भ्रस्टाचारको अखडा बन्दै स्थानीय निकाय : जनप्रतिनिधिका लागि घुसखोरी, कमिशनमा स्वर्ग

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ भाद्र १०, आईतवार) १०:२८

जनताद्वारा निर्वाचित भएको भनिएको स्थानीय बिस्तारै भ्रष्टाचारको अखाडा बन्दै गएका छन् भने जननिर्वाचित भनिएका जनप्रतिनिधिहरुका लागि घुसखोरी, अनियमितताका लागि स्वर्गका रुपमा परिणत हुँदै गएको छ l

जनताको पक्षमा काम गर्ने प्रतिवद्धतासहित नेतृत्वमा आएका स्थानीय तहका जनप्रतिनिधिको डेड वर्षे कार्यकाल उत्साहजनक बनेन । यो छोटो अवधिमै तहका जनप्रतिनिधिले जनताको मन जित्नुको सट्टा बेथितिलाई प्रोत्सहान गरेको गुनासा आइरहेका छन् । तहका नेतृत्वकर्ता आफ्नै स्वार्थमा बढी केन्द्रित हुने गरेको आरोप लाग्ने गरेको छ ।

निर्वाचित भएर आएको छोटो अवधिमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई हजार पाँच ६६ वटा उजूरी परिसकेका छन् । यो तथ्यांकले एउटा स्थानीय तहमा चारवटाको अनुपातमा उजूरी परेको देखाउँछ । मुलुकभर ६ महानगर, ११ उपमहानगर, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी ७५३ वटा स्थानीय तह छन् ।

  • दुई हजार पाँच सय ६६ उजूरी
  • प्रदेश दुईमा सबैभन्दा बढी
  •  सडक–बाटोमा बढी अनियमितता
  •  मरेका मान्छेको नाममा पनि पैसा खाएको उजूरी

अख्तियार प्रवक्ता रामेश्वर दंगालले निर्वाचन भएको एक वर्ष पनि नपुगेको प्रदेश २ बाट सबैभन्दा बढी उजुरी परेको जानकारी दिए । उनले भने, ‘देशैभरका स्थानीय तहमा भएका भ्रष्टाचार र अनियमितता सम्बन्धी उजूरी आइरहेको छ, त्यसमा पनि सबैभन्दा बढी प्रदेश २ बाट आएका छन् ।’

पर्साको धोविनी गाउँपालिकाका नायबसुब्बा एनामुल हक अन्सारी र लेखापाल कृष्णनन्दन राय यादवले सडक ढलान र नाला निर्माणपछि सेवाग्राहीलाई चेक भुक्तानी दिन भुक्तानी अंकको १० प्रतिशत रकम घुस माग गरे । अख्तियार हेटौंडा कार्यालयले एक लाख १० हजार घुससहित पक्राउ उनीहरूलाई पक्राउ पनि गर्‍यो ।

कटारी नगरपालिका उदयपुरका लेखा अधिकृत रबीनचन्द्र ढकालमाथि झण्डै चार करोड अनियमितताको अभियोगमा अनुसन्धान भइरहेको छ । उनले तीन करोड ९८ लाख ३६ हजार ९८७ ले भ्रष्टाचार गरेको विषयमा विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भइसकेको छ ।

स्थानीय तहले कर्मचारी नियुक्तिमा पनि मनपरी गरिरहेका छन् । बर्दियाको बढैयाताल गाउँपालिकाले सार्वजनिक खरिद ऐन अनुसार सोझै नियुक्त गरेका १९ कर्मचारीको विवरण अख्तियारले लगेको छ । अख्तियारको कोहलपुरस्थित सम्पर्क कार्यालयले बढैयाताल गाउँपालिकामा छापा मारी कागजात लगेको हो । गाउँपालिका निवर्तमान कार्यकारी अधिकृत नारायण ढकालले अख्तियारले विवरण लिएर गएको पुष्टि गरे । केही दिन अघिमात्रै बारबर्दिया गाउँपालिका सरुवा भएका ढकालले भने, ‘हो, अख्तियारले नियुक्तिको फोटो कपी मागेर लागेको छ ।’ यी प्रतिनिधिमूलक घटना मात्र हुन् । स्थानीय तह भ्रष्टाचार अनियमितताको जंजालमा फसिररहेको छ ।

अख्तियार प्रवक्ता दंगाले विकास निर्माणमा भएको अनियमिता, भ्रष्टाचारको विषयमा बढी उजूरी परेको जानकारी दिए । ‘सडक, बाटो–घाटोमा बढी उजूरी परेका छन् । तालिम दिनसमेत अनियमितता भयो भनेर उजूरी परेको छ’, उनले भने, ‘एउटा आयोजनाका लागि आएको बजेट अर्कोमा लगाइयो भनेर पनि उजूरी परेका छन् ।’

उनका अनुसार काम गरेर खाएको, काम नै नगरी खाएको, न्यून गुणस्तर काम गरेको जस्ता उजूरी परेका छन् ।

प्रवक्ता दंगालका अनुसार समाजिक सुरक्षा भत्तामा समेत अनियमिता भएको उजूरी परेका छन् । मरेको मान्छेको नामको रकम समेत खाएको उजूरी परेको छ ।

‘मरेको मान्छेको पैसा खायो भनेर पनि उजुरी परेका छन’, उनले भने ।

‘उजूरी त धैरै नै आइरहेका छन्, तर हामीले ग्राभिटीका आधारमा अनुसन्धान गरिरहेका छौं’, उनले भने । जनताको पहँुच स्थानीय तहमा बढी हुँदा उजूरी अनुपात पनि धेरै भएको उनले बताए ।


(२०७५ भाद्र १०, आईतवार) १०:२८ मा प्रकाशित

मुख्य समाचार

सबै

अनियमितताको आरोप लागेका एआइजी बस्नेतमाथिको कारबाहीमा ढिलाई

प्रहरीमा तल्लो तहका प्रहरीमाथि कारबाही हुने तथा माथिल्ला अधिकारीमाथि कारबाही हुँदैन भन्ने मान्यता स्थापित हुँदै गएको छ।  तल्लो दर्जाका प्रहरी कर्मचारीलाई सानो गल्ती वा अनियमिततामा संलग्न देखिए तुरुन्त.....

घुस मागेको आरोप लागेपछि दोलखाका सिडियो रिजाल काठमाण्डौ तानिए

न्याय सम्पादन गर्ने क्रममा घुस मागेको आरोप लागेपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन् । अभद्र व्यवहार सम्बन्धी कसूरका अभियुक्तसँग रकम असुली गरेको.....

पोखराका पत्रकारहरु माथिको प्रहरी आतंक बन्द गर : ओम हमाल

पोखरामा डन पत्रकार भनेर चिनिने पत्रकार राजेन्द्र अधिकारी उपनिर्वाचनको मुखदेखि अचानक फेसबुक र मोबाइल बन्द गरेर लापत्ता भए। उनी किन गुमनाम भए सबैको चासोको बिषय थियो।  तर कोही कसैलाई यस.....

Exchange Rate

Nepali Patro