नेकपाद्वारा सरकारसंग वार्ता गर्न ठाडै अस्वीकार (हेर्नुस भिडियो)

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ भाद्र २, शनिबार) १२:१५

आफ्नो पार्टीका प्रबक्ता प्रकान्डलाई सर्बोच्चा अदालतले बिना शर्त रिहा गर्न आदेश दिए लगत्तै प्रहरीले गिरफ्तार गरेकै दिन नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य एबम केन्द्रीय जनसरकारका प्रमुख सन्तोष बुढामगरले वर्तमान राज्यसत्तासंग वार्ताको कुनै सम्भावना नरहेको बताएका छन् l

देशव्यापी कार्यक्रम अन्तरगत नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्युरोले तनहुँमा आयोजना गरेको संगठन सुदृढ तथा विस्तार अभियानको उद्घाटन गर्दै नेकपा नेता बुढामगरले यस्तो कुरा बताएका हुन् l बेला-बेलामा सरकार र नेकपा बीच वार्ता हुन लागेको भनी चलाइएको हल्लातर्फ इंगित गर्दै उनले ‘हाम्रो पार्टीले वार्ताको व पनि भनेको छैन र सोचेका पनि छैनौ’ भनेका थिए l उनले सरकार र नेकपाबिचको  तत्काल वार्ता हुने भन्ने कुराको भ्रममा नरहन सबैलाई आग्रह गरे l केही समय अघि सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले नेकपाले चाहेमा वार्ता हुनसक्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए l

पार्टी महासचिब बिप्लबको कुनै कमजोरी नपाएको सरकारले नेकपाको नेतृत्वलाई हत्या गर्ने या जेल हाल्ने तयारीमा लागेको आरोप लगाउंदै हत्या गर्ने या जेल हाल्ने प्रयास विफल भएको अबस्थामा महासचिब बिप्लबको प्रमुख सहयोगीहरुलाई गिरफ्तार गराएर विप्लबलाई कामै गर्न नसक्ने गराउन सरकार लागि परेको टिप्पणी गरे l पार्टी प्रबक्ता प्रकाण्ड पक्राउ परेकोतर्फ संकेत गर्दै उनले पार्टी महासचिब विप्लबको दाहिने हात प्रबक्ता प्रकाण्ड पक्राउ पर्नुलाई पार्टी र महासचिब विप्लबलाई कमजोर बनाउने खेलको रुपमा व्याख्या गरे l

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सर्वोच्च अदालतको आदेशमा शुक्रबा राती रिहा गरिएपनि प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

बन्दी प्रत्यक्षीकरणको रिटमाथि शुक्रबार भएको द्वीपक्षीय बहससकेपछि सर्वोच्चका न्यायाधीश चोलेन्द्र शमशेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको थियो । आदेशपछि प्रकाण्ड, उनका सहयोगी हरिचन्द्र आचार्य र गाडी चालक मनबहादुर श्रेष्ठ रिहा भएका थिए ।

तर प्रकाण्डलाई भने प्रहरीले सर्वोच्च अदालतको गेटबाहिरबाट पुन गिरफ्तार गरेको छ । गिरफ्तार शुक्रबार राति ९ बजेर १० मिनेट जाँदा राष्ट्रिय मानव अधिकार आयोगको गाडीमा सवार रहेको अवस्थामा गाडीबाट जबर्जस्त निकालेर प्रहरीले जिपमा राखेर लगिएको छ । प्रकाण्डलाई सर्वोच्च अदालतको गेटबाहिरबाट बा २ झ १४५ नम्बरको निलो रंगको महिन्द्र कम्पनीको डबल क्याबिन र हाफ बडी भएको जिपमा राखेर लगेको हो ।

स्रोत अनुसार

 

गिरफ्तार क्रममामा संक्षिप्त प्रतिक्रिया दिँदै प्रकाण्डले राज्य र सरकार पूरै फासीवादी भएको र नेपाली जनताको परिवर्तनको आकांक्षामाथि कुठराघात गर्न उद्यत रहेको बताए । आफ्नो गिरफ्तार नेपाली व्यक्तिगत नभई देश र नागरिको स्वाभीमान र राष्ट्रि स्वाधीनताको रक्षाको लागि भएको बताए । ‘सम्मानित अदालतले निर्दोष ठहर गरेर रिहा गरिसकेको व्यक्तिलाई बिनाकारण षडयन्त्रपूर्ण र झुठा अभियोग तयार पारेर फेरि गिरफ्तार गरेको छ । यसले राज्य र सरकार आफैंले बनाएको कानून नमान्ने पूर्ण फासीवाद भएको कुरा पुस्ट्याई र प्रमाण हो’ प्रकाण्डले भने ।

आफू र नेपाल कम्युनिस्ट पार्टी नेपाली जनताको पूर्ण मुक्ति र राजनीतिक अधिकारसहितको वैज्ञानिक समाजवादी व्यवस्था स्थापना नभइन्जेल निरन्तर लडिरहने संचारकर्मीहरुलाई बताए ।

‘आज सर्वोच्च अदालत हाताभित्र सरकारले लगाइएको अभियोग झुठा हो । यसबाट सरकार आफूं नांगिनेछ’ प्रकाण्डले भने ‘अब जनता चुप बस्न सक्दैनन ।’

