पोखरामा एक सातामा १५ जना गुन्डा पक्राउ (नामसहित)

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७५ असार २५, सोमबार) ११:१८

पोखरा– कास्की प्रहरीले १५ जना टोले गुण्डालाई पक्राउ गरेको छ । पर्यटकीय शहर पोखरामा विभिन्न व्यक्तिलाई धम्काइ गुण्डागर्दी, हप्ता असुली र मिटरब्याज र बिटिङ गर्ने काममा संलग्न १५ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले टोले गुण्डा नाइके लम्जुङ घर भइ पोखरा १२ बस्ने ललित गुरुङ, स्याङजा रापाकोट घर भइ पोखरा १७ घारीपाटन बस्ने चन्द्र गुरुङ, पोखरा ९ नयाबजारका शनिराज डंगोल, पोखरा ११ का सुमन श्रेष्ठ, स्याङजा पुतलीबजार नगरपालिका ७ लुम्छाकका पुनम गुरुङ र प्रकाश गुरुङ, म्याग्दी अन्नपूर्ण गाउपाकिा १ दोवाका धन कुमार पुर्जा, कास्की भरतपोखरीका महेश छोटा भन्ने महेश अर्याल, पोखरा बिरौटाका सुजन लामा, पोखरा १४ काजी पोखरीका जिवन थापा र बिजय गुरुङ, पोखरा १७ छोरेपाटनका नबिन गुरुङ, पोखरा लेकसाइडका बिजय रानाभाट, पोखरा अर्चलबोटका रोहित सुनार र पोखरा बाग्लुङ वसपार्कका रोहित गुरुङ रहेका छन् ।

पक्राउ परेका टोले गुण्डाहरुलाई सार्वजनिक अपराध अन्तर्गत कारबाही गरिने कास्की प्रहरी प्रमुख ओम बहादुर राना मगरले बताए । कास्कीमा गुण्डा अप्रेशन सुरु भएको वताउदै यसअघिपनि सानातिना हप्ता असुल्ने टोले गुण्डाहरुलाई पक्राउ गरिएको भएतापनि आगामी दिनमा ठूला ठूला गुण्डाहरुलाई समेत पक्राउ गर्न कास्की प्रहरीले अभियान नै सञ्चालन गर्ने रानाले वताएका छन् ।


(२०७५ असार २५, सोमबार) ११:१८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

पत्रकार हमालको रिहाईका लागि नेपाल पत्रकार महासंघद्धारा सर्वोच्चमा रिट दायर

पत्रकार ओम हमाललाई रिहाईको लागि सर्वोच्च अदालतमा रिट दायर भएको छ । जनसंचार डटकमका संचालक एवम् सम्पादक तथा जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हमाललाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको थियो । पक्राउ.....

पत्रकार ओम हमालको रिहाइको माग गर्दै फोटो पत्रक्रार महासंघ गण्डकी

फोटो पत्रकार महासंघ गण्डकी प्रदेश द्धारा पत्रकार हमालको तत्काल रिहाईको माग पोखरा, भाद्र ६ । पत्रकार ओम हमाललाई प्रहरीले पक्राउ गरेको प्रति फोटो पत्रकार महासंघ गण्डकी प्रदेशको ध्यान.....

आत्महत्याको बढ्दो ग्राफ:चार बर्षमा २०९६७ ले गरे आत्महत्या

टेकराज थामी नयपत्रिका/ आत्महत्या गर्ने ५६ प्रतिशत युवा  सरदर दैनिक १५ नेपालीले आत्महत्या गर्ने गरेका छन् । प्रहरीको तथ्यांकअनुसार पछिल्ला चार वर्षमा मुलुकभर २० हजार नौ सय ६७ जनाले.....

Exchange Rate

Nepali Patro