करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण : फरार एसएसपी खत्रीद्वारा अदालतमा आत्मसमर्पण

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ जेष्ठ १७, बिहीबार) १४:५५

करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् । उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो ।

प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले खत्री विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएका थिए । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान थियो ।

गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् ।

खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो । खत्रीको बयानले सुन तस्करी प्रकरणको माथिल्लो नेक्सस खुल्ने अपेक्षा गरिएको छ ।

करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले प्रारम्भीक बयानमा वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई पोलेका थिए । सुन तस्करीबाट अनुसन्धान गरिरहेको छानविन समितिलाई बयान दिंदै  उनले एसएसपी खत्रीलाई पक्राउ गरे सुन तस्करीको माथिल्लो नेक्सस खुल्ने बताएका थिए । आफ्नो काम सेटिङ मिलाउने र कमिशन लिने भएको बताएका गोरेले एसएसपी खत्रीले सुन भित्र्याएबपत् ओर्ती किलो ५० हजार रुपियाँ लिने गरेको बयानमा खुलाएका थिए l


(२०७५ जेष्ठ १७, बिहीबार) १४:५५ मा प्रकाशित

मुख्य समाचार

सबै

चितवनमा अदो दुर्घटना : पाँचको मृत्यु, एक घाइते

चितवनको राप्ती नगरपालिका ५ चेपाङ मार्गस्थित भित्रि सडक खण्डमा  शनिबार साझ सवा ६ बजे भएको अटो दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ । चौकी डाँडातर्फ जाँदै गरेको ना १ह ६४०९ नं. को अटो आफै अनियन्त्रित भई.....

ऐतिहासिक लत्रेपिपलमा माफियाहरुको आँखा, कटान गर्न निबेदन

कानुन विपरीत सार्वजनिक जग्गा दर्ता गरेर प्लटिंग गरेका माफियाहरुको आँखा ऐतिहासिक तथा पुरातात्विक महत्वको लत्रेपिपलमा परेको देखिएको छ। २०५५/०५६ सालसम्म प्रति रहेको पुतलीबजार नगरपालिका.....

राखेपका पदाधिकारीको लापवाही : साग प्रतियोगितास्थलमा बिस्फोट, बालक घाईते

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरमा पटाका विष्फोट हुँदा एक बालक गम्भीर घाइते भएका छन्। कुस्ती प्रतियोगिता भइरहेको स्थल कभर्ड हल नजिकै.....

Exchange Rate

Nepali Patro