हाम्रो मायामा बैरीको आँखा लागेको हुनुपर्छ, टुट्यो : नायिका रिमा विश्वकर्मा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ फाल्गुन २२, मंगलवार) १७:१७

रिमा विश्वकर्माका पहिचान धेरै छन् ।  पत्रकार, नायिका हुँदै उनी चर्चित उनीले दर्जन चलचित्र तथा विज्ञापनहरुमा अभिनय गरेकी छिन् । परिवारसहित बेलायत बस्दै आएका व्यापारी रोवर्ट ल्वागुन विश्वकर्मासँग बिबाह गरेकी अभिनेत्री रिमा विश्वकर्माको पछिल्लो समय वैवाहिक जीवन बिग्रिएपछि चर्चामा छिन् । उनै रिमासँगको रेजिना पाण्डेको जम्काभेट :

 

तपाईंको सम्बन्धबिच्छेदको भएको हो भन्छन् नि, कसरी ? 
हो, कसरी बिग्रियो मलाई  पनि थाहा भएन ।  मैले राम्रो गर्दागर्दै पनि सम्बन्ध राम्रो हुन नसकेपछि सम्बन्ध बिच्छेद भएको हो ।
कतै ‘इगो’को समस्या त होइन ? 
ममा तँ  इगो केही थिएन ।  हामी एक अर्कामा धैरै विश्वास गर्दथ्यौं । किन आघात भयो मलाई थाहा छैन ।

यो सम्बन्ध बिच्छेदले तपाईंको करिअरमा कत्तिको असर पर्ला ? 
असर गर्छ जस्तो लाग्दैन । जीवनमा उतारचढाव  आइरहन्छन् । सम्बन्ध बिच्छेद गर्ने म मात्र एक्लो व्यक्ति होइन । पीडामा बस्नु भन्दा पनि राम्रो काम गरेर व्यस्त हुन चाहन्छु, डिभोर्स भएपछि करिअर अघि बढिरहन्छ ।

अचानक यस्तो घटनाले जीवनमा कस्तो असर ग¥यो ? 
पाउनु÷गुमाउनु आफनो ठाउँमा छ । जीवनमा जति उतारचढाव आए पनि आफ्नो काम निरन्तर गर्नु नै पर्छ ।  म मेरो काममा कुनै पनि मेरो व्यक्तिगत कारणले असर पार्दिनँ । काम आफ्नो ठाउँमा छ, व्यक्तिगत  जीवन आफ्नो ठाउँमा छ । म आफनो कामलाई व्यक्तिगत कारणले डुबाउन चाहन्नँ ।  विवाहपछि मैले काम गरेको होइन, विवाह अघि नै मेरो करिअर सुरु भइसकेको थियो, अब पनि चलिनै रहन्छ ।

धेरै नायिकाहरुको वैवाहिक जीवन उतारचढाव देखिन्छ, किन होला ? 
अरुको कारणबारे त मलाई थाहा छैन । मेरो बारेमा भन्नुपर्दा सायद हाम्रो मायामा बैरीको आँखा लागेको हुनुपर्छ  ।

पछिल्लो समय तपार्इं सिनेमामा भन्दा पनि म्युजिक भिडियोमा नै बढी व्यस्त देखिनुहुन्छ, नि किन ?
थौरै समयमा मिठो काम गर्न पाउने भएर हो । तर, चलचित्रमा पनि कामहरु आइरहेका छन्, मैले गरेका चलचित्रहरु पनि सफल भएका छन् ।

कामको चाप कत्तिको छ ? 
छ, म्युजिक भिडियो, इभेन्ट र चलचित्रको कामहरु आइरहेका छन् ।

कुन चलचित्रमा व्यस्त हुनुहुन्छ ? 
केकी अधिकारीले निर्माण गरेको  चलचित्र कोहलपुर एक्सप्रेसमा व्यस्त छु । लगभग काम सकिएको छ ।

चलचित्रभन्दा पनि नेपाल आइडल कार्यक्रमबाट तपार्इं धैरै चर्चित हुनुभयो, होइन ? 
हो, ‘रियालिटी सो’ भएकाले  धैरैले हेर्ने भएकोले पनि होला ।

तपार्इं आफूलाई  नायिका मोडल, पत्रकार या के भन्न रुचाउनु हुन्छ ?
खासमा म पत्रकारिताबाट यस क्षेत्रमा आएको हुँ ।  त्यसपछि अलग–अलग काम गर्न थाले । जुन रुपले काम गरे पनि मेरो क्षेत्र ग्लामरस नै भएको हिसाबले मलाई जुन काम गर्छु भन्दा पनि फरक पर्दैन ।

पेशामा कत्तिको सन्तुष्ट हुनुहुन्छ ? 
सोचेजस्तो नभए पनि सन्तुष्ट छु । भर्खर मात्र त करिअर अघि बढेको छ, अझ धेरै गर्नुछ ।

कलाकार बन्नको लागि सुन्दरता महत्वपूर्ण कि अभिनय ? 
दुवै कुरा कला क्षेत्रको लागि एकअर्काका पूरक हुन् ।

अबका तपाईंका योजनाहरु के के छन् ?
अहिलेलाई यही कलाक्षेत्रमा नै राम्रो भन्दा पनि राम्रो काम गर्ने सोच राखेको छु ।  नयाँ भावी योजना केही पनि छैन ।


(२०७४ फाल्गुन २२, मंगलवार) १७:१७ मा प्रकाशित

मुख्य समाचार

सबै

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो : सर्वोच्च अदालत, राष्ट्रियताको सवालमा शान्तिपूर्ण विरोध गैरकानूनी नहुने ठहर

सर्वोच्च अदालतले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि रहेको स्पष्ट पार्दै राष्ट्रियताको सवालमा सचेत नागरिकले शान्तिपूर्ण विरोध गर्दा नियन्त्रणमा गर्नु फौजदारी कानूनको मान्य सिद्धान्त विपरित.....

पत्रकार राजकुमार घिमिरेलाई झुट्ठा मुद्दा : नेपाल पत्रकार महासंघ कास्कीद्वारा गिरफ्तारीप्रति खेद प्रकट

पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटाबाट गिरफ्तार गरिएका संचारकेन्द्र डट कममा कार्यरत पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले झुट्ठा मुद्दा  लगाएको छ।  प्रहरीले उनलाई ड्युटीमा रहेका.....

नेपालभित्रको सामाजिक दलाल पुँजीवादका विशेषताहरु : विप्लव

हामीले केपी—प्रचण्डहरूलाई ‘सामाजिक दलाल पुँजीवादी’ र उनीहरूले नेतृत्व गरेको सरकारलाई सामाजिक दलाल पुँजीवादी सरकार भनेपछि स्वाभाविक रूपमा सबैमा जिज्ञासा पैदा हुन्छ– के त्यस्ता ठोस.....

Exchange Rate

Nepali Patro