यसरी गरियो गिरफ्तार

रिहापछि आचार्य र श्रेष्ठ आफ्नो बाटो लागे । सुरक्षाका कारण प्रकाण्ड भने परिसरभित्र अडिए । त्यसबेला सम्म प्रहरीले डिब्बवाल भ्यान एउटा र पिकअप भ्यान तीन वटासहित तीन दर्जनभन्दा बढी प्रहरी शक्ति परिसरभित्रै खडा गरिसकेको थियो ।

प्रकाण्डलाई गिरफ्तार गर्ने तयारी गरेको भेउ पाएपछी राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त सुदिप पाठक, नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीसहितको टोली सर्वोच्च अदालत हाताभित्र प्रवेश गरे । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहबरमा करिब ४ घण्टाको छलफल भएको थियो ।

छलफलपछि मानवअधिकार आयोगको जिम्मामा निवाससम्म पुर्याउने निस्कर्ष भएअनुरुप प्रकाण्ड आयोगको बी एए ३९६७ नम्बरको गाडी चढेर सर्वोच्च परिसरबाट बाहिर निस्कने क्रममा दर्जनौं संख्यामा तैनाथ प्रहरीको टोलीले गाडीलाई जबर्जस्त छेक्यो ।

दर्जन प्रहरीले गाडीको अगाडिपट्टिको भागमा गएर हातैले धकेलेर रोके । रोकेपछि अदालतको गेटबाहिर (रामशाह पथ) सडकमा गाडी सवार आयुक्त पाठकसहितको टोली र प्रहरी (डीएसपी)को टोलीबीच करिब डेढ घण्टा वार्ता चल्यो । अदालतबाट रिहा भएका व्यक्तिको राज्यबाटै मानवअधिकारा रक्षामाथि प्रश्न उठेकोले आइतबारसम्म आयोगको जिम्मा रहने र त्यहाँ आउनु भनेर पाठकले प्रहरीले भनिरहे । तर प्रहरीले ‘माथिको आदेश छ’ बारम्बार दोहोर्याइरहे ।

‘हामीलाई चाहेको मान्छे झारिदिनुस् । बरु तपाईलाई हामी घरैमा पुर्याइदिन्छौं’ प्रहरीबाट आग्रह भयो । पाठकले प्रहरीको गाडी र प्रहरी अधिकृतसहित हतियारका साथ दर्जनौं प्रहरी सर्वोच्च हाताभित्र तैनाथ देखिएपछि ‘यो मानवअधिकारको ठाडो उल्लंघन भयो’ भन्दै विरोध जनाएपछि सबैजना परिसरको गेटबाहिर आएर गेटैनेर प्रकाण्डलाई तीन-तीन जना डीएसपी नेतृत्वको टोलीले कुरिरह्यो । गाडी गेटबाहिर आइपुग्नसाथ घेरा हालेर छेके । रोक्न भने । गाडी केही अगाडि बढ्यो तर तैथान टोली नेतृत्वले गाडी नरोकिए जेपनि हुन सक्ने चेतावनी दिए ।

 

गाडीभित्रबाट अायुक्त पाठकले ‘के कति कारणले उहाँको मानवअधिकार जोखिममा परेको हो त्यो बुझ्न आयोग लैजाँदैछौं । यसमा तपाईहरुले जबर्जस्त रोक्नुपर्ने कारणै छैन’ भने । त्यसपछि गाडीमै जबर्जस्तको स्थिति देखा पर्यो । जबर्जस्त झर्ने काम भइयो ।

‘आफ्नो सर्वोच्चको फैसला समेत मान्दैन यो सरकार । भनेपछि सरकारमा बस्ने मान्छेहरुले कतिसम्म बिग्रिएका रहेछन् भन्ने प्रमाण हो यो’ प्रकाण्डले प्रहरीको भ्यानतर्फ अगाडि बढ्दै गर्दा भने ‘यस्तो बिडम्बना संसारमा कहीँपनि देख्यासुन्या छैन ।’

उता गाडीभित्र आयुक्त पाठकले आफूले मुख्य रजिस्ट्रारको रोहबरमा छलफल गरेर आफ्नो जिम्मा ल्याएको भएकोले प्रकाण्डलाई ओराल्न नमिल्ने बताइरहे । निकैबेरको दोहोरीपछि अन्ततः प्रहरीले गाडीबाट प्रकाण्डलाई जबर्जस्त तानेर गिरफ्तार गरे । दर्जनौं पत्रकार, मानविअधिकारवादी र पैदलयात्री उक्त गिरफ्तारको साक्षी भए ।

 

गत साउन २२ गते साँझ साढे सात बजे काठमाडौंको चोभारबाट गिरफ्तार गरिएका प्रकाण्डसहित तीनै जनालाई आँखामा कालो पट्टी बाँधेर भोलिपल्ट बिहान ९ बजेसम्म बेपत्ता पारिएको थियो । घरपरिवार र संचारजगत, मानवअधिकारवादीहरुले व्यापक खोजी गरेपछि भोलिपल्ट २३ गते मात्र काठमाडौं प्रहरी परिसर टेकुबाट अवस्था सार्वजनिक गरिएको थियो ।

त्यसपछि २७ गते बिनाकारण गैरन्यायिक तरिकाले गिरफ्तार गरी थुनामा राखिएको भन्दै रिहाईको माग गर्दै प्रकाण्ड पुत्र नरेन्द्रबहादुर विकले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । रिटमाथि सुनुवाईपछि तीन जनालाई रिहा गर्न आदेश भएको थियो ।

 


(२०७५ भाद्र २, शनिबार) १२:१५ मा प्रकाशित

Exchange Rate

Nepali Patro