पोखरा लेखनाथ महानगरपालिकाका मेयर जिसीलाई पत्रकारहरुको वर्षा ः खै कहाँ छ स्मार्टसिटी ? (हेर्नुस भिडियो)

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७५ जेष्ठ ९, बुधबार) १७:३६

स्मार्टसिटी बनाउने घोषणाकासाथ चुनाव जितेका पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई आज पोखराका पत्रकारहरुले र्याखर्यास्ती पारे । आफू निर्वाचित भएको एक वर्ष अवधिमा गरेका कार्यक्रम र भावी योजनाहरु योजना सार्वजनिक गर्न पोखरा लेखनाथ महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नै पोखराका पत्रकारहरुले मेयर मानबहादुर जिसीलाई र्याखर्यास्ती पारेका हुन् ।
त्यस पत्रकार सम्मेलनमा पत्रकारहरुले पोखरा लेखनाथ महानगरपालिकाका कमी कमजोरीहर औंल्याउँदै मेयर जिसीमाथि प्रश्नका ओइरो लगाएका थिए । उनीहरुले “मेयर भएको हप्तादिनमा पोखराका सडकको खाल्डाखुल्डी पुर्छु भनेर भन्नुभएको थियो । खाल्डाखुल्डी पुर्न केले छेक्यो” भनेर प्रश्न गरेका थिए । तयति मात्र हैन उनीहरले सस्तो बजार भनेर बजार सञ्चालन गर्ने तर अन्यत्रभन्दा महगोंमा सामान बेच्दा महानगरपालिका के हेरेर बसेको छ भनेर सोधेका थिए । उनीहरुले भवन संहिता लागू गरेको पोखरा लेखनाथ महानगरपालिकाले पोखराको पृथ्वीचोकमा सस्तोबजारको नाममा अनुमतिविनै टिनको टहरो तीनतले कसरी बन्यो भनेर मेयर जिसीमाथि प्रश्न सोझ्याएका थिए ।
जनताद्वारा निर्वाचित वडा नं १८ र ३३ का वडाध्यक्षहरु पनि अवैध रुपमा क्रसर उद्योग सञ्चालन गर्ने कार्यमा लागेकामा पत्रकारहरुले आक्रोश पोखेका थिए । पोखरा उपमहानगरपालिकाले विगतमा नै फिर्केखोलाको मापदण्ड १० मीटर कायम गरिसकेको अवस्थामा हाल आएर महानगरपालिकाले पाँच मीटरमा रेखांकन गर्नुको कारण पनि पत्रकारहरुले मेयर जिसीसँग मागेका थिए ।
एकसय १० वर्गकिलोमीटरमा फैलिएको फेवातालको जलाधार क्षेत्रमा करीब तीनसय ३० किलोमीटर कच्ची सडक बनिसकेको अवस्थामा अहिले पनि तालको मापदण्ड मिचेर घरटहरा बनाउने कार्य जारी रहँदा पनि पोखरा लेखनाथ महानगरपालिका किन मौन बसिरहेको छ ? पत्रकारहरुको जिज्ञासा रहेको थियो ।
प्रश्न वर्षाउने क्रममा पत्रकारहरुले मेयर जिसीलाई सुझाव र सल्लाह पनि दिएका थिए । उनीहरुले मेयर जिसीलाई आफन्त, नातागोता र पार्टीको नेता–कार्यकर्ताहरुको परिधिभन्दा माथि उठेर जनताको सेवामा लाग्न पनि सुझाएका थिए ।
पत्रकारहरुको प्रश्नको जवाफ दिंदै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले अवैध रुपमा सञचालन गरिएका क्रसर उद्योगहरु जनप्रतिनिधि हुन् या जसले सञ्चालन गरेको भएपनि बन्द गरिने प्रतिवद्धता व्यक्त गरेका थिए । फेवातालको संरक्षण गर्न महानगरपालिकाले विभिन्न कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न लागिरहेको अवस्थामा फेवाताल वरपर अवैध रुपमा निर्माण गरिएका घरटहरा हटाउन सर्वोचच अदालतले आदेश दिएको अवस्थामा महानगरपालिकालाई अझ सजिलो भएको र सर्वोचच अदालतको आदेश तदारुकताका साथ कार्यान्वयन गरिने बताएका थिए ।
पोखराको पृथ्वीचोकमा सस्तोबजारको नाममा महानगरपालिकाको अनुमतिविनै घरटहरा बनाउने काम भईरहेको स्वीकार्दै मेयर जिसीले पटक–पटक पत्राचार गर्दा र महानगरपालिकामा ल्याएर कागज गराउँदा पनि अवैध रुपमा घरटहरा बनाउने कार्य जारी रहेको बताए । उनले यस्तो अवैध कार्य जारी रहे तयस ठाउँबाट बजार नै विस्थापित गरिने वचन दिए ।


(२०७५ जेष्ठ ९, बुधबार) १७:३६ मा प्रकाशित

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro