गाउँले जीवन कति असुरक्षित छ भन्ने तैंले बुझ्न सक्छस्, सरकार ? : विनोद दाहाल

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ जेष्ठ २५, शुक्रबार) १८:०८

हेलो, सरकार ! सरकार, गाउँको व्यथा बुझ्छस् ? निमुखा जनताको सुरक्षा, सम्मान र ईज्जतको लागि कानुन बनाएर कार्यान्वयन गराउन सक्छस् ?

३—४ दिन अघि सुनकोसी डप्खाघाटका संग्रामसिं माझीलाई २ जना धामीले असार २ गते मर्छस् भनेपछि उनी साह्रै पिरोलिएका छन् । नातीले मै किरिया गरौं कि तिमीहरु आउँछौं भनेर उस्का बाबु र आमालाई खबर गरेपछि संग्रामसिंका छोरा बुहारी घरमा आएका छन् । ती २ धामी लाप्काका बच्चे भन्ने चित्रवहादुर श्रेष्ठ र लालवहादुर श्रेष्ठ हुन् । गाउँमा फैलिएको हल्लाले आजभोली चर्चा पाएको छ । गणतन्त्र आएको देशमा, समाजवाद निर्माण गर्ने भनिएको देशमा गाउँलेको जीवन कति असुरक्षित छ भन्ने तैंले बुझ्न सक्छस्, सरकार ?

तिनै २ धामीले केही वर्ष पहिला, गुरु पुजाको दिन भोग दिएर धामी बक्ने चलन नै बसालेको स्थानबाट स्थानीय एकजना सोझी निमुखा निर्दोष महिलाललाई बोक्सी भनि आरोप लागाए । त्यो लगाएको लान्छनाले उनी यति पीडित भईन कि धेरैदिन रोईन्, अपमानको पीडाले अझै पनि उनीलाई सताईरहेको छ । ती दुई धामीहरुबाट यो बस्ती धेरै आक्रान्त छ । गाउँमा कैयौं घटनाहरु घटिरहेका छन् । उनीहरुको गुरु धामी पनि यही गाउँमा छन् । उनीले अहिले एकजना छिमेकीलाई “६ महिना काट्नै दिन्न, मन्त्र र टुनामुनाले मारिदिन्छु” भनेको कुराले गाउँघरमा के कसो हुने हो भनेर चर्चा चुलिएको छ ।

गाउँघरतिरका यी र यस्ता विषयहरु प्रथा हुन् कि कुप्रथा हुन् ? जनता यो कुप्रथाबाट कति पिडित छन् ? धर्म निरपेक्ष भनिएको देशमा यो प्रथासित सरकारको सरोकार हुनुपर्छ कि पर्दैन ? धामी झाँक्रि, झारफुक जस्ता कथित मन्त्रको बलबाट हुने घटनाका नाममा भैरहेका कामकारवाहीले जनता कति असुरक्षित, शोषित, अपमानित, तिरस्कृत, पिछडा छन् भनेर बुझ्ने क्षमता सरकारसँग छ ? अहिलेसम्मका सरकारका नीति तथा कार्यक्रम, नियम—कानुनले शोषित उत्पीडित जनताको लागि काम गर्न सकेका छन् ? गाउँघरका जनता जान्न चाहन्छन् ।

ए सरकार, गाउँमा धामी—झाँक्रि, पुरोहित—पण्डित, जस्ता मानिसहरु रहुञ्जेल गाँउँमा जनतालाई सुरक्षित राख्नै सक्दैनौ । यो निश्चित कुरा हो । गाँउँका प्रत्येक घरबाट वर्षमा यी मानिसहरुले गाउँलेबाट ५० औं हजार लगिरहेका हुन्छन्, दिन चाहिं केही दिएका हुँदैनन् । समाजमा लाने मात्रै तर नदिने त्यस्ता तत्वहरुलाई राखिराखेर समाजवाद आउँछ ? यो जनताको कुरा हो । के कडा कानुन बनाएर यस्ता कुप्रथाहरु रोक्न सक्छौ ? नत्र त सरकारमा बस्ने तिमीहरु पनि सरकारको साँचो अर्को लुटेरालाई बुझाएर बिदा लिने यसअघिका सरकार भन्दा बढी हुने छैनौ नि !!


(२०७५ जेष्ठ २५, शुक्रबार) १८:०८ मा प्रकाशित

मुख्य समाचार

सबै

अनियमितताको आरोप लागेका एआइजी बस्नेतमाथिको कारबाहीमा ढिलाई

प्रहरीमा तल्लो तहका प्रहरीमाथि कारबाही हुने तथा माथिल्ला अधिकारीमाथि कारबाही हुँदैन भन्ने मान्यता स्थापित हुँदै गएको छ।  तल्लो दर्जाका प्रहरी कर्मचारीलाई सानो गल्ती वा अनियमिततामा संलग्न देखिए तुरुन्त.....

घुस मागेको आरोप लागेपछि दोलखाका सिडियो रिजाल काठमाण्डौ तानिए

न्याय सम्पादन गर्ने क्रममा घुस मागेको आरोप लागेपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन् । अभद्र व्यवहार सम्बन्धी कसूरका अभियुक्तसँग रकम असुली गरेको.....

पोखराका पत्रकारहरु माथिको प्रहरी आतंक बन्द गर : ओम हमाल

पोखरामा डन पत्रकार भनेर चिनिने पत्रकार राजेन्द्र अधिकारी उपनिर्वाचनको मुखदेखि अचानक फेसबुक र मोबाइल बन्द गरेर लापत्ता भए। उनी किन गुमनाम भए सबैको चासोको बिषय थियो।  तर कोही कसैलाई यस.....

Exchange Rate

Nepali Patro