स्थानीय द्वारा वडा कार्यालय घेराउ, माग पुरा नगए सशत्त आन्दोलनमा जाने चेतावनी

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ माघ २३, मंगलवार) ०८:१८

बिगत डेढ बर्ष अगाडि देखि खानेपानी र बिद्युतको अभावमा गुज्रिरहेका पोखरा लेखनाथ महानगरपालिका १४ स्थित सेतिदोबान नमुना टोलका स्थानीयले वडा कार्यालय घेराउ गरेका छन् ।

करिब १३० घर परिबार रहेको उक्त वडा  त्यहाँको टोल सुधार समिती र त्यहाँका सरोकार वालाहरुले पटक-पटक वडा कार्यालयलाई अनुरोध गर्दा पनि वडा अध्यक्ष प्रेम बहादुर कार्कीले उदासिनता देखाई विद्युत सिफारिस नदिएका कारण त्यहाँका टोल बिकास समिती र सम्पुर्ण सुकुम्बासी घर परिबारहरुले वडा कार्यालय घेराउ गरेका हुन् ।

करिब २०० जना जनता को सहभागीता सहित कार्यक्रममा नेकपा का जिल्ला सदस्य मिलन राई र जनपरिसद कास्कीका उप- प्रमुख रामकाजी तमु पनि उपस्थित हुदैँ जनताको आधारभूत हक अधिकार अन्तर्गत पर्ने शिक्षा स्वास्थ्य र खानेपानी लगायतका यस्ता मागहरुमा आफ्नो पूर्ण सहयोग रहेको साथै जनताको माग पुरा नगरे सशत्त आन्दोलनमा पार्टीले सहयोग गर्ने चेतावनी समेत दिएको   टोल बिकास समितीका अध्यक्ष बिकास बि क ले बताउनुभयो ।

यस्तै कार्यक्रममा नमुना टोल बिकास समितीका खानेपानी अध्यक्ष सन्तोष परियारले पनि जनताको  आधारभूत माग पूरा नगरे वडा अध्यक्ष कुर्सीमा बसेर राज्यको दुरुपयोग गर्न नपाउने भन्दै तत्काल राजिनामा दिनुपर्ने कि त माग पूरा गर्नु पर्ने बताए । यदि यसो नगरिए जस्तोसुकै कदम चाल्दै सशत्त आन्दोलनमा जाने बताए ।


(२०७४ माघ २३, मंगलवार) ०८:१८ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना