कन्चनपुरमा आज पनि गोली चल्यो, एक बालकको मृत्यु, चार घाईते

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ भाद्र ८, शुक्रबार) १८:४७

बलात्कारपछि हत्याको घटनामा दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएकाहरुमाथि आज पनि प्रहरीले गोली चलाउंदा एक बालकको म्र्त्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् l मृत्यु हुनेमा १४ वर्षीय चेतन भट्ट छन् ।

अान्दाेलनमा महाकाली अञ्चल अस्पतालले बालककाे मृत्यु भएको घोषणा गरे पनि बिस्तृत विवरण आउन बाँकी छ l मृतक बालकको सवलाई आन्दोलनकारीले नियन्त्रणमा लिएका छन् । यससँगै आन्दोलनकारीले थप प्रदर्शन गरेका छन् ।

कञ्चनपुरकी १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले शुक्रबार पनि गोली चलाएको हो ।

 

सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टले गोली चलेको पुष्टि गरे । प्रहरीले गोली लागेर ४ जना घाइते भएका छन् ।

निर्मला पन्तको हत्या प्रकरणमा  एमाले नेता भीमबहादुर रावलले दिएको अभिव्यक्तिको बिरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको हो ।

नेता रावलले कांग्रेसले निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरिरहेको बताएको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् ।


(२०७५ भाद्र ८, शुक्रबार) १८:४७ मा प्रकाशित

Exchange Rate

Nepali Patro