२ सयपटक प्लास्टिक सर्जरी गराउँदा यस्तो भयो नितम्ब

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ चैत्र ४, आईतवार) ११:०९

आकर्षक देखिनका लागि महिलाहरु केसम्म गर्दैनन् । जिम, योगा, डाइटिंग तथा प्लास्टिक सर्जरी आदि । तर कतिपयमा सुन्दर देखिने नशा यति धेरै हुन्छ कि उनीहरुलाई प्लास्टिक सर्जरी गराउने लत नै लागेको हुन्छ ।

यस्तै एउटा नाम हो, स्टार डेलगुडाइस । बेलायतको लिचफिल्डमा जन्मिएकी २८ वर्षकी डेलगुडाइसले अहिलेसम्म लाखौँ पाउण्ड रकम प्लास्टिक सर्जरीमा खर्च गरिसकेकी छन् । उनले पहिलोपटक १७ वर्षकी छँदा प्लास्टिक सर्जरी गराएकी थिइन् र अहिलेसम्म जिउका विभिन्न अंगको गरी २ सयपटक प्लास्टिक सर्जरी गराइसकेकी छन् ।

 

हालै टेलिभिजनमा दिएको एक अन्तरवार्ताका क्रममा उनी पूरै समय उभिइन् । यसरी उभिनु उनको बाध्यता थियो । हालै उनले आफ्नो नितम्ब प्रत्यारोपण गराएकी छन् । जसका कारण उनको नितम्ब ठूलो भएको छ र बस्न पनि मुस्किल पर्दछ ।

आफ्नो प्लास्टिक सर्जरीको लतको मुख्य कारक उनी आफ्ना बाउआमालाई मान्छिन् । बाबुआमाले नै लगातार दबाव दिइरहेकाले आफूले पटक–पटक सर्जरी गराएको उनको भनाइ छ । बाबु–आमाले आफूलाई कुरुप भन्ने गरेको र सुन्दर बन्नका लागि प्लास्टिक सर्जरी गर्न दबाव दिएको उनले बताइन् ।

हालसम्म २ सयपटक प्लास्टिक सर्जरी गर्दा झण्डै २ लाख ३० हजार पाउण्ड खर्च भएको छ । उनले ५ पटक ओठको, ४ पटक नाकको सर्जरी गराएकी छन् । त्यस्तै नाक, बंगरा, वक्षस्थल आदि धेरै अंगको सर्जरी गराएकी छन् । हुँदा–हुँदा उनले ३ पटक आफ्नो योनीको सर्जरी पनि गराइन् ।

हालै उनले ७ घण्टाको शल्यक्रिया गरी आफ्नो नितम्ब प्रत्यारोपण गराइन् । नितम्ब प्रत्यारोपणपछि उनलाई निकै पीडा भइरहेको छ र उक्त पीडा कम गर्न थेरापीको सहयोग लिने गरेकी छन् ।

सानोमा उनको नाम स्टेसी थियो र अहिले उनले नाम बदलेर स्टार बनाएकी छन् । आफूलाई राम्रो बनाउन उनी जेसुकै गर्न तयार छिन् ।

एजेन्सीको सहयोगमा


(२०७४ चैत्र ४, आईतवार) ११:०९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro