‘बार’को लोकतन्त्र र ‘भट्टि’को समाजवाद !

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७५ जेष्ठ ७, सोमबार) १०:४४

लेखक: राजु ढुङ्गाना ‘प्रनिल’ 
एकहुल झण्डेवालाहरु, आए एकाबिहानै म’ दिनहुँँ गैरहने भट्टिलयमा। आएका हुलहरु झण्डेवाला त थिए नै, तर प्रचण्डेवाला, ओलीवाला, देउवा वाला अन्य सायद मिसमास थिए ती झण्डेवालाहरु।
प्रश्न यसरी आयो म प्रती:
हेलो भर्जिन कवि राजु मुलाङ्ग ,तँ पनि भट्टिमा…?
किन र… ?
तँ जस्तो फाल्तु मुलाङ्ग त पुस्तकालय, कवितालय, वा कुनै साहित्य गोष्ठीतिर, लेक्चरालयतिर हुनुपर्ने, याहाँँनिर देख्दा अचम्म लाग्यो।
झण्डेवालाहरुको यस किसिमको आश्चर्यवाचक प्रस्तुती प्रती मैलेपनी स्वभाविक मान्दै बडो शालिन नजाकतमा जवाफ दिईहाल्न मन लाग्यो, तर फेरि मनभित्र, भित्रभित्रै हाँँसोको फोर्‍आ चल्यो सुटुक्क: , भट्टिभित्र छु, दारु प्युँँदै छु, टन्न लागेको छ, तर जावाफ चै शालिन ढङ्गले दिने मेरो आफ्नै निर्णय, स्वभाव समय, मौसम सम्झेर खप्नै नसकेर ती झण्डेवालाहरुलाइ इस्क्युज,मि: भनेर बाथ्रुम, ट्वाइलेट दौडेर गएँ  र एकैछिन आफैप्रती टन्न हाँसे अनि फेरि ज्यान्टलम्यान बनेर आफ्नै टेबुलमा पुगेँ ।
म’ टेबुलमा पुग्ने बित्तिकै पल्लो टेबुलमा बसेका झण्डेवाला मध्यको एउटाले प्वाक्क बोल्यो,:
उ त्यो टेबुलमा बसेर प्युँँने व्यक्तीलाई  सामाजिक संजालको लेजेन्ड मान्छु ,त्यो मान्छे यसरी भट्टिमा नबस्नुपर्ने , झन् मदिरा , रक्सी जन्य पे-पदार्थ निर्मुल पार्नुपर्नेमा आफैं प्युँँदैछ। जाँउ केटाहो आज त्यस्लाइ ठिक गरौं !
ति झण्डेवालाहरको हुल म बसेको टेबुलमा आए, र हुलको एक ठालुले भन्यो:
हेलो सर…?
मैलेपनी मुन्टो उठाएर हजुर,
चिनेजानेकै रहेछन मुलाङ्ग झण्डेवालाहरु,
ठालुले पर्श्न गर्यो:
तपाईं त राजनीति बुझेको मान्छे, लोकतन्त्र, समाजवाद बारे दख्खल राख्नुहुन्छ तरपनी तपाईं आफै यसरी भट्टिमा…?
ठालुको प्रश्न सुनेपछि मैले एक पेग दबाएर एउटा चुरोट सल्काउदै , पुर्व सहकर्मी भएकोले टपोरी भाषामा उल्टो प्रश्न गरेँ : हेर मुलाङ्गहरु जतिबेला म कलिलै थिएँ , त्यतिबेला म पनि तिमिहरु जस्तै थिएँ , समुहको नाइकेले जे भन्यो सहि लाग्थ्यो, लोकतन्त्र र समाजवाद मैले मात्रै बुझेको छु जस्तो लाग्थ्यो, तर जब म म्याचोड भएँ भट्टिमा आएँ । अब तिमिहरु भन लोकतन्त्र र समाजवाद भनेको केहो…? यत्ती भनेर मैले अर्को पेग दबाएँ ।
ठालु अकमक्क हुँदै जवाफ दिन थाल्यो: लोकतन्त्र भनेको जनताको राज , जनताको शासन , समाजवाद भनेको समानता, बराबरी । ठालुको यो जवाफ सुनेर मलाइ रन्को छुठ्यो र अर्को पेग दबाउदै खल्तिबाट घडिछाप खैनी झिकेँ र भनेँ यो खैनी माड्नुस ।
 उ रिसायो र भन्यो यो खैनी रक्सिमा के मजा छ…? तपाइलाइ लाज लाग्दैन …? समाज परिवर्तनको बिचार बोक्नेले यसरी भट्टिमा रक्सी प्युदै खैनी माड भन्नलाइ…?
