हिमाञ्चलमा बाढीमा परी एकै परिवारका पाँच नेपालीको मृत्यु

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ भाद्र १०, शुक्रबार) १७:५६

भारतको हिमाञ्चल प्रदेशमा एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। सिम्ला जिल्लाको हिमाञ्चल प्रदेशमा मुसलधारे पानीसँगै आएको बाढीमा परी एकै परिवारका पाँच जना नेपालीको मृत्यु भएको हो। गत आइतबार बाढीमा परेर उनीहरुको ज्यान गएको भएपनि यसबारेमा भने प्रहरीले शुक्रवारमात्रै जानकारी दिएको न्यूकेरला डटकमले जनाएको छ।

सिम्लाबाट एक सय ३० किलो मिटर टाढामा पर्ने रामपुर शहर नजिकै रहेको बन्द्राली गाउँमा मुसलधारे वर्षासँगै आएको बाढीमा परेर उनीहरुको ज्यान गएको हो।  ‘मृतक सवैको शव भेटिएको छ। जिवितै भेटिएका एकजना बहिरा छन् र उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ,’ डेपुटी कमिस्नर रोहन ठाकुरले भने।

बाढीमा परी ज्यान गुमाउनेहरुमा लछिराम, उनकी श्रीमती र तीनजना बच्चा छन्। उनीहरु नेपालको कुन ठाउँका हुन् भन्नेबारे भने खुलाइएको छैन।
स्याउको बगैंचामा कार्यरत लछिराम परिवारसहित अस्थायी टहरोमा बस्दै आएका थिए। ‘बाढीले स्याउको बगैंचामा पनि पूर्णरुपमा क्षति पुर्याएको छ,’ ठाकुरले भने।


(२०७३ भाद्र १०, शुक्रबार) १७:५६ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro