खजुराहो मन्दिरमा किन बनाइयो कामोत्तेजक आकृतिहरु ?

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ चैत्र २, शुक्रबार) १२:४०

भारतको मध्यप्रदेशस्थित खजुराहो मन्दिर सदैव चर्चा एवं विवादको केन्द्र रहिआएको पाइन्छ । यसले आफ्नो निर्माण कालदेखि आजसम्मको यात्रामा अनेकौं आरोहअवरोहलाई आत्मसात् गरेको छ । यो मन्दिर अहिले भारतको एक प्रमुख पर्यटकीय स्थलका रूपमा परिचित छ ।

इतिहासकारहरूका अनुसार १२ औं शताब्दीतिरबाट निर्मित खजुराहो मन्दिरहरूको समूहमा जम्मा ८५ वटा मन्दिर छन्, जुन २० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको थियो । यीमध्ये अहिले केवल २२ वटा मन्दिर बाँकी छन् जसले ६ वर्ग किलोमिटर ओगटेका छन् । बाँकी रहेका मन्दिरमध्ये कन्दारिया महादेव मन्दिर थुप्रै ऐतिहासिक मूर्तिहरूबाट निर्मित छ जसमा इतिहासका विविध घटनाहरूको जानकारी लेखिएको छ, यो मन्दिर भारतीय प्राचीन कला प्रदर्शनको सजीव उदाहरण हो ।

 

खजुराहोको मन्दिर मूलतः हिन्द्र एवं जैन धर्मका मानिसहरूका लागि बनाइएको हो तसर्थ यहाँका मन्दिरहरूमा हिन्दू तथा जैन धर्मका परम्परा एवं उनीहरूको इतिहासको वर्णन गरिएको पाइन्छ ।

खजुराहोका स्मारकहरूको निर्माण राजपुत चन्देला साम्राज्यको शासनकालमा भएको हो । चन्देला शासकहरू शक्तिमा आएसँगै उनीहरूको साम्राज्य बुन्देलखण्ड नामले चिनाउन थालियो र लगत्तै खजुराहो स्मारकहरूको निर्माण कार्य प्रारम्भ गरियो । खजुराहोका धेरै मन्दिरहरू राजा यशोवर्मन एवं ढंगाको शासनकालमा भयो । यशोवर्मनको महानता लक्ष्मण मन्दिरमा देख्न सकिन्छ भने विश्वनाथ मन्दिरले अर्का शासक ढंगाको महानता दर्शाउँछ ।

खजुराहोका स्मारकहरूमा सबैभन्दा प्रसिद्ध मन्दिर कन्दारिया महादेव मन्दिर हो जुन १०१७-१०२९ सीईमा गन्डा राजाको शासनकालमा बनेको हो । इतिहासकारहरूका अनुसार खजुराहो स्मारकहरूको मन्दिर ९७०-१०३० सीईको बीचमा भएका हुन् ।

खजुराहो मन्दिर कलिंगर क्षेत्रअन्तर्गत चन्देला साम्राज्यको राजधानी महोबा सहरदेखि ३५ माइल टाढा बनेको छ । मध्यकालीन भागमा उनीहरूको साम्राज्यलाई जिझोती, जेजहोती, चिह ची एवं जेजाकभुक्ति भनिन्थ्यो ।

पर्सियन इतिहासकार रिहन अल बिरुनीले १०२२ सीई मा महमुद गजनीले कलिंगरमाथि गरेको आक्रमणको वर्णन गरेका छन् । उनले खजुराहोलाई जजहुतीको राजधानी भनेका छन् । यजनीको उक्त आक्रमण असफल रह्यो किनभने हिन्दू राजा गजनीलाई फिरौती दिनसमेत राजी भएका थिए ।

 

१२ औं शताब्दीमा खजुराहो मन्दिर खुबै चहलपहलयुक्त थियो । खजुराहो स्मारकहरूमा परिवर्तन १३ औं शताब्दीमा दिल्ली साम्राज्यको आक्रमणपश्चात भयो, सुल्तान कुतुबउद्दीन ऐबकले आक्रमण गरेर चन्देला साम्राज्यलाई खोसेका थिए । यसको एक शताब्दीपछि नै मोरक्कोका यात्री इब्न बतुत्ता करिब १३३५ देखि १३४२ सम्म भारतमा बसे र उनले आफ्नो लेखमा खजुराहोलाई ‘कजर्रा’ भनेर वर्णन गरे ।

