भ्रस्ट र दलालहरुलाई पोखराको पृथ्वीचोकमा बाँधेर लडाउने आक्रोशको उद्घोष

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ भाद्र ९, शनिबार) ०२:३८

नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीका सेक्रेटरी आक्रोसले भ्रस्ट र दलालहरुलाई पोखराको पृथ्वीचोकमा ल्याएर बाँधेर लडाउने उद्घोष गरेका छन् l

अखिल (क्रान्तिकारी)को दोश्रो पोखरा नगर भेलाको उद्घाटन गर्दै जिल्ला सेक्रेटरी आक्रोशले त्यस्तो उद्घोष गरेका हुन् l उनले पोखरामा रहेका केही माफिया, दलाल र भ्रस्टहरुलाई आफ्नो पार्टीले छानी छानी समातेर पोखराको पृथ्वीचोकमा ल्याई बाँधेर लडाउने कार्यक्रममा सम्पूर्ण बिध्यार्थीहरुलाई बिद्यालय पोशाकमा हातमा कापी र कलम लिएर उपस्थित हुन निर्देशन दिए l नेपालमा रहेको शिक्षा प्रणालीले बेरोजगारहरु उत्पादन गरिरहेको तितो यथार्थ प्रस्तुत गर्दै नेता आक्रोशले नेपालमा ब्यबहारिक र वैज्ञानिक शिक्षा प्रणालीको आवश्यकता औंल्याए l

अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एबम गण्डक ब्युरो इन्चार्ज मिलन राईले मुलुक परिवर्तनका सम्बाहक बिद्यार्थीहरुलाई अग्रगामी परिवर्तनका लागि अखिल (क्रान्तिकारी)मा लामबद्ध हुन आव्हान गरे l

सो भेलाले पुरन गुरुंगको अध्यक्षतामा २५ सदस्यीय नया कार्य समिति निर्वाचित गरेको छ l

 


(२०७५ भाद्र ९, शनिबार) ०२:३८ मा प्रकाशित

Exchange Rate

Nepali Patro