मलाइ झन हासो लाग्यो तरपनी हासोलाइ भित्रभित्रै कैद गर्दै ; तिमिहरुलाइ के थाह छ भट्टिमा पाइने मजाबारे। तिमिहरु अर्थशास्त्र , बिज्ञान र अत्ध्यात्म पढेर बल्ल झन्डा बोकेर आउ।
अर्को ल्याङ्रे झण्डेवाला बोल्यो: ल भन्न त ।
सुन्छौ त तिमिहरु …? अँ भन्न ।
ल, यो खैनी माड , म फुच्चिको कथित यादमा एक पेग स्वाद लिएर मजा सुनाउछु।
सुन मुलाङ्गहरु: लोकतन्त्र र समाजवाद भट्टि र बारमै छ।
कसरी …? अर्को बोल्यो।
बारको डान्सर, ओइटर पुतलिहरु जति नै सेकेन्ड ह्यान्ड भएपनी एक पेग दबाएपछी अप्सरा झैँ फिलिङ्ग आउँछ बुझिस मुलाङ्गहरु , यो लोकतन्त्र त्यही हो।
अब सुन लोकतन्त्रको अधिकार र कानुन बारे:
बारमा जादा कम्तिमा आफ्नो खल्तिमा दस हजार हुनैपर्छ , गेटअप पनि टिपटप हुनैपर्छ , चप्पलमा जान पाइदैन ,पुतलिहरुको अगाडि हिरो झैँ देखिनुपर्छ ,बारमा हरेक क्याटोगरिका बिशिस्टजन मात्र हुन्छन,  नीति सिद्धान्त, नाम, व्यक्तित्व पत्निवाद देखाएर नियत र चरित्र पुतलिवाद हुन्छ बारमा, र बारमा पुतलिले भमरालाइ रोजिरहनु पर्दैन, गाठिस्ट भवराले एसो आँखा झिम्क्याइदिए पुग्छ पुतली गाठिस्टकै,  आदि इत्यादि । यहि हो लोकतन्त्र र यस्का चरित्रहरु।
चुप पागल। ती झण्डेवालाहरुले एकै स्वरमा पो भने।
झन्डेवालाहरुको प्रतिक्रियाले मलाइ असर गरेन र सितन फेरि मगाएँ : एक प्लेट बुङ्गुरको सेकुवा र टेम्याटरको अचार।
ओइ पागल.. ? ज्यान्टलम्यान झैँ हजुर।
तँ पागल होस यार!
पागल हैन मुलाङ्ग
सगौरव विद्वान भन्नुस बरु: पागल त यो दुनिया छ,
जो विद्वानलाई पागल भन्छ। अघि मगाको बुङ्गुरको सेकुवाको एउटा लपेटालाइ सिन्काले घोचेर च्वाप  मुखभित्र हाल्दै एक पेग दबाएँ र टेम्याटरको अचार चुस्स जोब्रोमा टसाएँ । मेरो दार्शनिक जवाफ सुनेर हुलका केही झण्डेवाल मुत्रमग्न भएछन र अघि माड्न दिएको खैनी ला.. भनेर हुलको ठालुले मलाइ बल्ल दियो , ।
मैले अघिनै खैनी माड्न दिएको मैले बिर्सेको थिन कतिखेर दिदोरहेछ भनेर पर्खिरहेको थिएँ म’ म आफैंले खैनी नमाग्नुको पछाडी मेरो चतुर्याइँ थियो।
ठालु बोल्यो: तैले लोकतन्त्र बुझ्यारैनछ्स राजु ।
मैले चुरोट सल्काउदै भने, मैले अघिनै माड्न दिएको खैनी बल्ल ला.. भनेर दिनुभो , त्यो बिचमा म कति तलतलमा तड्पिए त्यो मलाइ थाह छ। तपाइले समयमै माडेर दिन पनि त सक्नुहुन्थ्यो…? हो यहि हो लोकतन्त्र । यहि हो लोकतान्त्रिक ब्युरोक्रेसी।
बिचरा ठालु वाल्ल पर्दै लजायो र हास्यो पनि, ठालुका सदस्य साथिहरुपनी गलल हासिछाडे।
ठालु फेरि बोल्यो, ढिलै दिएपनी खैनी माडेर त दिएनी मैले ।
उस्ले दिएको खैनि चोर औंला र बुढी औंलाको साहेताले  च्याप्प समातेर ओठको तल्लो भागमा चेप्ने बित्यिकै , के सारो पोल्यो, छाला नै काट्यो। चुना लास्टै हाल्नुभएछ दोस्त: म हास्दै हहहह: तपाइको लोकतान्त्र बडा जहरिला छ ,।
मेरा यत्ती कुरा सुनेपछि झण्डेवालाहरु  मेरो फ्यान भएझैं भए।
बल्ल ठण्डेवाला हुलको ठालुले चुरोट झिक्यो खल्तिबाट र भन्यो : अरे यार राजु सर तपाईं बडा अचम्मको हुनुन्छ, तपाइलाइ जो कसैले बुझ्न सक्दैनन, भट्टिमा हुनुन्छ पेगको मजामा नसेवान हुनुन्छ तैपनि क्या शालिन , मन्द प्रस्तुतिमा मस्तिष्क उजागर गर्नुहुन्छ, तपाइको शब्द भाषामा मोहनी भएझैं पो लाग्न थाल्यो हहहह,
ठालु पनि अब हास्दै कुरा गर्न थाल्यो, बुझेछ क्यारे लोकतन्त्र बल्ल…? मनमनै लाग्यो मलाइ ।
मैले ठालुलाइ भनेँ : दोस्त एक पेग लगाउँ …?
लगाउनुस यार , अन्य झण्डेवालाहरुलाइ ठालुले निर्देशन दियो, ओइ केटा हो तिमिहरु पनि दबा एक एक पेग।
भट्टिकी माल्दिदी मेरो फ्यान थिइन, त्यसदिन देखि मेरो दिवानी नै भैछिन। पेग ल्याउदा पनि मेरो गिलास अलग्गै ल्याउथिन , त्यो गिलासमा एउटा रातो रङ्ग जहिल्यै लागेको हुन्थ्यो, सायद गिलासमा चुप्पा गरेर ल्याउथिन, खैर झण्डेवालाहरु पेग दबाउन थाले, ठालु बोल्यो: अनि मुलाङ्ग राजु लोकतन्त्रको ब्याख्या,, चरित्र, परिभाषा , खुब सटिक र दार्शनिक अर्थ दिलाइस, अब भन समाजवाद चै कसरी भट्टिभित्र हुन्छ…?
मैले भने: दोस्त म पनि तेत्ती निस्वार्थ मान्छे होइन , म पारिश्रमिक चाहने अलिकति विद्वान है। बरु खैनी माड्नुस दोस्त फेरि!
ठालु बोल्यो: म माड्दिन बरु  तँ माडेर ख्वा ।
हुन्छ दोस्त , तर दोस्त यो लाइन सम्झिरहनुस है ।
कुन लाइन…? “म माड्दिन बरु   तँ माडेर ख्वा”
किनर…?
लु पहिला खैनी चेप्नुस दोस्त अनि भनौंला म।
अरे वा क्या फास्ट माडेर खुवाइस खैनी तैले
मैले हास्दै हहहह भने :दोस्त समाजवाद भनेको यहि हो।
कसरी बुझिन….?
अघि तपाइले आनाकानी गर्दै ढिलो खुवाउनुभाथ्यो मलाइ , किनकी खैनी माड्ने तपाईं सङ् योग्यता थिएन , खैनी चेप्ने तपाइलाइ आवश्यकता थिएन त्यो लोकतन्त्र हो, खैनी माड्ने म सङ् योग्यता छ, खैनी चेप्ने आवश्यकता छ, यो समाजवाद हो। सामाजवादको चरित्र अनुसार नै मैले तपाइलाइ खैनी खुवाएको।
ठालु वाल्ल पर्दै :राजु अर्को पेग लिने हैन…?
दोस्त अवस्य ,
ठालु प्रफुल्ल हुँदै : राजु सर धन्यवाद यार वास्तविक मजाको प्रत्येक्ष स्वाद संवाद दिनुभो।
दोस्त: अघिसम्म मलाइ पागल भन्नुहुन्थ्यो अहिले मजा लाग्यो…? अब पनि मलाइ भट्टिमा …? भनेर प्रश्न गर्नुहुन्छ…? राजु सर माफ गर्नुस न त यार! चियर्स! चियर्स!
माल्दिदी खै एक खिल्ली चुरोट दिनु त! खुकुरी चुरोट है, लिनुस चुरोट मुलाङ राजु।
हहहह , माल्दिदी पनि आज मजामा छिन। अनि केले सल्काउनु चुरिट माल्दिदी…?
लाइटर छ त टेबिलमा। अरे माल्दिदि: लाइटर त सामन्ती हो, चुरोट त जलाउ नै तर दुई सर्को आफैं तान्छ साथमा मेरो आखे भौं पनि खान्छ।
प्यारो सलाइ सलाइ ल्याउनु। हरे उफ… यो राजु साच्चै पागल नै हो।
माल्दिदी अगर म पागल हुन्थे त लोकतन्त्र र समाजवादको मजा लिन यो भट्टिमा आउदैन थिएँ । माल्दिदी मुस्कुराइन, मुस्कानको आदान प्रदान बडो रोमाञ्चक थियो।
