नुवाकोटमा नेकपा प्रवक्ता प्रकाण्डलाई तीन दिन थुनामा राख्न म्याद थप

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ भाद्र ८, शुक्रबार) १८:०१

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई नुवाकोट अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ । सर्वोच्च अदालतले विहीबार रिहा गर्ने आदेश दिएसँगै उनलाई पुनः गिरफ्तार गरि नुवाकोट ल्याइएको थियो ।

प्रहरीले उनलाई सात दिनको म्याद थपको लागि माग गरेपनि शुक्रबार जिल्ला अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ । म्याद थपको लागि अदालत लगिएका प्रकाण्डले जिल्ला न्यायाधीश ऋषिकेश वाग्ले समक्ष अाफुलार्इ हचुवाको भरमा निराधार आरोप लगाएर पक्राउ गरिएको बताए ।

प्रकाण्डलाई गत साउन ७ गते राति बेलकोटगढी नगरपालिका–९ भट्टथोकमा स्काभेटर जलाएको आरोपमा मुद्दा चलाउन ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी बसन्तबहादुर कुँवरले बताए । धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्ट्रक्सनको दुई वटा स्काभेटरमा आगो लगाइएको प्रहरीले जनाएको छ ।


(२०७५ भाद्र ८, शुक्रबार) १८:०१ मा प्रकाशित

Exchange Rate

Nepali Patro