पुर्ब गृहमन्त्री वामदेव गौतमलाइ भेटे भने थुक्छु – आङ्काजी शेर्पा [भिडियो]

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ चैत्र १२, सोमबार) १३:२६

पुर्व गृहमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष बामदेव गौतम प्रत्यक्ष भेटिए आङ्काजी शेर्पाले थुक्ने बताएका छन् । शेर्पाले एक टेलिभिजन अन्तरवार्ताको क्रममा अहिले सम्म वामदेवलाई नभेटेको र यदि भेटेमा थुक्ने बताएका हुन् ।

शेर्पाका अनुसार पुर्बगृहमन्त्री वामदेव गौतमको आदेशमा टिकापुर घटनाको बेला उक्त बिषयसंग सम्बन्धित शेर्पाको अभिव्यक्तिलाइ इशु बनाएर अनाहकमा जेल पठाएको भन्दै गौतमलाई भेटे मुखमा थुकिदिने बताएका छन् ।

टिकापुर घटनामा आफुले दिएको अभिव्यक्तिहरु सत्य साबित भए पछी सम्मानित अदालतले शेर्पाकै पक्षमा फैसल्ला सुनाए पछी जेल बाट उम्किएको जिकिर गर्दै उनले भने राजनीतिक पुर्बाहग्रहको आधारमा बामदेव गौतमको आदेशमा मलाइ गिरफ्तार गरियो, १६ दिन सम्म जेल बस्नु पर्यो ।

आङकाजी शेर्पाले टिकापुर घटना लगतै १३ बुँदे रहस्य आफ्नो फेसबुकमा पोष्ट गरेका थिए । जस्तै दुई बर्षे बालक प्रहरीको गोलीबाट किन मारियो ? एसएसपीको मृत शरीरलाई पोष्टमार्टम किन गरिएन ? थारुको एफएम किन जलाइयो ? दुइवटा प्रहरी संगठन बिचमा तालमेल किन भएन ? लगाएतका १३ बुँदाहरु थिए ।

तात्कालिन टिकापुर घटनाको क्रममा आदिबासी समुदायको न्यायिक मागको सम्बोधन नगरेर सेना प्रहरी चलाएर दमन गर्छ भने त्यस्ता बामदेव गौतमलाई रुखमा झुण्ड्याएर मार्नेछन भन्ने अभिव्यक्ति पनि शेर्पाले दिएका थिए, यस्तै अभिव्यक्ति प्रति पुर्बाह्ग्रह बनेर आफुलाई गिरफ्तार गर्न आदेश दिएको आरोप समेत शेर्पाले लगाए ।

उक्त घटना पछी अहिले सम्म वामदेव गौतम संग भेट नभएको र यदि भेट भएमा उनलाई थुक्ने चेतावनी दिएका छन् ।

हेर्नुहोस भिडियो;


(२०७४ चैत्र १२, सोमबार) १३:२६ मा प्रकाशित

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro