छैठौं भूलभूला मेलाको तयारी पुरा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ चैत्र २६, सोमबार) ११:१३

पोखरा लेखनाथ महानगरपालिका ३३, पुंंडिटार स्थित भूलभूला देवि मन्दिर संरक्षण समितिले तिन दिने छैठौं भूलभूला मेलाको तयारी लगभग पुरा भएको आयोजकले बताएको छ ।

बिगत ६ बर्षदेखी संगठित सस्थाको रुपमा रहेर नयाँ बर्षको अवसर पारी उक्त समितिले मेलाको आयोजना गर्दै आइरहेको थियो ।

पोखरा लेखनाथ महानगरपालिका ३३ ( साविक भरतपोखरी १ ) स्थित भूलभूला मन्दिर परिसरमा आयोजना गर्न लागिएको उक्त मेलामा भुलभुले बजारलाई व्यवस्थित बनाई पर्यटकीय क्षेत्रको रुपमा बिकशित बनाउन र लुकेका सस्कृतिको जगेर्ना गर्नका साथै त्यस क्षेत्रको संरक्षण सम्बर्धन गर्ने उद्देस्य सहित आयोजना गरिएको समितिका संयोजक मिलन थापाले बताउनुभयो ।

नयाँ बर्षको अवसरमा आयोजना गरिने मेला यहि चैत्र २९ गतेदेखि बैशाख १ गते सम्म रहने छ । मेलाका आकर्शकहरुमा गाउ तथा वडा स्तरीय भलिवल प्रतियोगिता, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, बिभिन्न आदिवासी, जनजातिको परम्परागत नाच, स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको लोकदोहोरी र हास्यव्यङ्ग्य, भजनकृतन, पञ्चेबाजाका साथ बार्षिक भूलाभुला पुजा लगायतका कार्यक्रमहरु रहने आयोजकको भनाई छ ।

यस्तै तिन दिने मेलामा हुने बिभिन्न कार्यक्रमहरु पनि क्रमश मिलाईएको छ । चैत्र २९ गते देखि सुरु हुने उक्त मेलामा मेलाको पहिलो दिन गाउँ तथा वडा स्तरीय भलिवल प्रतियोगिता हुने यस्तै दोश्रो दिन बिभिन्न साँस्कृतिक कार्यक्रमहरु रहने र बैशाख १ गते अर्थात तेस्रो दिन  बिध्यालय स्तरीय लोक नृत्य प्रतियोगिता रहने बताइएको छ ।


(२०७४ चैत्र २६, सोमबार) ११:१३ मा प्रकाशित

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro