कोमल वलीलाई स्टेजमै चुम्मा खाए चिफ मिनिस्टरले !

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ भाद्र ३, शुक्रबार) १९:२४

तीजको अवसरमा आयोजित विभिन्न कार्यक्रमका लागि गायिका कोमल वली अष्ट्रेलियाको विभिन्न सहर पुगिन् । तीज कार्यक्रममा सहभागी हुने क्रममा डार्विनमा पुग्दा उनको मुख रातै हुने अवस्था आयो । कार्यक्रममा मुख्य अतिथि निम्त्याइएका थिए नर्थ टेरिटरीका मुख्य मन्त्री एडम ग्लिस । त्यहाँका मेयर, सभासदहरूका साथै अष्ट्रेलियालीहरूको पनि बाक्लै जमघट थियो ।

ढिलो गरी कार्यक्रमस्थल पुगेकी कोमललाई हलमा मुख्यमन्त्री एडमले हात बढाएर स्वागत गरे । कुराकानी गर्दै फोटो पनि खिचाए ।

गीत गाउन कोमल स्टेजमा पुगे लगत्तै एडमलाई स्टेजमा बोलाइन् । ढाकाको गलबन्दी लगाइदिँदै भनिन् ‘दिस इज ए टोकन अफ लभ फ्रम नेपाल ।’

एडम्सको खुसीको सीमै रहेन । कोमलको गालामा चुम्दै उनले भने ‘दिस इज लभ फ्रम नर्थ टेरीटरी’ ।

हलमा भएका सबैले जोडदार ताली बजाए । हल गुञ्जायमान भयो ।

कोमलले सुरुवातमा ‘बाँझो खेतमा’ गाउन थालिन् । उनले मुख्यमन्त्री एडमलाई हात समाएर नाच्न आग्रह गरिन् । यसरी निम्ता नै आएपछि एडम किन पो पछि हट्थे ! नेपाली लोकगीतमा कम्मर मर्काएर नाच्दै आफ्नो ठाउँमा गएर बसे ।

 

कोमल मख्ख परिन् र मुख्यमन्त्रीलाई संस्कारयुक्त व्यक्ति भएको टिप्पणी गरिन् । एनआरएन नर्थ टेरिटरीका अध्यक्ष निरज गरूङले एडमलाई कोमलको टिप्पणी सुनाइहाले ।

एडम फेरि कोमल भए ठाउँमा पुगेर उनलाई अंकमाल गर्दै चुम्बन गरे ।

त्यसपछि पनि कोमलका अरु गीतको सुरमा मुख्यमन्त्री लगभग एक घन्टासम्म नाचिरहेका थिए । यसपालिको नयाँ गीत ‘लास्टै चोटि हो’ बाट पनि कोमलले सबैलाई नचाइन् । एनआरएन एनटीका उपाध्यक्ष युगराज अधिकारी भन्दै थिए ‘चाँडै जानु छ भन्दै थिए मुख्यमन्त्री, हाम्रो कोमल दिदीलाई देखेपछि रोकिए !’

कार्यक्रम सकिने चरणमा थियो । फेरि स्टेजमा उक्लिए मुख्यमन्त्री । तेस्रो पटकको स्टेज प्रवेश कोमलसँग बिदाइका लागि रहेछ । कानमै मुख जोडेर केहीबेर कुरा गरे । कोमलको दुवै गालामा फेरि लामो चुम्बन गरे । त्यसपछि हात हल्लाउँदै बिदा भए ।

कोमलले जिस्किँदै स्टेजबाट भनिन् ‘चारपटक चुम्मा खाए चिफ मिनिस्टरले । मेरो श्रीमान् भएको भए त खत्तमै हुने रहेछ !’

हल हाँसोले गुञ्जियो ।

खासमा त्यसरी कानमै टाँसिएर कुरा गर्ने क्रममा मुख्यमन्त्री एडमले भोलिपल्ट बिहान ब्रेकफाष्टका लागि निम्ता गरेका रहेछन् । तर, कोमलले बिहान १० बजेको फ्लाइट भएकाले नभ्याउने जानकारी गराइन् । बरु मुख्यमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिइन् ।

कार्यक्रम एनआरएनए नर्थ टेरिटरी, नारी निकुञ्ज र नेप्लिज एसोसियसन अफ नर्दन टेरिटोरी (एएनटिए) ले संयुक्त रूपमा आयोजना गरेका थिए । कोमललाई स्थानीय कलाकारहरूले पनि साथ दिएका थिए ।


(२०७३ भाद्र ३, शुक्रबार) १९:२४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro