बीस राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ परेको भोलिपल्ट पेस्तोल र चारराउण्ड गोलीसहित सात जना गिरफ्तार

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ भाद्र ४, सोमबार) १९:०५

(बिमस्टेक) को चौथो शिखर सम्मेलन नजिकिँदै गर्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ परेको भोलिपल्ट राजधानीमा पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ परेका छन् ।

 काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई सोमबार दिउँसो तीनकुनेबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरु गुन्डागर्दीमा संलग्न व्यक्ति भएको परिसर स्रोतको दाबी छ । उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन ।

‘एवान रेस्टुरेन्टबाट उनीहरूलार्इ पक्राउ गरिएको हो’, परिसरका प्रमुख एसएसपी वसन्त लामाले अनलाइनखबरसँग भने, ‘थप अनुसन्धान थालिएको छ ।’

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी आसपासका मुलुकको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन नजिकिँदै गर्दा बिमस्टेक सम्मेलनका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेकाे बताइरहेको छ l

यसअघि अाइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २० राउण्ड गोलीसहित चितवन स्थायी घर भइ हाल काठमाडौंको सामाखुशी बस्दै आएका ४१ वर्षीय भारतीय सेनाका कर्नेल बलबहादुर पुन पक्राउ परेका थिए ।


(२०७५ भाद्र ४, सोमबार) १९:०५ मा प्रकाशित

Exchange Rate

Nepali Patro