जनकपुरवासी भारतीय भएको विदेशमन्त्री स्वराजको विवादास्पद भनाइ (भिडीयोसहित)

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ जेष्ठ १५, मंगलवार) ०७:४५

भारतीय विदेशमन्त्री शुष्मा स्वराजले जनकपुरवासीलाई “भारतीय” भनेकी छिन । विदेश मन्त्रालयमा सोमवार आयोजित वाषिर्क पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन्  । उनले पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको मेडिसनदेखि जनकपुरसम्म पुगेर लाखौं भारतीय समुदायलाई सम्बोधन गर्नु भारतीय कुटनीतिमा असाधारण सफलता रहेको बताईन् ।

भारत सरकारको ४ वर्षको उपलब्धीसम्बन्धी पुस्तक विमोचन गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदी प्रवासी भारतीयहरु बसेकै ठाउँमा गएर संबोधन गर्ने पहिलो प्रधानमन्त्री बनेको दाबी गरिन । स्वराजले भनिन् ‘आजभन्दा पहिले कुनै पनि भारतीय प्रधानमन्त्रीले भारतीयसँग जोडिने गरी सम्बोधन गरेका थिएनन् । नरेन्द्र मोदी यस्तो प्रधानमन्त्री हुन् जसले अमेरिकाको मेडिसनदेखि जनकपुरको मैदानसम्म लाखौं लाख भारतीयलाई सम्बोधन गरेर उनीहरुसँग सिधै जोड्ने काम गर्नुभएको छ ।’

स्वराजले करिब डेढ घण्टा लामो प्रश्नोत्तरमा नेपालसँगको सम्बन्ध, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे केही उल्लेख गरिनन् । उनले चीन, पाकिस्तान, अमेरिका, माल्दिभ्स, बंगलादेश, म्यानमारलगायतका देशसँगको सम्बन्धबारे चर्चा गर्दा पनि उनले नेपालको नाम लिइनन् । तर जनकपुरमा गरेको संबोधनलाई भने उनले भारतीय नागरिकलाई गरेको संबोधनको संज्ञा दिइन् ।

भारतीय प्रधानमन्त्री मोदीले गत वैशाख अन्तिम साता नेपाल भ्रमणको शुरुवात जनकपुरबाट गर्दै नागरिक अभिनन्दनका क्रममा रंगभूमि मैदानमा सम्बोधन गरेका थिए । सो सम्बोधनको आयोजना प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले गरेको थियो भने प्रदेश २ का विभिन्न जिल्लाबाट सर्वसाधारणलाई सहभागी गराइएको थियो ।

स्वराजले त्यस क्रममा नेपालको नाम उल्लेख गरेकी छैनन् । उनले जनकपुरको मैदानबाट मोदीले भारतीय समुदायलाई सम्बोधन गरेको भनेर के इंगित गर्न खोजिन् ? यो प्रष्ट भएको छैन । जनकपुरमा प्रवासी भारतीयको संख्या नगन्य छ ।

माफी मागिन भारतीय विदेश मन्त्रीले 

यसैबीच भारतीय विदेश मन्त्री सुष्मा स्वराजले जनकपुरका विषयमा गरेको टिप्पणीमा गल्ती भएको स्वीकार गरेकी छिन्। सुष्माको भनाईलाई लिएर सामाजिक सञ्जालमा विरोध भएपछी  सुष्माले ट्विट मार्फत गल्ती स्वीकार गरेकी हुन्।

उनलाई मेन्सन गर्दै धेरै नेपालीहरुले गल्ती सच्याउन आग्रह गरेका थिए।‘म क्षमा माग्न चाहान्छु’, उनले गल्ती भएको भिडियो पोस्ट गर्दै लेखेकी छिन्।

 

 


(२०७५ जेष्ठ १५, मंगलवार) ०७:४५ मा प्रकाशित

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro