फोर्डले विभागलाई झुक्कायो, ठगी गरेको स्वीकार

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ माघ २८, आईतवार) ०२:०२

फोर्ड गाडीको नेपालका लागि आधिकारिक विक्रेता जिओ अटोमोबाइल्स प्रालिले आपूर्ति विभागलाई झुक्काएको छ । ठगी आरोपमा कारबाही अघि बढाउने भएपछि ठगी स्वीकार गर्दै मूल्य घटाउने प्रतिबद्धता जाहेर गरेको भए पनि आफ्नै प्रतिबद्धताविपरीत कम्पनीले मूल्य घटाउन नमानेको हो ।

विभागका अनुसन्धान अधिकृत रमेशकाजी श्रेष्ठले फोर्ड गाडीले मूल्य नघटाएको जानकारी दिए । एक साताअघि बढी मूल्य लिएको स्विकार गर्दै ७५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म प्रतिगाडी मूल्य घटाउने प्रतिबद्धता व्यक्त गरेको विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।

सो प्रतिबद्धता जाहेर गरेको केही दिनपछि आफूले मूल्य घटाएको भनेर कम्पनीका प्रतिनिधिले जानकारी दिएका थिए । तर, विभागले लिखित रूपमा मूल्य घटाएको जानकारी दिन भनेपछि कम्पनी विभागलाइ लिखित प्रतिवद्धता जनाउनुको सट्टा आपूर्तिमन्त्री, मुख्यसचिवदेखि आपूर्ति मन्त्रालयका सचिवसम्मलाई प्रभावमा पारी कारवाही प्रक्रिया रोक्ने चलखेलमा लागेको छ ।

महानिर्देशकले भेट्न मानेनन्

उता, आपूर्ति विभागले ठगी आरोपमा थप अनुसन्धानका लागि प्रहरीलाई पत्र लेख्ने तयारी गरिरहेको बेला सो कार्यलाई प्रभावित बनाउन आएका नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का पदाधिकारीसँग विभागका महानिर्देशक दाहालले भेट्न अस्वीकार गरेका छन् ।
शुक्रबार महानिर्देशकसँग भेट्न झन्डै २ घण्टासम्म महानिर्देशक दाहालको समय कुरेर बसेका नाडाका पदाधिकारीसहितको प्रतिनिधिमण्डलसँग दाहालले समय नभएको भन्दै भेट्न अस्वीकार गरेका हुन् ।

कारबाहीका लागि फाइल अघि नबढाउन मन्त्रीदेखि मुख्यसचिव हुँदै आपूर्ति मन्त्रालयका सचिवसम्मलाई दबाब दिइरहेको जीओ अटोमोबाइल्स प्रालिले आफूलाई दबाब दिन भेट्न खोजेको सूचना पाएपछि उनले नाडाका प्रतिनिधिमण्डललाई भेट्न अस्वीकार गरेका हुन् । फोर्डको आधिकारिक विक्रेताले कारबाहीबाट जोगिन पछिल्लो समय आपूर्तिमन्त्री, मुख्यसचिवदेखि आपूर्ति मन्त्रालयका सचिवसम्मलाई प्रभावमा पार्दै आएको छ ।

शक्तिकेन्द्रकै आडमा मुख्य घटाउने प्रतिबद्धता पूरा नगरेपछि विभागले थप कारबाहीका लागि प्रहरीलाई प्रतिवेदन नबुझाएसम्म नाडाका प्रतिनिधिमण्डल भेट्न अस्वीकार गरेको हो । शुक्रबार विभागले विभिन्न पाँच गाडी विक्रेता कम्पनीले उपभोक्ता ठगी गरेको भन्दै उपलब्ध कागजातहरू थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाउने तयारी गरिरहेको थियो ।

कारबाहीका लागि पत्र पठाउने भन्ने जानकारी पाएपछि नाडाको टोली शुक्रबार बिहान १२ बजेदेखि नै विभागमा आएर बसेका थिए । पछि आइतबार १० बजेका लागि दाहालले समय दिएपछि उनीहरू फर्किएका हुन् । विभागले आइतबार नाडाको टोली महानिर्देशकसँग भेट्न आउनुअघि नै प्रहरीलाई पत्र पठाइसक्ने तयारी गरिरहेको छ । ‘महानिर्देशकज्यूले बिहान १० बजे उहाँहरू (गाडी विक्रेता) लाई बोलाउनु भएको छ, त्योभन्दा पहिले नै पाँच गाडी विक्रेता कम्पनीहरूको फाइल प्रहरी परिसरमा कागजात पठाइसक्ने तयारी भइरहेको छ,’ विभाग स्रोतले भन्यो । महानिर्देशक दाहालले यो फाइल पठाएपछि मात्रै ती व्यवसायीहरूसँग भेट गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

महानिर्देशक दाहालले भने सोही फाइलको टिप्पणी लेख्ने काम चलिरहेकाले शुक्रबार दिउँसो सबैसँग भेट गर्न नभ्याएको स्पष्ट बताएका छन् । उनले आन्तरिक काममा व्यस्त रहेकाले शुक्रबार नाडाका प्रतिनिधि मात्रै नभएर अरूसँग पनि भेट गर्न आफूले नसकेकोे बताए ।

विभागले कानुनबमोजिम काम गर्दा कसैको दबाब र प्रभावमा नपर्ने भन्दै आइतबार बिहान १० बजे नै पाँचवटा गाडी विक्रेताको फाइल पठाइदिने तयारी भइरहेको जनाएको छ ।

विभागले पहिलो चरणमा २० प्रतिशतभन्दा धेरै नाफा लिने गाडी विक्रेताहरूको फाइल पठाइने र दोस्रो चरणमा २० प्रतिशतभन्दा कम तर कानुनविपरीत शुल्क उठाउने गाडी विक्रेतामाथि कारबाही गर्ने तयारी भइरहेको जनाएको छ । @ राजधानी


(२०७४ माघ २८, आईतवार) ०२:०२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

प्रहरीसंग भनाभन गरेको आरोप लागेका सैनिक जवान कंडेल प्रहरी चौकीबाट भाग्न खोज्दा मृत्यु

मादक पदार्थ सेवन गरी ड्युटीमा रहेका प्रहरीसंग भनाभन गरेको आरोपमा पक्राउ परेका एकजना सैनिक जवानको प्रहरी चौकीको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएको छ । चितवन जिल्लाको.....

अकुत सम्पत्ति कमाउने तीन मेडिकल कलेजमा अख्तियारद्वारा छापा, ठगीमा मुद्दा चलाउने तयारी

मेडिकल शिक्षाका नाममा सरकारले तोकेको भन्दा बढी रकम असुली गरेर अकुत सम्पत्ति कमाएको आशंकामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा आइतबार छापा मारेको छ । विभागले नोबल.....

अख्तियारद्वारा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले अस्पतालमा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन दिएको छ। सामाजिक सेवा ईकाई.....

Exchange Rate

Nepali Patro