‘वारी जमुना पारी जमुना..’का गायक खेमराजको निधन

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ भाद्र ९, बिहीबार) ०७:३०

‘वारि जमुना पारि जमुना’, ‘आलुतामाले’ लगायत चर्चित गीतका गायक चर्चित गायक खेमराज गुरुङको ४२ वर्षको उमेरमा निधन भएको छ । गुरूङको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा बिहीबार साँझ ५ः५० बजेतिर उनको निधन भएको अस्पतालले जनाएको छ ।

जण्डिस देखिएपछि उनलाई १० दिनअघि अस्पताल लगिएको थियो । तर, स्वास्थ्य बिग्रिँदै गएपछि सघन उपचार कक्ष (आईसीयूमा) राखिएका उनको अवस्था थप नाजुक भएपछि विहान ८ बजेतिर भेन्टिलेटरमा राखिएको थियो । चिकित्सकहरुका अनुसार उनको कलेजो कामै नलाग्ने अवस्थामा पुगेको र मिर्गौलामा पनि समस्या देखिएको थियो ।

थप उपचारका उनलाई बिहीबार एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पताल लैजाने तयारी गरिए पनि नाजुक अवस्थामा लैजान उपयुक्त नभएको चिकित्सकको सुझावपछि अन्तिम समयमा रद्द गरिएको थियो । गायक गुरुङका जीवन, जीवन–२, अनमोल, धरान–पोखरा, सोल्टी, आलुतामा, ढाक्रे र घुमफिर एल्बम निस्किएका छन् ।


(२०७३ भाद्र ९, बिहीबार) ०७:३० मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro