हप्ताको दुईदिन वडा कार्यालय पुग्ने वडाध्यक्ष कुर्सीमा नै भुस

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ श्रावण ३१, बिहीबार) १२:४०

महोत्तरीको बर्दिबास नगरपालिका–१२ का वडाअध्यक्ष रामकिशोर साह सेवाग्राहीकै अगाडि कार्यालयकै कुर्सीमा मस्त सुतेको भेटिएको छ ।

कार्यालयकै कुर्सीमा निदाएका उनले टेबलमा खुट्टा राखेर सुतिरहेको अवस्थामा भेटिएका हुन् । सातामा मुस्किलले दुई दिन मात्र उपस्थित हुँदै आएका उनी आए पनि कार्यालयकै टेबल र कुर्सीमा आराम गर्ने गरेको सेवाग्रीले बताएका छन् ।

कार्यालयमा उनले समय नदिँदा सेवाग्राही मारमा पर्दै आएका छन् । सेवामा ढिलाइ भएको भन्दा उनले उल्टै सेवाग्राहीलाई झपार्दै उनी भन्छन्, ‘चार वर्षसम्म कोही पनि बोल्न पाउँदैन ।’

जनताको करबाट तलब खाने वडाअध्यक्ष साहको इँटा उद्योग  छ । उनले धेरै समय वडा कार्यालय भन्दा उद्योगमै दिँदा सेवाग्राही मारमा पर्दै आएका छन् ।

गाउँ गाउँमा सिंह दरबारको नारा दिएपनि बिजपुराका नागरिकहरु विभिन्न ३६ प्रकारका सिफारिसमा वडाअध्यक्षको हस्ताक्ष्रर गराउन उनलाई खोज्दै भोतारिनुपरेको छ ।
‘विहानदेखि साँझसम्म सेवा दिन्छु । थकाई लाग्छ । कुर्सीमै सुतेँ होला,’ वडा अध्यक्ष साहले भने, ‘शनिबार पनि नागरिकको घर आँगनमै सेवा दिन्छु ।’

सेवा दिएन गुनासो गर्नेहरुको नामसहित समाचार लेखिदिन उनले भन्दै थपे, ‘म सुतेको फोटो जसले खिचे । उसले त्यसको असरपछि बुझ्छ, मलाई केही मतलब छैन ।’ कुर्सीमा आराम गरेर आफूबाट गल्ती भएको उनले स्वीकार गरे ।

वडाअध्यक्ष साह स्थानीय नेपाल राष्ट्रिय नारायणी आधारभूत विद्यालय व्यवस्थान समितिका अध्यक्ष पनि हुन् । काम गर्दा थकाई लागे आराम गर्न कार्यालयमा आवश्यकता अनुसार आराम कक्ष निर्माण गर्न सेवाग्राहीले सुझाएका छन् ।


(२०७५ श्रावण ३१, बिहीबार) १२:४० मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना