चीनको सुराकी गर्न भारतीय राजदूतको टोली मनाङमा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ भाद्र १०, शुक्रबार) १८:३२

नेपालका लागि भारतीय राजदूत रणजीत रायको टोली हिमालपारिको जिल्ला मनाङ पुगेको छ। भारतीय राजदूतावासको सहयोगमा मनाङमा निर्माण गरिएको गुम्बा तथा विभिन्न सम्पदाको निरीक्षण गर्ने बताइए पनि भित्री उद्देश्य भने अर्कै छ । मनाङमा रहेर चिनियाँ गतिविधिलाई नियाल्ने उनीहरुको उद्देश्य रहेको छ । राजदूत रायको साथमा भारतीय गुप्तचर संस्था रअका नेपाल प्रमुख तथा अन्य गुप्तचरहरु पनि रहेको स्रोतको दाबी छ ।

हिमाल पारिको जिल्ला मनाङ तथा मुस्ताङको चीनसँग सोझो सम्पर्क छ । खासगरि, यार्सागुम्बाको समय सिजन भएका कारण यतिबेला मनाङमा चिनियाँ व्यापारीहरु समेत छ्याप्छ्याप्ती हुने गरेका छन् । भारतले चीनसँग सीमा जोडिएका स्थानमा विभिन्न विकासका नाममा चिनियाँ गतिविधिको सुराकी गर्ने गरेको छ।

हेलिकप्टरबाट शुक्रबार बिहान १०ः४५ बजे माथिल्लो मनाङ पुगेका राजदूत रायले पाँच दिन मनाङमा बिताउनु अर्थपूर्ण छ । उनी भ्रमणका क्रममा ‘आइसलेक’, ऐतिहासिक मिलेरेपा गुफा, मनाङको गङ्गापूर्ण पुग्नेछन् भने भारतीय दूतावासको सहयोगमा तीन वर्षदेखि करिब तीन करोडको लगानीमा मर्मत भइरहेको खाङसारस्थित तारे गुम्बाको अवलोकन गर्ने बताइएको छ।

 


(२०७३ भाद्र १०, शुक्रबार) १८:३२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro