प्रदेश चार को सपथ ग्रहण समारोह सम्पन्न, दिपक मनाङ्गे अनुपस्थित

संबाददाता : रमाकान्त बास्तोला     प्रकाशित मिति: (२०७४ माघ ७, आईतवार) ०७:५४

प्रदेश नम्बर ४ को प्रदेश सभा सदस्यको सपथ ग्रहण समारोहमा प्रदेश सभा सदस्य दिपक मनाङ्गे अनुपस्थित भएका छन् । मनाङ्गे प्रदेश सभा चुनाव मनाङ्ग `ख´ बाट बिजयी भएका थिए ।
नेकपा एमालेले टिकट नदिएपछि उनि स्वतन्त्र उम्मेदवार बनेका थिए भने पछी एमालेकै समर्थनमा बिजयी भएका थिए । विजय भएपछि उनलाई पुनराबेदन अदालतको फैसलालाई सर्वोच अदालतले सदर गर्दै ज्यान मार्ने उध्योगमा पाँच बर्षको जेल सजाय सुनाएको थियो । तर प्रदेश सभा सदस्यको सपथ नलिदै उनि दोषी ठहर भएपनि उनको पद के हुने भन्ने टुंगो लागेको छैन ।

यस्तै प्रदेस चारका प्रदेस संसदहरुको सपथग्रहण समारोह पोखरा स्थित नगर बिकास प्रशिक्षण केन्द्रमा रहेको हलमा आयोजना गरिएको थियो । प्रदेश प्रमुख बाबुराम कुँवरले आइतवार बिहान पदभार गरेलगत्तै संसदहरुको सपथ ग्रहण कार्यक्रम गरिएको थियो । प्रदेश प्रमुखको कार्यालय पर्दी पोखरामा प्रदेश प्रमुख बाबुराम कुँवरले जेष्ठ सदस्य जनकलाल श्रेष्ठलाई शपथ ग्रहण गराएपछी श्रेष्ठले आजै प्रदेश नम्बर चारका प्रदेश सभा सदस्यलाई शपथ ग्रहण गराएका हुन् । प्रदेश ४ मा प्रत्यक्षतर्फ ३६ र समानुपातिकका २४ गरी ६० जना प्रदेशसभा छन् । प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई सपथ गराए । श्रेष्ठले प्रदेशसभाका बाँकी ५७ जना सांसदलाई सपथ खुवाएका हुन् । सपथ ग्रहण पश्चात संसदहरुले आफुले गरेको प्रतिबद्ता पुरा गर्नेमा जोड दिएका थिए ।
यस्तै समारोहमा उच्च सुरक्षा व्यवस्था तैनाथ गरिएको थियो भने केहि सिमित पत्रकारहरुलाई बाहेक कार्यक्रम हल भित्र प्रवेश गर्न दिइएको थिएन ।


(२०७४ माघ ७, आईतवार) ०७:५४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro