भीषण आगलागीमा नेपाली बस्ने दुई अपार्टमेण्ट ध्वस्त

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७४ माघ ७, आईतवार) ००:४४

(अमेरिका)-  टेक्ससको ईभिगं स्थित अपार्टमेण्टमा शुक्रवार भीषण भएको आगलागीमा नेपाली बसोबास गर्ने २ वटा अपार्टमेण्टपनि परेका छन् । तर, त्यहाँ बसोबास गर्ने ५ जना नेपाली सकुशल रहेको उनीहरूलाई भेटेर सहयोगका लागि प्रस्ताव गरेका नेपाली समाज टेक्सस (एनएसटी)का अध्यक्ष सुमन थापाले जानकारी दिए ।
शुक्रवार बिहान वाटररिटड्ज स्थित पायोनियर पार्कवेमा भएको उक्त आगलागीमा करिब २० वटा अपार्टमेण्ट ध्वस्त भएको स्थानीय सरकारी अधिकारीले जनाएका छन् ।
शुक्रवार साँझ एनएसटी अध्यक्ष थापा लगायतले उक्त अपार्टमेण्टमा पुगेर नेपालीको बारेमा सोधखोज गरेका थिए । हामीले त्यहाँ बस्ने पाँच जना भट्यौं र सोध्दा उहाँहरूको अपार्र्टमेण्ट ध्वस्त भएको रहेछ थापाले भने अरू थप नेपाली प्रभावित भए नभएको जानकारी आएको छैन सायद नभएर होला ।
एनएसटीले आवश्यक सबै सहयोग गर्न तयार रहेको हामीले उहाँहरूलाई प्रस्ताव राख्यौँ थापाले भने उहाँहरूलाई बस्ने समस्या रहेनछ आवश्यक परे भन्छौँ भन्नुभएको छ ।
माथिल्लो तलामा भएका एक नेपाली परिवारको पुरै अपार्टमेण्ट जलेको छ । तर, आगलागीको बेला त्यहाँ भएका नेपाली आफ्ना महत्त्वपूर्ण कागजात लिएर सुरक्षित स्थानमा जान सफल भएका थिए । एउटा अपार्टमेण्टमा बस्नेको बिमा समेत भएको हुदां समस्या नहुने भएको छ ।
उक्त आगलागीमा कोही पनि घाइते भएनन् । खाली त्यहाँ बस्ने करिब ४० जना वेघर हुन परेको स्थानीय अधिकारीले जनाएका छन् । अपार्टमेण्ट व्यवस्थापन पक्षबाट पनि समस्या पर्नेलाई सहयोग दिइएको जनाइएको छ । स्थानीय रेडक्रसले पनि अत्यावश्यक समाग्री वितरण गरेको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

(२०७४ माघ ७, आईतवार) ००:४४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

कास्कीमा पक्राउ पत्रकार हमालको तुरुन्त रिहाइका लागि पत्रकार महासंघ लगायतका बिज्ञप्तिहरु

समाचार सकलनको शिलशिलामा कास्की जिल्लाको पत्रकार ओम हमाल पक्राउ परेकाछन । नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्की जिल्ला इन्चार्ज कृष्ण वाग्ले संगै पक्राउ परेका पत्रकार हमाल.....

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न महासंघको माग

जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमाललाई रिहाई गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । पत्रकार महासंघले विज्ञप्तिमार्फत पत्रकार हमाललाई बिनाकारण प्रहरीले पक्राउ गरेको भन्दै.....

राजनीतिक आस्था राखेकै भरमा श्रमजीवी पत्रकार हमाल कास्की प्रहरीद्वारा गिरफ्तार

कास्की प्रहरीले शुक्रबार बिहान पोखराको शिशुवाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कास्की इन्चार्ज कृष्ण वाग्ले रुपेश र पत्रकार ओम हमाललाइ पक्राउ गरेको छ । उक्त पार्टी निकट.....

Exchange Rate

Nepali Patro