किन खल्लो हुँदैछ दम्पतीको यौन जीवन ?

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ चैत्र १, बिहीबार) ११:५७

यौन सम्बन्धको चर्चा गर्दा हामी लाजले खुम्चन्छौं । यौनलाई छाडा वा लाजमर्दो कुराको रुपमा हामीले बुझेका छौं । जबकी यो जीवन पद्धतीकै महत्वपूर्ण हिस्सा हो । यो प्राकृतिक र स्वभाविक प्रक्रिया हो ।

यौन मनोरञ्जन मात्र होइन । यौनले सृष्टिलाई चलायमान राख्छ । यौनले दाम्पत्य जीवनलाई पूर्णता दिन्छ । यौनले पति-पत्नीलाई थप निकट राख्छ । यौनले दम्पतीको आपसी सम्बन्ध सुमधुर राख्छ । यौन जीवनलाई कसरी सुखमय बनाउने ? यस सम्बन्धमा धेरै खोज भएका छन् । पुस्तकहरु लेखिएका छन् । यस्ता पुस्तक प्रचिन समाजमा पनि प्रचलित थियो ।

 

छाडा कुरा होइन

कामसूत्र यस्तो ग्रन्थ हो, जो हजारौं बर्षदेखि मानिसहरुलाई प्रेम-सम्बन्ध र अन्तरंग पलको लागि आवश्यक मार्गदर्शन दिदै आएको छ । यसमा यौन सम्बन्धी जानकारी दिइएको छ, जसले यौन जीवनलाई थप रोमान्चक र उत्कृष्ट बनाउन सहयोग गर्छ । हिन्दु दार्शनिक वात्सायनले ४०० देखि २०० इश्वीमा कामसूत्र लेखेका थिए । यसमा यौन सम्बन्धी खुलेर लेखिएको छ ।

तर, दुखलाग्दो चाहि के भने अहिलेको सताब्दीसम्म आइपुग्दा पनि हामीले यौनलाई छाडा वा विकृत रुपमै हेरिरहेका छौं । त्यही कारण यौन सम्बन्धको बारेमा चर्चा गर्नु वा यौन जीवनका विभिन्न आयम खोज्नुलाई हामी अपराध ठान्छौं । हिनतावोध गर्छौ ।

यौन आफैमा छाडा होइन । यौन आफैमा लाज लाग्ने कुरा पनि होइन । तर, प्राचिन शास्त्रले यौनजन्य कुरालाई नितान्त व्यक्तिगत कुरा मानेको छ । साथै यस्ता कुराहरुमा गोपनियता अपनाउनुपर्ने सुझाएको छ । गोपनियता अपनाउनुपर्छ भन्दैमा यसबारे कुरा नगर्ने भन्ने चाहि होइन ।

जब यौनलाई भित्र-भित्रै गुम्साएर राखिन्छ, त्यो कुण्ठाले यौनजन्य विकृति पैदा गर्छ । त्यसैले यौनका सम्बन्धमा स्पष्ट हुनुपर्छ । खुला वहस हुनुपर्छ ।

दाम्पत्य जीवनमा खटपट

अहिले धेरै दम्पतीबीच खटपट ल्याउने निहुँ नै यौन हो । भनिन्छ, नेपाली दम्पतीको खटपट सिरकमुनीबाट सुरु हुन्छ । यसले दम्पतीबीचको यौन असन्तुष्टिलाई संकेत गर्छ । यौन असन्तुष्टिकै कारण बिवाहेत्तर सम्बन्ध स्थापित हुने संभावना रहन्छ । परस्त्री वा परपुरुषसँगको सम्पर्क बढ्नुमा पनि दम्पतीबीचको यौन-असन्तुष्टि नै मूल कारण हो ।

यौनका विषयमा भिन्न भ्रमहरु व्यस्त छन् । यसलाई हाम्रो समाजले भित्र-भित्रै गुम्साएको छ । आफ्नो यौन समस्यालाई मानिसहरुले खुलेर चर्चा गर्न सक्दैनन् । लुकीछिपी यौनजन्य जिज्ञासा मेटाउने गरिन्छ । नेपाली समाजमा यौनजन्य विकार र विकृतिको रुप भयावह छ ।

यौन मनोविद करुणा कुँवरका अनुसार अधिकांश नेपाली दम्पतीको यौनजीवन सुखमय छैन । उनी के पनि भन्छिन् भने, ‘अधिकांश नेपालीलाई यौन सम्पर्क गर्ने उचित विधी नै थाहा छैन ।’

यौन असन्तुष्टिको कारण

हुन त यौन सम्बन्ध के हो ? कसरी राख्ने ? यौन सम्बन्धलाई कसरी बढी रोमान्टिक बनाउन सकिन्छ भन्ने विषयमा पुस्तकहरु लेखिएका छन् । धार्मिक शास्त्रहरुले समेत यसलाई समूचित ढंगले व्याख्या गरेको छ । विभिन्न पर्व, उत्सवहरुले सांकेतिक रुपमा यौनको महत्व, समय र विधीलाई दर्शाउने गरेको छ । तर, हामीले त्यसतर्फ खास ध्यान दिएका छैनौं ।

यौनका विषयलाई लिएर मानिसहरुमा अनेक-अनेक समस्या छ । यौन असन्तुष्टि, सिघ्र स्खलन, यौनाङ्गको आकार आदिलाई लिएर मानिसहरु चिन्तित छन् । यीनै कारणले आफ्नो यौन जीवन रसपूर्ण नभएको उनीहरुको निष्कर्ष छ । त्यही कारण यौनवर्द्धक औषधी एवं उपचार पद्धतीको बजार बढिरहेको छ । जबकी यौन असन्तुष्टि र सन्तुष्टिमा वाह्य भन्दा आन्तरिक कारण बढी जिम्मेवार हुन्छ ।

शारीरिक क्रिया, मानसिक उपस्थिती

निश्चय नै यौन, शारीरिक क्रिया हो । तर, यसमा मानसिक उपस्थिती सबैभन्दा बढी महत्वपूर्ण हुन्छ । मानसिक लगाव विना यौन क्रिया रसपूर्ण हुँदैन । जब दुई पार्टनरवीच यौन सम्बन्ध हुन्छ, उनीहरुले मानसिक उपस्थिती पनि उत्तिकै जनाउनुपर्ने हुन्छ ।

यौन सम्वन्धलाई सुमधुर, सुखमय र रसपूर्ण बनाउनका लागि विभिन्न विधीहरुको सदियौंदेखि अभ्यास हुँदै आएको छ । यौन सम्पर्कको विधीलाई मूलत तीन चरणमा राखिएको छ । यौन सम्पर्क गर्नु अघि, सम्पर्कको बेला र सम्पर्कपछि के गर्ने भन्ने कुरा विधिगत् रुपमै सिकाइएको छ ।

यौन सम्पर्कका लागि सर्वप्रथम त दुबै पार्टनर मानसिक रुपले तयार हुनुपर्ने वताइन्छ । मानसिक तनाव, धपेडी, थकान, हतार आदिमा यौन सम्वन्ध सुमधुर हुँदैन । साथै यौनसम्बन्धका लागि स्थान, पार्टनरको हाउभाउ सबै कुराले भूमिका खेल्छ ।

यौन क्रिया एवं विधि

यौन सम्बन्धको पूर्व तयारीको रुपमा प्राकक्रिडाको अभ्यास हुँदै आएको छ । यसले यौन सम्वन्धलाई उत्कर्षमा पुग्न सहयोग गर्छ । प्राकक्रिडा भनेको यौन सम्बन्ध राख्नुअघि गरिने त्यही क्रियाकलाप हो, जसले दुवै पार्टनरको यौन रुची र उत्तेजना बढाइदिन्छ ।

यौन सम्बन्धलाई रोमान्टिक बनाउन विभिन्न आसनहरुको अभ्यास हुँदै आएको छ । एउटै आसनमा त्यती सन्तुष्ट नहुने भएकाले यौन सम्बन्धका लागि विभिन्न आसन अपनाउन सकिन्छ ।

यौन सम्पर्कपछि पनि पार्टनरको अन्तरंग सम्बन्ध कायम रहनुपर्छ ।

पछिल्ला अध्ययनहरुले के भन्छ भने, सक्रिय यौन जीवनले दाम्पत्य सम्बन्धलाई दिगो र सुमधुर बनाउँछ । त्यतीमात्र होइन, यसले दम्पतीको मानसिक तथा शारीरिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । मानसिक विकार हट्छ । नियमित यौन सम्बन्धले मुटुलाई स्वस्थ्य राख्ने बताइएको छ ।

तर, जथाभावी वा बर्बर ढंगले गरिने यौन सम्बन्धले सुख होइन, कष्ट दिन्छ । यस्ता यौन सम्बन्धले दाम्पत्य जीवनलाई थप पीडादायी बनाउँछ । त्यसैले यौन सम्बन्ध पनि आफैमा अनुशासित र मर्यादित हुनुपर्छ ।


(२०७४ चैत्र १, बिहीबार) ११:५७ मा प्रकाशित

मुख्य समाचार

सबै

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो : सर्वोच्च अदालत, राष्ट्रियताको सवालमा शान्तिपूर्ण विरोध गैरकानूनी नहुने ठहर

सर्वोच्च अदालतले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि रहेको स्पष्ट पार्दै राष्ट्रियताको सवालमा सचेत नागरिकले शान्तिपूर्ण विरोध गर्दा नियन्त्रणमा गर्नु फौजदारी कानूनको मान्य सिद्धान्त विपरित.....

पत्रकार राजकुमार घिमिरेलाई झुट्ठा मुद्दा : नेपाल पत्रकार महासंघ कास्कीद्वारा गिरफ्तारीप्रति खेद प्रकट

पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटाबाट गिरफ्तार गरिएका संचारकेन्द्र डट कममा कार्यरत पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले झुट्ठा मुद्दा  लगाएको छ।  प्रहरीले उनलाई ड्युटीमा रहेका.....

नेपालभित्रको सामाजिक दलाल पुँजीवादका विशेषताहरु : विप्लव

हामीले केपी—प्रचण्डहरूलाई ‘सामाजिक दलाल पुँजीवादी’ र उनीहरूले नेतृत्व गरेको सरकारलाई सामाजिक दलाल पुँजीवादी सरकार भनेपछि स्वाभाविक रूपमा सबैमा जिज्ञासा पैदा हुन्छ– के त्यस्ता ठोस.....

Exchange Rate

Nepali Patro