जनसत्तालाई कर तिर्न नेकपाको आव्हान, भ्रष्ट जनप्रतिनिधिलाई तीनमहिनाभित्र राजीनामा दिन निर्देशन

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ फाल्गुन २, बुधबार) ०१:३५

२३ औं जनयुद्ध दिवस मनाएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अन्नपूर्ण गाउँपालिका कमिटिीले पर्यटकीय गाउँ घान्द्रुकमा एक कार्यक्रम गरेर आफ्नो जनसत्तालाई कर तिर्न आव्हान गरेको छ । .२३ औं जनयुद्ध दिवस को अबसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा अन्नपूर्ण गाउँपालिका सेक्रेटरी परिवर्तनले जनसत्तालाई कर तिर्न स्थानीय जनतालाई आव्हान गरेका हुन् । कार्यक्रममा बोल्दै उनले अन्नपूर्ण गाउँपालिका घुम्न आउँदा जनसरकारको अनुमति लिनुपर्ने बताए । उनले स्थानीय तहमा निर्वाचित भ्रष्ट जनप्रतिनिधिहरुलाई तीन महिनाभित्र राजीनामा दिन निर्देशन दिंदै तीनमहिनाभित्र राजीनामा नगरे जनकारवाही गर्ने उद्घोष गरे ।


उक्त कार्यक्रममा दलित समन्वय समिति अध्यक्ष चीजकुमारी परियार, नेपाली काँग्रेसका नेता तिलबहादुर गुरुङ, बाटो निर्माण समितिका सचिव अर्जुन विक, वामपन्थी नेता कृष्ण गुरुङ लगायतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए । पार्टी इलाका सदस्य सुर्य दाहालले स्वागत गर्नु भएको कार्यक्रम विकास विकले सञ्चालन गरेका थिए ।


(२०७४ फाल्गुन २, बुधबार) ०१:३५ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro