जनयुद्ध दिवसकै जनप्रगतिशील मोर्चा मलेसियाको तेस्रो अधिवेशन हुदै

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ माघ १२, शुक्रबार) ११:१५

नेपाल कम्युनिष्ट पार्टीनिकट नेपाली जनप्रगतिशील मोर्चा मलेसियाले जनयुद्ध दिवसकै दिन आफ्नो सङ्गठनको तेस्रो अधिवेशन गर्ने निर्णय गरेको छ ।

बिहीबार मलेसियाको राजधानी कोलालम्पुरमा बसेको सङ्गठनको बैठकले यस्तो निर्णय गरेको हो । सबै क्रान्तिकारी नेपालीहरु एकै ठाउँमा जम्मा भएर जनयुद्ध दिवश र मोर्चाको तेस्रो अधिवेशन गर्ने निर्णय भएको सङ्गठनका प्रवक्ता  मीन बहादुर सुनार (तुफान)ले  बताए। मोर्चाले मलेसियामा रहेका नेपालीहरुबीच भेटघाट र आत्मियता बढाउने सोचले त्यस्तो कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

मंगलबार कामबाट समय निकालेर जनयुद्ध दिवस र तेस्रो अधिवेशन संगै गर्ने तयारी गरेका सङ्गठनका महासचिव अर्जुन सुवेदीले बताए। उनले मलेसियामा रहेका सबै देशभक्त नेपालीहरुलाई कार्यक्रममा उपस्थितिका लागि आग्रह पनि गरेका छन् ।

एकीकृत जनक्रान्तिबाट पुरानो राज्ययवस्थाको अन्त्य र नयाँ जनवादी राज्यब्यव्स्थाको निर्माण गर्न नेकपाले चलाएको राष्ट्रियताको आन्दोलनमा लाग्नुको विकल्प नरहेको भन्दै सुवेदीले आफुहरु विदेशमा रहेर पनि क्रान्तिका लागि एकबद्ध रहेको बताए । ‘प्रवासमै रहेर पनि हामीहरु समाज रुपान्तरणको आन्दोलनमा सक्रिय छौं ।’ उनले भने

नेकपासँग आवद्ध वैदेशिक रोजगारीको सिलसिलामा नेपाल बाहिर रहेका नेपालीहरु सङ्गठन बनाएर प्रवासबाटै सक्रिय बनेका छन्  ।

 


(२०७४ माघ १२, शुक्रबार) ११:१५ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro