यौनसंपर्क पश्चात योनी चिलायो, पोल्यो दुख्यो के गर्ने ?

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ भाद्र ४, सोमबार) ०९:३६

यौन सम्बन्ध सुखद र प्रिय हुदाहुदै पनि कहिलेकाही कुनै महिलाहरुलाई पुरुष साथीसँग यौन सम्बन्ध गरिसके पश्चात योनी चिलाउने, यौनांङ्गमा पोल्ने, दुख्ने रातो हुने या अप्ठेरो महसुस हुने गर्छ ।

यस्तो समस्या उनीहरुले खुलेर यी समस्याका बारेमा अरुलाई भन्न पनि सक्दैनन् जसले गर्दा यस्ता महिलाहरुमा लामो समयसम्म तनाव हुने गर्छ ।

यसको कारण धेरै हुनसक्छ जस्तै –सरसफाइको कमी, शरीरमा पर्याप्त मात्रामा पानीको कमी, यौन सम्बन्धपूर्व गरिने पाकक्रिडा (foreplay) को अभाव आदि आदि, तर आफूलाई के चाहि भएको हो त्यसको खास कारण यसै भन्न सकिदैन ।

यद्यपि एक अध्ययनले के देखाएको छ भने कुनै महिलालाई आफ्नो यौन साथीसंग यौनसम्पर्क गरिसकेपछि पुरुषमा हुने शुक्राणुको कारणले एलर्जी हुन सक्छ ।

पुरुषको वीर्य स्खलन भएर योनीमा प्रवेश गर्दा त्यसमा पाइने प्रोटिन यसको मुख्य कारण हुने देखाएको छ ।

यस्तो अवस्थामा कन्डमको प्रयोग गर्ने, पुरुषले विर्य बाहिर खसाउने गर्न सक्छन । यद्यपि कुनै कुनै महिलालाई भने कण्डमको प्रयोग गरेपछि एलर्जी देखा पर्छ । यदि यस्तो भएको हो भने बिना कन्डम शारीरिक सम्बन्ध बनाउनु पर्छ ।

तपाईलाई पनि यस्तै समस्या देखा परेको छ भने लापरवाही नगर्नुहोस् । यौनांगको उचित सरसफाई गर्दा गर्दै पनि योनी चिलाउने, रातो हुने, पोल्ने गरेको छ भने वीर्यको एलर्जीको भएको हुन सक्छ ।

माथिका उपायहरु अपनाउँदा पनि कम भएन भने यसले ठूलो समस्या पनि पैदा गर्न सक्छ । यस्तो समस्या देखा पर्ने वित्तिकै अप्ठेरो नमानी तुरुन्तै डाक्टरकहाँ गई परामर्श लिनुहोस् ।


(२०७५ भाद्र ४, सोमबार) ०९:३६ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro