मेस्सी पेनाल्टीमा चुके, डेब्यू खेलमै आइसल्याण्डसंग अर्जेन्टिना बराबरी

संबाददाता : जनसंचार डेस्क     प्रकाशित मिति: (२०७५ असार ३, आईतवार) ०६:०२

लिओनल मेस्सी पेनाल्टीमा चुक्दा आइसल्याण्डले विश्वको डेब्यू खेलमै अर्जेन्टिनालाई बराबरीमा रोकेको छ ।

शनिबार भएको समूह डीको पहिलो खेलमा अर्जेन्टिना र आइसल्याण्डले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

आइसल्याण्ड त्यही टिम हो, जसले दुई वर्ष अघि युरो कपमा पोर्चुगललाई पनि १-१ को बराबरीमा रोकेको थियो । खेलपछि क्रिष्टियानो रोनाल्डोले आइसल्याण्डको डिफेन्सिफ खेलको आलोचना गर्दै पोष्ट अगाडि बस राखेको बताएका थिए ।विश्वकपमा डेब्यू गर्दा पनि आइसल्याण्डले आफ्नो पुरानै शैलीको खेललाई निरन्तरता दिएको छ ।

खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । १९ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरेका थिए । तर, चार मिनेटपछि नै आइसल्याण्डले बराबरी गोल फर्काएको छ ।

अल्फ्रेड फिनबोगसन विश्वकपमा गोल गर्ने पहिलो आइसल्याण्डका फुटबलर बनेका छन् ।  दोस्रो हाफमा सर्जिओ एग्युरोलाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । तर, मेस्सी गोल गर्न चुकेका छन् । पाँच पटकका बालोन डि’ओर विजेता मेस्सीको पेनाल्टीलाई हृयाण्ड्स हालडोसनले सहजै रोकिदिएका छन् ।


(२०७५ असार ३, आईतवार) ०६:०२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro