श्रृङ्खलाबद्ध गिरफ्तारी नरोके सरकारविरुद्ध सशक्त संघर्ष गर्ने नेकपाको चेतावनी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ भाद्र ८, शुक्रबार) ११:१२

सर्वोच्च अदालतको आदेशपछि पनि पटक पटक प्रवक्ता प्रकाण्डलाई प्रहरीले पक्राउ गरेकोमा नेकपाका महासचिब विप्लव आक्रोशित बनेका छन् ।  उनले बिहिबार राती एक प्रेस विज्ञप्ति जारी गरी श्रृङ्खलाबद्ध गिरफ्तारी नरोके सरकारविरुद्ध सशक्त संघर्ष गर्ने चेतावनी दिएका छन् ।
विप्लवले भनेका छन्, ‘सरकारले श्रृङ्खलाबद्ध गिरफ्तारी तुरुन्त रोकोस् र गिरफ्तार सबै कमरेडहरुलाई ससम्मान रिहा गरोस् भन्ने हाम्रो पार्टी जोडदार माग गर्दछ । अन्यथा सरकारविरुद्ध सशक्त संघर्ष गर्न बाध्य हुनेछौं ।’

विप्लवले प्रहरीले पार्टीका नेता तथा कार्यकर्तालाई दिनदिनै  अपहरणको शैलीमा पक्राउ गरी वेपत्ता बनाउने काम गरिरहेकोमा आक्रोश ब्यक्त गर्दै मानवअधिकारवादी, नागरिक समाज, न्यायपे्रमी जनसमुदायमा यसप्रकारका गैरन्यायिक हर्कतका विरुद्ध संघर्षमा उत्रिन आह्वान गरेका छन् ।

सर्बोच्च अदालतको आदेश बिपरित फेरी गिरफ्तार गरिएका पार्टी प्रबक्ता प्रकान्डलाइ भोजपुर लैजान काठमाण्डौबाट हिंडाइएको भए पनि राती नै नुवाकोट पुर्याइएको खबर छ l  त्यस्तै  भदौ ५ मा पक्राउ परेका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’ लाई प्रहरीले रातारात गाडीमा राखेर आज बुटवल पुर्याएको छ l पक्राउ गरी वेपत्ता बनाएको नेकपाको दाबी  छ । यस्तै पोलिटब्यूरो  सदस्यहरु पदम राई, ओम पुन, कृष्ण धमला, मोहन कार्की केन्द्रीय सदस्यहरु किरण राई, दीपेश राई, देवनारायण शाह, टेकबहादुर केसीलगायत दर्जनौं नेता कार्यकर्ता पक्राउ परेको नेकपाले जनाएको छ ।


(२०७५ भाद्र ८, शुक्रबार) ११:१२ मा प्रकाशित

Exchange Rate

Nepali Patro