नेमकिपा साँसद सुवालको सभामुख महरालाई प्रश्न : ठुला माछा को हो ?

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ जेष्ठ १७, बिहीबार) १६:११

नेपाल मजदूर किसान पार्टीका साँसद प्रेम सुवालले व्यबस्थापिका संसद्को बैठकमा सभामुख कृष्णबहादुर महरालाई ठुला माछा को हुन भनेर प्रश्न गरेका छन् । बजेट छलफलमा बोल्दै सुवालले सभामुख महरा दुईबर्ष अघि मन्त्रीहुँदा सुन तस्करीमा आफुलाई भुरा भनेको स्मरण गराउँदै मन्त्री भुरा भए ठूलो मान्छे प्रधानमन्त्री त होला नि भन्ने प्रश्न गरे ।

सांसद सुवालले प्रधानमन्त्री ओलीले कुनै नौलो सपना नदेखेको बताउँदै पन्चायतकालमै नेपालसँग जहाज रहेको बताए । उनले यस्ता सपना देख्नुभन्दा महंगी नियन्त्रण, सडक मर्मत जस्ता सामान्य कुरा गरेर देखाउन आग्रह गरे । यिनले बालुवाटारमा ठगहरूको बर्चस्व रहेको आरोप लगाउँदै उनीहरूलाई त्यहाँबाट धपाउनुपर्ने बताए ।

सांसद सुवालले भक्तपुरबाट अन्तराष्ट्रियस्तरको स्टेडियम बनाउने याजना तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन । उनले भक्तपुरको खेती योग्यजग्गा नष्ट गर्ने यो योजना प्रदेश राजधानी हेटौडातिर सार्न पनि उनले आग्रह गरे ।


(२०७५ जेष्ठ १७, बिहीबार) १६:११ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

जयबाबा ईट्टामा बिहानै गोली चल्यो, मेनेजर हुसेनको मृत्यु

सुनसरी जिल्लाको सोनापुरस्थित जयबाबा ईट्टामा आज बिहानै गोली चलेको छ । गोली प्रहारबाट उद्याेगका म्यानेजर ५४ वर्षीय फिदा हुसेनको मृत्यु भएको छ । दुहबी - ९ छाताबेलीमा रहेको जय बाबा इँटा उघोगमा ड्युटीमा.....

विस्तृत शान्ति सम्झौताको १२ वर्ष, द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका त्यूँ

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । तर, अझै द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका.....

काम गर्न सकिदैन भने किन कुर्सीमा बस्ने ? : झलनाथ खनाल

दुई तिहाई बहुमतको समर्थन पाएको केपी ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लाग्दै आएको छ । सत्तारुढ दलभित्रैबाट पनि सरकारको आलोचना भइरहको छ । अर्कोतिर पार्टी एकीकरण.....

Exchange Rate

Nepali Patro