मध्य भारतीय क्षेत्रस्थि खजुराहो मन्दिर १३ देखि १८ औं शताब्दीका बीच मुसलमान शासकहरूको नियन्त्रणमा रह्यो । उक्त अवधिमा थुप्रै मन्दिरहरूलाई अपमानपूर्वक नष्ट गरियो । उदाहरणस्वरूप सिकन्दर  लोदीले १४९५ सीईमा आप\mनो सैन्य शक्तिको बलमा खजुराहो मन्दिरको विनाश गरेका थिए । तर पछि हिन्दू तथा जैन धर्मावलम्बीहरूले एकजुट भएर खजुराहो मन्दिरको सुरक्षा प्रयत्न गरे ।

यद्यपि समयक्रमसँगै यो ठाउँमा वनस्पती तथा जंगलको विकास हुँदै गयो र खजुराहोका मन्दिर पनि सुरक्षित भयो ।

१८३० मा स्थानीय हिन्दूहरूले बेलायती सर्वेक्षक टी. एस. बर्टलाई उक्त स्थान देखाए । पछि एलेक्जेन्डर कनिङ्घमले भने कि खजुराहो मन्दिरको उपयोग बढीजसो हिन्दू योगीहरूले गर्थे भने हजारौं हिन्दू तथा जैन धर्मावलम्बीहरू यो ठाउँमा वर्षेनी शिवरात्रि मनाउन आउँथे । १८५२ मा मेसीले खजुराहो मन्दिरको कलाकृति पनि निर्माण गरे ।

कला एवं मूर्तिकला

खजुराहो मन्दिरमा  कलात्मक कार्य  गरिएको छ जसमा मन्दिरको आन्तरिक एवं बाह्य भागमा १० प्रतिशत कामोत्तेजक  कलाकृति बनाइएको छ । यीमध्ये केही मन्दिरहरूको लामो भित्तामा बनेका छन् जसमा ससाना तर कामोत्तेजक बलाकृतिहरू निर्मित छन् । केही विद्वान्हरूको मतअनुसार प्राचीन समयमा यहाँ कामुकताको अभ्यास गरिन्थ्यो । अर्काथरी विद्वान्हरूका भनाइमा कामुक कलाकृतिहरू  हिन्दू परम्पराकै एक भाग हो र मानव शरीरका लागि यो अत्यावश्यक छ । जेम्स म्याककोन्नाचिले आप\mनो पुस्तक कामसूत्रको इतिहासमा खजुराहोको पनि वर्णन गरेका छन् ।

खजुराहो मन्दिरको केही महत्वपूर्ण एवं रोचक तथ्य

-खजुराहो मन्दिरको निर्माण कुण्डलीदार जटिल रचनाको आकारमा गरिएको छ । यो मन्दिरको आकार उत्तर भारतीय शिखर शैलीसँग  मिल्दोजुल्दो छ ।

-खजुराहो मन्दिर आप\mनो आकर्षक कलाकृति एवं ऐतिहासिक मूर्तिहरूका लागि प्रसिद्ध छ ।

– खजुराहो मन्दिरभित्रका कोठाहरू एकअर्कासँग जोडिएका छन् । कोठाहरूमा एकै तरहका कलाकृति यसरी बनाइएको छ कि कोठाका भ\mयालबाट सूर्यको प्रकाश पूरै मन्दिरमा फैलियोस् अनि मानिसहरू मन्दिर हेर्दैमा आकषिर्त होऊन् ।

-खजुराहो हिन्दी शब्द खजूरबाट आएको नाम हो जसको अर्थ खजूरको फल हुन्छ ।

-यो मन्दिरको निर्माण ९५० देखि १०५० इस्वीमा चन्देल साम्राज्य कालमा भएको हो ।

-पहिले खजुराहो मन्दिर समूहमा ८५ मन्दिर थिए पछि प्राकृतिक तथा बाह्य आक्रमणमा परेर धेरैजसो नष्ट भए । अहिले २२ हिन्दू मन्दिर मात्र बचेका छन् ।

-बीसौं शताब्दीमा खजुराहो मन्दिरको पुनः खोजी गरियो ।

-खजुराहो केवल कामुक कलाकृतिकै कारण चर्चित भएको हो भन्नु गलत हुन्छ । सत्य के भने यस्ता कामुक कलाकृतिले प्राचीन भारतीय परम्परा एवं कलाको प्रतिनिधित्व गर्दछन् ।

-खजुराहोको मन्दिरमा मध्यकालीन महिलाहरूको जीवनलाई पारम्परिक रूपले चित्रण गरिएको छ ।

-हरेक वर्ष हजारौं श्रद्धालु एवं यात्री खजुराहोको मन्दिर हेर्न आउने गर्छन् । खजुराहो भारको केन्द्र मध्य प्रदेशको दायाँतर्फ अवस्थित छ ।


(२०७४ चैत्र २, शुक्रबार) १२:४० मा प्रकाशित

Exchange Rate

Nepali Patro