पारसको कप्तानी पारीसँगै नेदरल्याण्ड्समाथि नेपालको महत्वपूर्ण जित

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ श्रावण ३१, सोमबार) १६:३८

पारस खड्काको कप्तानी पारीको मदतमा नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्समाथि १९ रनको महत्वपूर्ण जित हात पारेको छ ।पहिलो खेलमा ७ विकेटको हार व्यहोरेको नेपालको यो जितसँगै शीर्ष चारमा पर्ने सम्भावना कायमै छ । नेदरल्याण्ड्सको भने ८ खेलमा यो पहिलो हार हो

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पारसको ८४ रनको मदतमा २१७ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको घरेलु टोली अन्तिम ९ बल खेल्नु अघि नै १९८ रनमा अलआउट भयो ।

अन्तिम दुई ओभरमा उसलाई २३ रन चाहिएको थियो । तर, दोस्रो बलमा सोमपालले विकेट लिए । तेस्रो बलमा मलिक रन आउट भएपछि नेपालले १९ रनको जित हात पारेको छ ।

खराब सुरुवात गरेको उसले आठौं ओभरमा मात्र २१ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाले । रे भान डेरले ५६ रन बनाए भने गुर्जितर्सले ४४ र ओडाउडले ३५ रन जोडे । यस्तै टी भान डेरले ३६ रन जोडे ।

नेपालका पारससँगै सोमपाल कामी र बसन्त रेग्मीले २-२ विकेट लिए । शक्ति गौचन, सन्दिप यलामिछाने र सागर पुनले १-१ विकेट हात पारे ।

नेपालको पनि सुरूवात राम्रो थिएन । ६५ रन जोड्दा ३ विकेट गुमाएको थियो । तर, पारस खड्का र सागर पुनले नेपाली पारी सम्हाले । उनीहरुले चौथो विकेटका लागि ११८ रनको महत्वपूर्ण साझेदारी गरे ।

कप्तान खड्का ८४ रनमा आउट भए । पुनले ४५ रन जोडे ।उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाएका थिए । विनोद भण्डारीले १७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

घरेलु टोलीका लागि भान मिकेरनले ३ तथा किङ्मा र रिपोनले २-२ विकेट लिएका छन् ।

यस्तो छ अंक तालिका

नेदरल्याण्ड्स ८ खेलबाट १२ अंकका साथ शीर्ष स्तानमा छ । दोस्रो स्थनमा रहेको हङकङको ९ र तेस्रो स्थानमा रहेको स्कटल्याण्डको पनि ९ अंक नै छ । तर, स्कटल्याण्ड ७ खेल खेलेको छ भने हङकङले ६ खेल मात्र खेलेको छ । पपुवा न्यूगिनीको ८ अंक छ । नेपाल र केन्याको समान ६ ६ अंक भएको छ । तर, केन्या पााचौ र नेपाल छैटौं स्थानमा छ ।


(२०७३ श्रावण ३१, सोमबार) १६:३८ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना