किन विश्वमा नै फरक छ नेपाल ? जान्नुहोस नेपाल सम्बन्धी केहि रोचक जानकारी ।

संबाददाता : सागर गिरी     प्रकाशित मिति: (२०७४ फाल्गुन ३०, बुधबार) १२:५२

नेपाल ! हिमालको काखमा रहेको विश्वको सबै भन्दा सुन्दर देश , बिहान सुर्यको उदयसंगै सेता दन्तलहर देखाएर हासिरहेको हुन्छ । पहाडबाट तल तिर निरन्तर बगिरहने खोलाले भरिरहने संगीत र हावाको तालसगै तराईका फाटहरु झुलीरहेका हुन्छन ।

फरक जाति, भाषा , धर्म , सस्कृतिका मानिसहरुको बसोबास रहेको देश हो नेपाल । हिमाल देखि तराई सम्म आ-आफ्नै बिशेष पहिचान बोकेका र आ-आफ्नै फरक सस्कृति अनुसार फरक फरक चाडपर्व मनाउने मानिसहरुको बाहुल्य रहेको छ ।

यहाँको विविधता र यो विविधतामा रमाउनको लागि वर्षेनी बिभिन्न तेस्रो मुलबाट नेपालमा आउने चराचुरुङ्गीहरु र यहाँ रहेका ठाउँ र हावा पानी अनुसार पाइने बन्यजन्तुहरु यहाँका आकर्सकका केन्द्र बिन्दु हुन ।

प्राकृतिक सुन्दरता , फरक जाति , भाषा र धार्मिक आस्था भएकाहरु विचको एकता, यहाँको हावा-पानी , र ठाउँ अनुसार पाईने वन्यजन्तुहरु नेपालका बिशेषता हुन । यिनै कुराहरुमा रहेर नेपालको बारमा केहि रोचक जानकारी यहाँ प्रस्तुत गरिने छ ।

प्रस्तुत छन नेपालको बारेमा केहि यस्ता जानकारी जुन तपाईलाई थाहा नहुन सक्छ ।
१. यदि नेपालको नक्सालाई ९० डिग्रिमा दायाँबाट घुमाउने हो भने झन्डै पोर्चुगलको नक्सासगं मिल्छ । त्यसैले नेपाल र पोर्चुगललाई विश्वको मानचित्रमा जुमल्याहा पनि भनिन्छ ।

२. नेपाल मात्र एउटा यस्तो देश हो , जुन देश ६० देखि ८८४८ मिटर उचाई सम्म फैलिएको छ ।

३. विश्वमा रहेका १४ वटा सबभन्दा अग्ला हिमालहरु मध्य नेपालमा ८ वटा हिमाल रहेका छन । जस मध्ये विश्वको शिखर सगरमाथा सहित मकालु, कञ्चनजंघा, लोत्से, चोयू, धौलागिरी, मनास्लु र अन्नपूर्ण विश्वको ८ हजार मिटर भन्दा अग्ला हिमालहरु हुन ।

४. नेपालका लगभग ८७० प्रजातिका चराहरु पाईन्छ, जुन युरोप र उत्तर अफ्रिकाका सम्पूर्ण महाद्वीप भन्दा धेरै हो। ६५० प्रजातिका पुतलिहरु पाइन्छ, जुन विश्वको ४.२ % हो । विश्वमा पाइने स्तनपान गराउने जनावरहरु मध्य ३.९५ % नेपालमा पाइन्छ । त्यसैले नेपाललाई एसियाको अमेजन भनेर चिनिन्छ ।

५. नेपालको राजधानि काठमाण्डौँलाइ मन्दिरै मन्दिरको शहर भनेर चिनिन्छ । काठमाण्डौको १५ किलोमिटर भित्रको चौडाइमा १५ वटा स्थानहरु विश्व सम्पदा सुचिमा रहेका छन । र काठमाण्डौँलाइ संसारको जीवित सांस्कृतिक संग्रहालय पनि भनिन्छ ।

६. नेपाल मात्र विश्वको एउटा यस्तो देश हो , जहाँ जाति र धर्मको नाममा कुनै पनि युद्ध भयको छैन ।

७. संसारको प्रसिद्ध योद्धा , गोर्खाली नेपालका हुन । जसको बहादुरीले नेपाललाई ब्रिटिस उपनिवेस हुन दिएन ।

८. नेपालको दक्षिण भागमा अवस्थित लुम्बिनि गौतम बुद्धको जन्म स्थान हो । बुद्धले आविस्कार गरेको वौद्ध धर्म विश्वको प्रमुख धर्महरु मध्य एक हो ।

९. नेपालमा जिबित भगवान पाईन्छ , जस्लाई कुमारी भनेर चिनिन्छ ।

१०. नेपालमा धेरै प्रयोग हुने नमस्तेको अर्थ – ” म तपाई भित्र रहेको परमेश्वरलाइ सलाम गर्छु ” हो ।

११. नेपालमा ८० भन्दा बढी जातीय समूहहरू र १२३ भन्दा बढि मातृ भाषा रहेका छन।

१२. नेपाल मात्र एउटा देश हो जसको राष्ट्रिय झन्डा चारपाटे नभएर त्रिकोणात्मक छ ।

१३. सन १८१५ देखि नेपालीले गोरखाली ब्रिटिस आर्मीको रुपमा लगातार सेवा दिदै आइरहेको छ ।

१४. नेपालको तिलिचो ताल (४८०० मिटर ) संसारकै सबै भन्दा अग्लो स्थानमा रहेको ताल हो भने अरुण भ्याली सबै भन्दा अग्लो स्थानमा रहेको भ्याली हो ।

१५. संसारभरि पाइने चराहरुको प्रजाति मध्ये ८ % नेपालमा पाइन्छ ।


(२०७४ फाल्गुन ३०, बुधबार) १२:५२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय.....

शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ । अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले.....

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर.....

Exchange Rate

Nepali Patro