भारतीय सेनाका कर्नेल विमानस्थलबाट २० राउण्ड गोलीसहित पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ भाद्र ४, सोमबार) ०८:२३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ एमएमको २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवन स्थायी घर भइ हाल काठमाडौंको सामाखुशी बस्दै आएका ४१ वर्षीय भारतीय सेनाका कर्नेल बलबहादुर पुन हुन् ।

विमानस्थल प्रहरीको टोलीले आइतबार दिउँसो उनलाई पक्राउ गरेको हो । बुद्ध एयरको विमानबाट पोखरा जान लागेको अवस्थामा डोमेस्टिक टर्मिनलको सुरक्षा जाँचको क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

हाल उनलाई महानगरीय प्रहरी वृत्त, गौशालामा राखिएको छ । थप अनुसन्धान जारी रहेको बताइएको छ ।


(२०७५ भाद्र ४, सोमबार) ०८:२३ मा प्रकाशित

Exchange Rate

Nepali Patro