सात महिनादेखि २५ युवा साउदी अरबमा बन्धक

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ माघ १०, बुधबार) १०:२९

किशोर बुढाथोकी 

विराटनगरः वैदेशिक रोजगारीका लागि भनेर साउदी अरब पु¥याइएका २५ युवालाई सात महिनादेखि एउटा कोठामा थुनेर राखिएको छ। जसमा आदिवासी जनजातिको अल्पसंख्यक झाँगड (उराव) समुदायका २३ र अन्य दुईजना छन्। ती युवा २० देखि ३८ वर्ष उमेर समुहका छन्।

मोसासा कम्पनीमा भवन निर्माणको काम गर्न लगिएका मोरङ, सुनसरी र सिरहाका २५ युवालाई साउदी अरबको रियादस्थित एउटा घरको कोठामा थुनेर राखिएको उराव संघका केन्द्रीय अध्यक्ष दीपेन्द्रकुमार उरावले जानकारी दिए।

दीपेन्द्रका अनुसार उनीहरुलाई गत असार २० गते साउदी पुर्‍याइएको थियो। ‘रोजगारीमा लगाइदिने भनेर साउदी पुर्‍याइएका युवालाई अहिलेसम्म काम पनि नदिइकन एउटा कोठामा थुनेर राखिएको छ,’ उनले भने, ‘उनीहरु तत्काल नेपाल फर्कने वातावरण बनाइदिन पहल गरिदिन सबैलाई गुहारिरहेका छन्।’

घरमा थुनिएका सबै युवा त्रासपूर्ण अवस्थामा बस्न बाध्य छन्। तर उनीहरुलाई साउदी पुर्‍याउने एजेन्ट र पठाउने मेनपावरले कुनै सहयोग नगरेको दीपेन्द्रले बताए। साउदीमा बन्धक बनाइएकामध्ये सबैभन्दा बढी सिरहाका छन्।

सुनसरीको भोक्राहा गाउँपालिका ४ का श्यामदेव उराव, रामलाल उराव, रन्जित उराव, पवन उराव, हेमन्त उराउ, भोक्राहा ६ का कालु उराव, गढी गाउँपालिका ४ का पुष्पलाल उराव, अशोक उराव, दुहवी नगरपालिका ८ का सीताराम उराव, बराह नगरपालिका ८ का उमेश उराव र मोरङको रंगेली नगरपालिका २ का बाबुलाल उरावलाई थुनिएको छ।

त्यस्तै सिरहाकै सगमलाल उराव, नवीन उराव, देवकुमार उराव, रन्जित उराव, प्रभात उराव, देवकुमार उराव, सन्जय उराव, प्रमोद उराव, सन्जु उराव, मुनेश्वर उराव, रामकुमार उराव, प्रमेश्वर उराउव, युधिष्ठिर कामत र रामजतन कामतीलाई पनि बन्धक बनाएर राखिएको छ।

उनीहरुलाई काठमाडौंको प्रिन्स इन्टरनेसनल इक्वामेन्ट मेनपावरले साउदी पुर्‍याएको जानकारी दीपेन्द्रले दिए। उनका अनुसार युवाहरुलाई मेनपावरसँग सम्पर्क गराउने र साउदीसम्म पुर्‍याउने एजेन्टको काम भोक्राहा ४ का चन्द्रदेव उराव र सिरहाका प्रमोद उरावले गरेका हुन्।

प्रमोद ती युवालाई साथमै लिएर साउदी पुगेका थिए। उनीहरुलाई थुनेर हिँडेका उनी अहिलेसम्म सम्पर्कमा नरहेको बताइएको छ। कोठामा थुनेर राखिएकामध्ये श्यामदेवले आफूहरुलाई यातना दिएर राखिएको गुनासो टेलिफोनमा गरे।

‘हामीले बारम्बार नेपाल फर्काइदिन आग्रह गरिरहेका छौं,’ उनले भने, ‘नेपाल जान पनि दिँदैनन्, काममा पनि लाउँदैनन्।’ उनका अनुसार घर पठाइदिनु भन्दा उल्टै पैसा माग्छन्। लामो समयदेखि थुनिएर बस्दा समस्या भइरहेको बताउँदै श्यामदेवले नयाँ ठाउँमा केही नजानेकाले धेरै पीडा भइरहेको गुनासो गरे।

जेलमा जस्तो एउटै कोठामा लामो समयदेखि बस्दा धेरैजना बिरामी पनि परिसकेको उनले बताए। उनका अनुसार घर जाने भनेपछि सबैको राहदानी खोसेका छन्। फिर्ता माग्दा पनि नदिएको उनले गुृनासो गरे।

‘हामीसंँग पैसा पनि छैन। खान लाउन समस्या हुन थालेको छ,’ उनले भने, ‘धेरै यातना भोगेर बसिरहेका छौं। हामीलाई लिएर आएका प्रमोद अहिलेसम्म सम्पर्कमै छैनन्।’ श्यामदेवले मासिक एक लाख रुपैयाँ कमाई हुने भनेर प्रतिव्यक्ति दुई लाख ६५ हजारका दरले रकम लिएको बताए।

उनले आर्थिक अवस्था नाजुक भएकाले ऋण खोजेर साउदी आइपुगेको बताए। ‘हामी थुनिएर बसेको थाहा पाएपछि परिवारमा रुवाबासी छ। परिवारका सदस्यले आउनु भनिरहेका छन्,’ उनले भने, ‘हामी त समस्यामा पर्‍यौँ नै। परिवारले पनि धेरै पीडा भोग्नुपर्यो।’

साउदीमा रहेकामध्ये रन्जित उरावले घरमा थुनेर राखिएको बताउँदै राहदानी साथमा नभएकाले बाहिर निस्कँदा प्रहरीले पक्राउ गर्ने टेलिफोनमा बताए। ‘बाहिर निस्कने प्रयास गरेका थियौं,’ उनले भने, ‘साउदी प्रहरीले दुई पटक पक्राउ गरेर कुटपिट ग¥यो।’ प्रहरीको कुटपिटबाट सिरहाका देवकुमार उरावको कानको जाली नै फुटाइदिएको छ। उनको कानबाट अत्यधिक रगत बगेको उरावले बताए।

‘सबै प्रक्रिया पूरा गरेर साउदी आएका हामीसँग राहदानी पनि छैन। न्याय माग्ने बाटो पनि थाहा छैन,’ उनले भने, ‘धेरै साथी बिरामी पर्नुभएको छ। औषधि किन्न पाइँदैन।’ उनले औषधि किन्ने पैसा समेत नभएको बताए। भने, ‘सुरुसुरुमा खान दिने गरे पनि हामीलाई अहिले खान समेत दिन छाडिएको छ। कैदीलाई जस्तो कोचेर राखिएको छ।’

उराव संघका केन्द्रीय अध्यक्ष दीपेन्द्रले साउदीमा बन्धक बनाएर राखिएका युवाहरुलाई जसरी भए पनि नेपाल फर्काउने पहल सरकारले गर्नुपर्ने बताए। ‘पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण ऋण गरेर भए पनि पैसा कमाउन विदेश पुगेका युवा सात महिनादेखि कैदी सरह जीवन विताउन बाध्य छन्,’ उनले भने, ‘उनीहरुलाई जसरी भए पनि नेपाल फर्काउन सरकारले पहल गर्नु पर्छ।’

दीपेन्द्रका अनुसार विदेश पुगेका युवाको हालत सुनेपछि परिवारमा रुवाबासी चलेको छ। ‘उनीहरुका बालबालिका छोराछोरी र परिवारका सदस्यको विजोग भएको छ,’ उनले भने, ‘जीवितै घर आइपुग्ने वातावरण मिलाइदिन आग्रह गर्दै हारगुहार गरिरहेका छन्।’

युवालाई साउदी पुर्‍याउन एजेन्टको भूमिका खेलेका चन्द्रदेवले युवाहरुलाई बन्धक बनाएर नराखिएको बताए। ‘साउदीमा दिएको काम उनीहरुले गर्न मानेनन्,’ उनले भने, ‘त्यसपछि डेरा खोजेर राखिएको छ।’ उनले ती युवालाई नेपाल फर्काउन पहल गर्न सकिने बताए। ‘म पनि उनीहरुसँगै साउदी जान खोजेको थिएँ। तर मेडिकल फेल भएकाले जान पाइँन’ उनले भने।


(२०७४ माघ १०, बुधबार) १०:२९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेकपा परित्याग गरि आधा दर्जन भन्दा बढी बिप्लप नेकपामा प्रबेस स्वागत गर्दै जिल्ला सेक्रेटरी रणदिप

  नेकपा कालिकोटले बर्तमान परिस्थिती र एकिकृत जनक्रान्ती बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  उक्त कार्यक्रममा कामरेड किरण को सभापतित्व र प्रमुख अतिथी जिल्ला सेक्रेटरी कामरेड रणदिप को.....

मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली नेपाल पुगे

  मलेसियामा सेक्युरिटी कम्पनीका सुपरभाइजर हत्याको अभियोगमा पक्राउ परेका दुई नेपाली सेक्युरिटी गार्ड प्रारम्भिक अनुशन्धन पश्चात रिहा भएका छन । सेप्टेम्बर १ तारीख मलेसिया स्थित.....

मलेसिया स्थित नेपाली राजदुतवासद्वारा आयोजित २०७६ संविधान दिवस सप्पन्न

    नेपाली राजदुतावास मलेसियाले क्वालालम्पुर स्थित Hotel renaissance स्थित एक कार्यक्रम आयोजना गरि संविधान दिवस मनाएको छ। उक्त कार्यक्रममा संवोधन गर्दै महामहिम उदय राज पाण्डेले नेपाली हरुको.....

Exchange Rate

Nepali Patro