अब गाउँगाउँबाट पुरानो सत्ता खाली हुन्छ र नयाँ सत्ता बन्छ : जनसरकार उपप्रमुख राई

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ जेष्ठ १६, बुधबार) ०६:५१

नेपाल कम्युनिस्ट पार्टीले स्थापना गरेको केन्द्रीय जनसरकारका उपप्रमुख पदम राईले अब गाँउगाँउबाट पुरानो सत्ता खाली गर्दै नयाँ सत्ता निर्माण गरेर अघि बढ्ने उदघोष गरेका छन् । क्रान्तिकारी जिल्ला जनपरिषद रामेछापको प्रथम जिल्ला भेलाको मंगलबार उद्घाटन गर्दै उनले यस्तो उद्घोष गरेका हुन्।

राईले जनताको वास्तविक शासन व्यवस्था वैज्ञानिक समाजवाद स्थापना नहुदासम्म सुशासन र समृद्धि नहुने भन्दै अब गाउँगाउँबाट जनसत्ता विस्तार गर्दै अघि बढ्ने र पुरानो सत्तालाई खाली गर्ने बताए ।

भेलाले विवेक लामा प्रमुख रहेको १५ सदस्यीय जिल्ला जनपरिषद गठन गरेको छ । जसको उपप्रमुखमा टिकाप्रसाद बसरेल रहेका छन भने सदस्यहरुमा कमल घिसिङ, पाण्डव सुवेदी, श्याम श्रेष्ठ, रणबहादुर तामाङ, दिपक मगर, मनोज मगर, इन्द्र तामाङ, चित्रबहादुर भण्डारी र पार्वति तामाङ रहेका छन् ।

यस्तै भेलाले भावना गुुरुङलाई सभामुखमा चयन गरेको छ । तत्कालीन  जनयुद्धको बेला ग्रामीण क्षेत्रकोे ८० प्रतिशत भूभागमा जनसत्ता स्थापना भएको थियो भने पुरानो सत्ता तथा सरकार सदरमुकाममा मात्र केन्द्रित थियो । अहिले पनि नेकपाले विभिन्न ठाउँमा जनपरिषद गठन गर्दै जनसत्ताको अभ्यास गरिरहेको छ ।


(२०७५ जेष्ठ १६, बुधबार) ०६:५१ मा प्रकाशित

मुख्य समाचार

सबै

चितवनमा अदो दुर्घटना : पाँचको मृत्यु, एक घाइते

चितवनको राप्ती नगरपालिका ५ चेपाङ मार्गस्थित भित्रि सडक खण्डमा  शनिबार साझ सवा ६ बजे भएको अटो दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ । चौकी डाँडातर्फ जाँदै गरेको ना १ह ६४०९ नं. को अटो आफै अनियन्त्रित भई.....

ऐतिहासिक लत्रेपिपलमा माफियाहरुको आँखा, कटान गर्न निबेदन

कानुन विपरीत सार्वजनिक जग्गा दर्ता गरेर प्लटिंग गरेका माफियाहरुको आँखा ऐतिहासिक तथा पुरातात्विक महत्वको लत्रेपिपलमा परेको देखिएको छ। २०५५/०५६ सालसम्म प्रति रहेको पुतलीबजार नगरपालिका.....

राखेपका पदाधिकारीको लापवाही : साग प्रतियोगितास्थलमा बिस्फोट, बालक घाईते

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरमा पटाका विष्फोट हुँदा एक बालक गम्भीर घाइते भएका छन्। कुस्ती प्रतियोगिता भइरहेको स्थल कभर्ड हल नजिकै.....

Exchange Rate

Nepali Patro