दक्षिणमा पर्दछ । शाह र चौधरीको खोजी गर्न नेपाल र भारतीय सुरक्षाकर्मी खटिएको मैनालीले बताए ।

चारैजना जंगलमा चोरी शिकारका लागि गएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक मैनालीले अनुसन्धान भई रहेको जनाकारी दिए ।
चौपाया खोज्न गएको भनिएका बर्दिया राजापुर—१० का ४२ वर्षीय

(२०७५ भाद्र १५, शुक्रबार) ११:१७ मा प्रकाशित

Exchange Rate

Nepali Patro