ठालु फेरि बोल्यो : राजु सर तपाईं विद्वान हो यार, ! ठालुलाइ हल्का लागेछ अहिले चै…
दोस्त म विद्वान …? लु तपाईं बुद्धि भएकाले फेरि एक डोज खैनी माड्नु त , म भट्टिभित्रको समाजवाद बारे प्रवचन दिन्छु।
दोस्त यो भट्टि सबैको लागि समान छ, बराबरी छ, याहा आउन कम्तिमा दस हजार हुनुपर्दैन, गेटअप टिपटप हुनुपर्दैन, भट्टिमा मर्यादा, वरियता अनुसार्को टेबुल हुदैन, याहा दाम अनुसारका रक्सी हुदैन, याहा आउदा बारमा जस्तो अनिवार्य जुत्ता लगाउनु पर्दैन, भट्टि भित्र पस्ने बित्तिकै सबै बराबरी महसुस हुन्छ, माल्दिदिले पनि गोजि हेरेर व्यवहार गर्दिनन, डेलिभरी पनि फास्ट हुन्छ, भट्टिमा ज्यामी देखि कार्यकारी सम्मको पहुच हुन्छ तर बारमा ज्यामिको हैसियत पुग्दैन, योग्यता पुग्दैन, आवश्यकता पूरा हुदैन, भट्टिमा जो कसैले माल्दिदिलाइ जिस्काउन पाउँछन्, तर बारमा पैसावालले मात्र पुतलि हात पार्छ, पुजिवादि बार भन्दा समाजवादी भट्टिमा मजै बेग्लै छ दोस्त।
तर दोस्त: लोकतन्त्र जहितही छ, समाजवाद भट्टि भित्र मात्र पाइन्छ।
तर राजु, बारकै लोकतन्त्र राम्रो यार, आइटम आइटम सितन , दाम अनुसारको मिठा रक्सी, कोरेली पुतलिहरु , यो भट्टिमा के छ खै…?
अरे दोस्त तपाइले फेरि खैनी माड्न ढिला गर्नुभो, तपाईलाई लोकतन्त्रको आदत परेको छ त्यसैले त लोकतन्त्रवादिहरु समाजवाद मन पराउदैनन।
उसोभए बाबुरामको सहभागिता मुलक लोकतन्त्रको नारा नराम्रो होत…?
दोस्त, सहभागिता मुलक लोकतन्त्र त राम्री पुतलिलाइ आकाशको तारा झारेर दिन्छु भन्दै फकाउने कला मात्र हो, सहभागिता भनेको लोकतन्त्रमा हुदैन, बार चरित्र भट्टिमा प्रवेश गर्दैन, भट्टी चरित्र बार होइन।
दोस्त एक पेग थपौकी …?
ठालु मात्तिदै : भो पुग्यो , अब पार्टीमा राजिनामा दिन्छु, र भोलिदेखी  तँ सङ्गै भट्टिमा आउँँछु।

(२०७५ जेष्ठ ७, सोमबार) १०:४४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

जयबाबा ईट्टामा बिहानै गोली चल्यो, मेनेजर हुसेनको मृत्यु

सुनसरी जिल्लाको सोनापुरस्थित जयबाबा ईट्टामा आज बिहानै गोली चलेको छ । गोली प्रहारबाट उद्याेगका म्यानेजर ५४ वर्षीय फिदा हुसेनको मृत्यु भएको छ । दुहबी - ९ छाताबेलीमा रहेको जय बाबा इँटा उघोगमा ड्युटीमा.....

विस्तृत शान्ति सम्झौताको १२ वर्ष, द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका त्यूँ

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन नेकपा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । तर, अझै द्वन्द्वकालीन मुद्दाहरु ज्यूँका.....

काम गर्न सकिदैन भने किन कुर्सीमा बस्ने ? : झलनाथ खनाल

दुई तिहाई बहुमतको समर्थन पाएको केपी ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लाग्दै आएको छ । सत्तारुढ दलभित्रैबाट पनि सरकारको आलोचना भइरहको छ । अर्कोतिर पार्टी एकीकरण.....

Exchange Rate

Nepali Patro